माओवादीलाई एक्ल्याउने नयाँ रणनीति

_41619502_koirala_ap_203body.jpgराष्ट्रपति बन्न नदिएदेखिनै कोइराला राँको बनेका थिए माओवादीसित । झन प्रधानमन्त्रि पदबाटपनि राजिनामा गर्न दबाब दिइरहे माओवादीले। यसबाट झन चुर्रिएका हुन कोइराला । सार्क शिखर सम्मेलनमा भाग लिन जान पाइँदैन, अटेर गरे संबिधान सभाको बैठकबाट बहुमत पुर्‍याएर रोक्छौ भनेपछि त झन उनी माओवादीसित थप आगो भए । आत्मालोचना नै गर्न लगाए एमाले र माओवादी मिलेर कोइरालालाई। अनि बल्ल जान दिए । यि सबै ब्यवधानको बदला लिन खोजे झै देखिएको छ अहिले माओवादीलाई सरकारमा जान एक्ल्याएर । प्रधानमन्त्रि, रक्षा मन्त्रि, परराष्ट्र, ग्रिह सबै आफुले पाए नेपाली कांग्रेस सायद माओवादीसितपनि सरकार बनाउन सजिलै तयार हुने थियो । त्यो माओवादीले नदिने भए । अनि अहिले तिनै प्रतिशोध साध्न र आफै फेरी प्रधानमन्त्रि बन्न गिरिजाप्रसाद कोइरालाले माओवादी बाहेकको सरकार बनाउन छलफल थालेका छन ।

सार्क बैठकमै ढलेका उनी अहिले जोड तोडका साथ मधेशी जनअधिकार फोरम, एमाले, तराइ मधेश लोकतान्त्रिक पार्टी, सद्भावना र माले लगायतका झिना मसिना पार्टीहरुसितपनि छलफल चलाइरहेका छन । राष्ट्रपतिले सरकार बनाउन दिएको दुइ दिनको म्याद अब डेढ दिनजति बाँकि रहँदा माओवादीलाई एक्ल्याएर बहुमत पुर्‍याई आफ्नै प्रधानमन्त्रित्वमा सरकार बनाउने कसरत गरिरहेका छन उनले । आजपनि उनले बिहानैदेखि त्यो छलफल, दौडादौड र सम्पर्कलाई निकै चुल्याएका छन । एमाले अझैपनि माओवादीलाइ एक्ल्याएर सरकारमा नजाने भनिरहेको छ । तर भर हुन्न कुनै पार्टीकोपनि । एमालेकै केपी ओली त माओवादीलाइ एक्ल्याएर नेपाली कांग्रेससित जानुपर्ने अडानका भए । उनिहरु त्यसैमा ज्यान फालेर लागिरहेका छन। एमालेले साथ दियो वा गिरिजाले गतिलो कुनै मन्त्रालय दिन्छु भनेमा एमालेले पनि साथ दिन बेर छैन गिरिजालाई । मधेशी जनअधिकार फोरमलाई त उनले ल्याइहाल्छन नै । उपेन्द्र यादवले यसैपनि कोइरालालाइ अन्तिम अवस्थामा साथ दिदै आएका छन नै । सदन चल्न नदिएर थन गुण लगाएकै हुन ।

स्रोतहरुका अनुसार अहिले गिरिजालाई नै पुन सत्तामा ल्याउनु पर्ने भारतिय योजना रहेको छ । त्यसकालागि उनले सार्क सम्मेलनमा भारतिय नेताहरुसित छलफलपनि गरेका छन । भारतिय योजना अनुसार सकभर एमालेका केपि ओली लगायतका माओवादी बिरोधी क्याम्पलाई उचाल्ने र मधेशी  जनअधिकार फोरमलाईपनि प्रयोग गरेर फेरि गिरिजा कोइरालाकै नेत्रित्वमा सरकार गठन गर्ने रहेको छ । अब नेपालका दलहरुले बिदेशी कुरा नसुने सबै मिलेर राष्ट्रिय सरकार बनाउलान । संबिधान बेलैमा बनाउलान । नत्र माओवादी वा नेपाली कांग्रेस अथवा कुनै अर्को ठुलो दललाई एक्ल्याए भने त्यो बन्ला भन्ने भर छैन । अनि सरकारपनि उस्तै हुन्छ २०५१/२०५३ को जस्तो सांसद खरिद बिक्रि देखि सुत्केरीले खाने औषधीको बिल बनाएर पुरुष सभासदले रकम  लुड्याउने राज्यबाट ।  र फेरि देश र जनता लुट्ने ।

तपाइँको प्रतिक्रिया