गौतम बुद्ध माथि फेरी अन्याय
–थापा राजवरसिं / क्यानडा
शाक्यमुनि बुद्ध नेपाल मै जन्मे । लुम्बिनी नेपालमै छ । त्यो पनि कपिलवस्तुमा त्यत्रो साक्षी अशोक स्तम्भ अझै खडा छ । हाम्रो देश सानो र अविकसित नै होस् हामी गर्व गर्छौं । किनकी संसारकै अग्लो शिखर सगरमाथा पनि हाम्रै देशमा छ । गएको तिन चार महिना देखि हामीले समाचारमा बारम्बार पढ्दै र सुन्दै आएका छौं कि भारतले नक्कली कपिलवस्तु बनाउँदै छ र र त्यसलाई दुस्प्रचार गर्दै छ । त्यो कुरो भयो भारतको ।
तर बुद्ध नेपाल मै जन्मेको भनेर अझै पनि संसार भर राम्रो प्रचार प्रसार रहेनछ भन्ने कुरा मैले किनेको यौटा साधारण क्यालेन्डरले प्रमाणित गरेको छ (हेर्नुस फोटो) । सन् २०१० को लागि छापिएको त्यो क्यालेन्डरका सबै प्रिष्ठहरुमा शाक्यमुनि बुद्धको फोटो र शाक्यमुनिका भनाइहरू मात्रै छन् । लगभग २०/२५ देशमा बिक्री हुने त्यो क्यालेन्डर अमेरिका, क्यानाडा, अष्ट्रेलिया लगायत धेरै देशमा बिक्री गरिन्छ । तर बुद्धका बारेमा स्पष्ट जानकारी नदिँदा गलत सन्देश जान्छ । अनि शाक्यमुनि बुद्धको बारेमा भ्रम किन पैदा नहुनु ? अनि कसरी संसारलाई थाहा हुन्छ बुद्ध नेपाल मै जन्मेको हुन् भनेर ?
बुद्धको बारेमा मात्रै छापिएको र फोटो भएको १२ पेजको क्यालेन्डरमा नेपाल भन्ने शब्दसम्म कतै उल्लेख छैन । यो सरासर ठूलो अन्याय भएन हाम्रो देश अनि शाक्यमुनिको जन्मभूमि नेपाल माथि ? यी फोटोहरू कम्बोडिया र थाईल्याण्डमा रहेका बुद्धका मूर्तिहरू हुन् । मार्क डाउने हुन् फोटो ग्राफर । हामी सबै मिलेर यो क्यालेन्डर छापेर गलत सूचना दिने यो प्रेस र फोटो ग्राफरलाई किन बिरोध नगर्ने ? किन सचेत नपार्ने ? किनकी यस्तो ठूलो गल्ती फेरी हुन् र शाक्यमुनि को बारेमा गलत लेखिन नपाओस् ।
अमेरिकाको लागि [email protected] # 13106079011 toll free
क्यानाडाको लागि [email protected] # 18882545842 toll free
यू के को लागि [email protected] #08001693718 free phone
अस्ट्रेलियाको लागि [email protected] # 1800111882 toll free
प्रेसको मुख्य वेब www.brountrout.com
![8432_142142299708_859294708_2506077_3522801_n[1][1]](http://www.nepalplus.com/wp-content/8432_142142299708_859294708_2506077_3522801_n11.jpg)





