एमाले नेताले गिरिजालाई भने-म तपाइँलाई भेट्दिन

सास छउन्जेल आश भने झैं गिरिजाप्रसादलाई अझै प्रधानमन्त्रि हुने धोको छ । सार्कबाट फर्किएपछि त झन उनले छिमेकि दाजुभाइको खुबै आशिर्वाद पाएका हुन कि के हो खुब हौसिएका छन नयाँ सरकार बनाउन । त्यसैले उनी सकि नसकि बिभिन्न दलका नेता भेट्दै छन । तर देशको त्यत्रो सम्मानित ठाउँमा पुगेको मान्छे जिवनका अन्तिम क्षणतिर तिरस्क्रित भएर बाटो लाग्ने छाँटकाँट छ । राजिनामा दिइसकेरपनि आफैं सार्कमा जान कस्सिँदा त्यत्रो कदका नेताले चार पार्टीका नेतासित “म आत्मा आलोचना गर्छु, सार्क जानबाट नरोक” भन्दै गए । लज्जित बन्दै ।  चार दलका त्यत्रा नेताका अगाडि उनी झुक्नु पर्‍यो । आज बिहानै फेरी एमालेका अर्का नेताबाट तिरष्क्रित भएका छन कोइराला । उनलाई भेटपनि अस्विकार गरिदिएर । 

पुन: प्रधानमन्त्रि हुने ध्याउन्नमा लागेका उनले आज बिहानै फेरि उनले माधव नेपाललाई आफुकहाँ बोलाएका थिए नयाँ सरकारको गठनबारे कुरा गर्न । नेपालप्लस स्रोतले दिएको जानकारि अनुसार उनले माओवादीलाई छोडेर अन्य दलको सहमतिमा सरकार बनाउँ भन्ने प्रस्ताब गरेका थिए । त्यसमा माधव नेपालले माओवादीलाइ एक्लो पार्न नहुने बताएछन । राष्ट्रिय सहमतिको सरकार आफ्नै प्रधानमन्त्रित्वमा बनाउन गिरिजाले प्रस्ताब गरेछन माधव नेपाललाई ।

छिमेकी मित्र राष्ट्रले पनि माओवादीलाई रुचाएका छैनन, माओवादीले अन्य दललाई मिलाएर लान सक्दैन र सराकार चलाउनपनि सक्दैनन, सबैलाई धोका दिन्छन, म सबै नेता र पार्टीहरुलाई सँगसँगै लैजान सक्छु, अहिले राष्ट्रिय सहमतिको खाँचो छ, त्यसैले नयाँ सरकारको नेत्रित्व मै गर्छु, मलाई समर्थन गर्नु पर्‍यो भन्दै आफैंलाई समर्थन गर्न आग्रह गरेछन । त्यसबारे छलफल गर्न बोलाएका गिरिजालाई माधव नेपालले म तपाइँलाई भेट्न सक्दिन भन्दै ठाडै अस्विकार गरिदिए । त्यसो भए मै आउँछु तपाइँकहा भन्दै उनी माधव नेपाल कहाँ पुगेका छन अहिले केहि घण्टा अघि । त्यहाँ के कुराकानी भयो भन्ने चाहिँ पर्खनै पर्ला । सधैं भारतिय निकट रहेका पूर्व प्रधानमन्त्रि सूर्यबहादुर थापालेपनि आजै तिन बजे दिउंसो गिरिजाप्रसाद कोइरालालाई भेट्दै छन।

तपाइँको प्रतिक्रिया