उपन्यास “चिरायु” प्रति एक टिप्पणी
-प्रोफेसर पशुपति बंजाडे / बाल्टिमोर, अमेरिका
वास्तवमा टिप्पणी स्वयंमा पाठकको व्यक्तिगत प्रतिक्रिया हो । यो उपन्यास समालोचित छ । यसमा शब्द वर्ण तथा गद्यात्मक द्रिष्टिपात गर्न सकिन्छ । उपन्यास धार्मिकतामा आधारित सांस्क्रितिक पक्षमा अरसदार व्याख्या गर्न खोजिएको पाण्डुलिपि रहेछ । लेखक साहित्य व्यञ्जनमा रमाउने कल्पना सागरमा डुब्ने पारखी बन्ने सुरमा लागेका रहेछन् । सुन्ने भन्दा पनि कुरा सुनाउने र प्रभाव दिने बानी पाएँ मैले उनलाई । साहित्यकार तिर्थराज पाण्डेय (तस्विर)को साहित्य प्रतिको अभिरुचि चिरायु नै होस ।
साँच्चिकै उनका माता पिताले दिएको चिरायु अक्षता साहित्यक क्षितिजमा लहराई रहोस् । गुन्जोस् मेरो मंगलमय शुभ-कामना छ । सूदूरपस्चिम बैतडीबाट सुभ यात्राको बस दुर्घटनाको बीभत्स दृश्य देखि सूदूरपस्चिम को प्राक्रितिक छटा, माओबादी जलयुद्धका गीति कार्यक्रम सामाजिक र सांस्कृतिक घटना र विभिन्न यौवन सम्पन्न नारि पात्रसँगको सम्वाद द्वन्दमुक्तमा समावेशी हुँदै रगतका छाल र त्रासदी पूर्ण भावनाका भेलसँगै नेपाल छोडेर हिँडेको मुख्य पात्र कतार एयरको ३५३ नम्बर विमानमा एक विहंग सँग ठोकिई विमानमा आगो लागेर जहाज दुर्घटना हुने निश्चयको घोषणा को वर्णन र त्यसका हुने परिणाम बारेको काल्पनिक वर्णन बाट चिरायु अक्षताको प्रभाव जन्य अभिव्यक्तिले सुदूर नेपाल मात्र हैन सुदूर संसार जगत र आर्य समाजीहरू आफ्नो विश्वासमा अटल हुन्छन् भन्ने साबित गरेको छ ।
यसमा आर्यहरू संस्कृति धर्म र नियममा पिपासु हुन्छन् । त्यहीनै उनीहरूको जीवनसैली हो भन्ने प्रमाणित गर्न खोजिएको छ । यहाँ उत्तर आधुनिक साहित्य बाट सूक्ष्म रूपमा प्रेरित (भ्रम मा परेकी) एक प्रमुख नारी पात्र ” समीका” पनि प्रभावित देखिन्छिन् र उनले निक्कै रुची लिन्छिन समीरको अतीत अर्थात् उ हुर्केको बढेको सामाजिक सांस्कृतिक तथा भौगोलिक जीवनसँग ।
मेरो बिचारमा समीर र समिकामा ठूलो अन्तर पाए समीर अतीतमा रमाउने पौराणिकतामा विश्वास एवं अटल आस्थावान् छन् भने समीका अतीतबाट दुखी आमाको ममतामई माया स्नेहबाट बन्चित अपूर्ण संस्कृति कहीँ भुलिएकी छोडिएकी एक जीवन चौराहामा गन्तव्य देखी दिगभ्रमित यौवन भरिएकी सुन्दरी । यहाँ मुस्ताङ कि शेर्पिनी युवती कीर्तिका, मिथिला जनकपुर कि सिला लगायत बर्दियाका किसानकी बिरामी श्रीमती, माओवादी १० वर्षे जलयुद्धका नारी पात्र छापामार बन्दुकधारी सेना कार्यकर्तासम्म कुनै नारी रमाएकी छैन । सबैमा कुनै न कुनै प्रकारको वेदना प्रकारान्त दुखी देखिन्छन् ।
उपन्यासमा लेखकले नारीलाई उसको आमा बन्ने रहर रुची आवश्यकता , उद्वेग, संवेदना एवं स्त्रीत्वमा प्राप्त अस्मिता बारे नजर अन्दाज गरे जस्तो देखियो । त्यो विषयमा देखिँदैन केवल उपरि भाव मात्र ! के समिकालाई उसको बाझो र रूखो जीवन मन परेको होला ? कि उ नारी हैन ? एक स्रष्टा हैन ? की हैन उ एक । । स्रिजनसिल प्रक्रिति जहाँ जगत निहित हुन्छ । नारीलाई पलायन हुनबाट बचाउनु पर्थ्यो ।
नारी स्रिष्टी हुन् । उनमा ममता छ । उनी आमा हुन । उनमा अमृत छ । दूधका धारा बहन्छन् । कोमल ह्रिदयबाट अनन्त मनोविज्ञानका दर्शन प्रवाहित हुन्छन् । मानव समाजका सञ्जीवनीहरू, नारी मा अनेकौँ झन्कार, सुसेली, आशु, हर्ष र सञ्जाल छन् । उसका अङ्ग प्रत्यंगबाट श्रीजन र अगाढ प्रेम का धारा निरन्तर बग्छन् । नारीहरूका आफ्नै नितान्त ईच्छा हुन्छन् । भावना र प्रेमका धारा काम बास्नामा आधारित नारी सिङ्गो संजाल हो । जालमा फसेको माकुरा जस्तै उ एक बास्ना हो जो प्रेम पुञ्जमा रमाउँछ । नारी बास्नाको तृप्ति अपरिहार्य छ । कृतिकाका अवयवहरूमा समीर मोहित भएको पाइन्छ । घनघस्या त्रिशूलको जंगलमा सुन्तला खोस्ने बाँदरनीलेपनि बच्चा काखमा लिएर जंगल जंगलमा रमाएकी छ । उपन्यासमा वास्तवमा नारी रमाउनै पर्दछ !
नटाली डेलिन २२ वर्षिया छात्राले २० लाख पाउन्ड भन्दा बढी रकम पाउँदा पनि कौमार्यता बिक्री गरिन्न । नारी अस्मिताको मूल्य छैन । लेखकले मार्मिकता दर्साएका छन् कि १९७० को चीनको साँस्क्रितिक क्रान्तिले कि प्रभाव पर्यो । बरु १९८२ मा देन्साव पिङ्गले संविधानमा परिवर्तन गरी धर्म व्यक्तिको स्वतन्त्र इच्क्षा हो भनी लेखाए । समीका र समीर सम्बन्धले प्रेम र धर्म को कुनै सिमा हुँदैन भनी प्रस्ट्याउन खोजेको छ । सुदूर पश्चिम नेपालको भौगोलिक कठिनाइ र अति उत्कर्षमा पुगेको अमेरिकी धरातलबिचको भोगाई झन् मार्मिक छ । नेपालको प्रमुख शहर काठमाडौंको असन् बजारको यथार्थता लोभ लाग्दो र सरल किसिमले समेटिएको छ । साहित्यकार पाण्डेय लाई सराहनीय कामको लागि मेरो हार्दिक बधाई !





