जेल भरिए, अपराधीलाई मस्ति
यूरोपमा चोरी डकैति कम हुन्छ । लुटपाट भन्ने दुर्लभ हो । मान्छे शान्त हुन्छन । भद्र हुन्छन । नियम र कानुन यति कडा छन कि हत्तपत्त कोहि उम्कनै पाउँदैन भन्ने सोच्छन धेरै मानिसहरु । होइन त ? तर हामीमध्ये धेरैले सोच्दै आएको कुरा वास्तबिक होइन रहेछ नी । अन्तका त के कुरा, प्राजातन्त्रको जननी भन्छन होइन बेलायतलाई ? तर त्यहाँ अपराधी, चोर, डाँका, पाकेटमारा, लुटेरा, ठगहरु यति धेरै रहेछन कि तिनलाई राख्ने ठाउँसमेत रहेनछ । भएका जेलजति सबै भरिएका छन रे । अनि कहाँ राख्ने ? प्रहरीले भकाभक समात्दै अदालतमा पुर्याउने रहेछ । अनि अदालतले तिनलाई राख्ने ठाउँनै छैन भन्दै भकाभक छोडिदिने रहेछ ।
प्रसिद्द दैनिक अखबार द गार्डियनले हिजोको अंकमा त्यस्तै खतरा समाचार लेखेको छ । अखबारलाई एकजना उच्च प्रहरी अधिक्रितले स्पष्ठ प्रतिक्रिया दिएर त्यसबारे नालीबेली बताएकाछन । जेलमा राख्ने ठाउँको अभावमा खतरनाक अपराधीहरुनै उम्किरहेका रहेछन समय नपुग्दै । हत्या, हिंसामा संलग्न अपराधीहरुले समेत जति सजायँ पाउनुपर्ने हो त्यति पाइरहेका रहेनछन । त्यसलेगर्दा प्रहरीको कामलाई झन कठिन बनाएको प्रहरी अधिक्रितको गुनासो रहेछ । एक सय वटा डकैतिका घटनामा संलन भइसकेकालाई अर्को पटक समातेर लैजाँदापनि अदालतले ठाउँ छैन भन्दै छोडिदिएपछि बिचरा प्रहरीहरु हेरेको हेर्यै ।
त्यस्ता घटना त कति कति । सवारी साधनहरुबाट २५५ पटक चोरी गरिसकेको ब्यक्तिलाईपनि अदालतले राख्न सकेनछ र छोडिदियो । अनि हमीले के गर्ने ? पत्रीकासँग गुनासो हो यो प्रहरीको । चोरी, डकैति र अपराध बढेपछि स्थानिय मानिसहरुभने प्रहरीले काम गर्दैन । प्रहरीको के काम ? शान्ति सुरक्षा गरेन प्रहरीले भन्दै आरोप लगाउने रहेछन । अहिले सर्वसाधारणको विश्वास
जित्नेहो भने सरकारले अपराधीहरुलाई जेलमा राख्न सक्नुपर्छ भनिरहेको छ बेलायती प्रहरी ।
समस्या बेलायतको मात्रै हो र ? फ्रान्समापनि हालत त्यो भन्दा फरक छैन । गत महिना समा द हिमालय नेपाली रेस्टुरेन्ट चलाएर बसेका रबीन शर्मा ओलीपनि मलाई त्यस्तै समस्या सुनाउँदै थिए । उनको रेस्टुरेन्ट नजिकैको प्रहरीबिटले चोरी गरेको सामान सहित रंगे हात पक्रेर अदालतमा बुझाउँदापनि अदालतले ठाउँ छैन भनेर छोडिदिएछ । यहाँ पनि लगातार त्यसैगरि छोड्ने गरेको रहेछ अदालतले । अनि हैरान परेका रहेछन प्रहरीहरु । प्रहरीले उनीसित
गुनासो गरेका रहेछन-कति दुख गरेर पक्रेर ल्यायो, यि न्याधिशहरुले छोडिदिन्छन् । अनि हामीले कसरि अपराध नियन्त्रण गर्ने ? अदालतले भकाभक छोडिदिएपछि पक्राउ परेपनि छुटिहालिन्छ भन्दै अपराधीको मनोबल बढ्दैन त ?
अंग्रेजीमा प्रकाशित द गार्डियनको पूर्ण रिपोर्ट तल हेर्नुहोस ।





