काइँकुइँ नगरि सरकार बनाउ माओवादी

हिजो २५ दलको बैठक बस्यो । बैठकमा नेपाली कांग्रेसले धेरै गुनासा र अल्याङ मल्याङ गरेपनि २३ दलले माओवादीले सरकार बनाउनुपर्ने बताए । यो भन्दा बढि ढाडस, समर्थन के चाहियो माओवादीलाई ? निश्चयनै अघिल्लो दिनसम्म भोट हाल्दैनौं कसैलाईपनि भनेर भोली पल्ट खुसुखुसु देश बिखण्ड गर्नेलाई भोट हाल्ने हाम्रा दलको स्थिति नफेरिएला भन्न सकिन्न । नयाँ खालका बखेडा नझिक्लान पनि भन्न सकिएन अहिलेनै । तैपनि २३ दलमध्ये अधिकांशले पक्कै समर्थन गर्ने छन भन्ने देखियो । २५ दल मध्ये २३ दलले माओवादीले सरकार बनाउनुपर्छ भनेर समर्थन पाउनु चानचुने कुरा होइन । यो ठुलो समर्थन हो । सायद हामीलाई सरकार बनाउन दिएनन भनेर भन्दै आएको माओवादीकालागि यो सुनौलो अवसर हो। उसले यो अवसरलाई उपयोग गर्नुपर्छ । उसले गर्ने काम के हुन, प्राथमिकता के हुन, के कति समयमा के कस्तो काम गर्न सकिन्छ, जनतालाई उसले के दिन सक्छ भन्ने कुरा स्पष्ठ कार्यक्रम सूचि पेश गरेर उसले सरकार निर्माणमा अगाढि बढ्नुपर्छ । संसदमा २३ दलको समर्थन पाएपछि उसले अब सधैं नेपाली कांग्रेसलाई गाली गर्ने, दोष लगाउने वा अन्य विषयहरु उठाएर अर्घेल्याइ गरिरहनु हुँदैन ।  उसको लागि केहि गरेर जनताको मन जित्ने सुनौलो अवसर हो यो ।

नेपाली कांग्रेसलाई त उसले विश्वासमा लिनै सक्दैन । मुलत नेपाली कांग्रेस सिंगो पार्टी यथास्थितिवादी सोच र चिन्तन भएकाहरुको मुठ्ठिमा कसिएको छ। त्यसबाट नेपाली कांग्रेसले छिट्टै मुक्ति पाउने लक्षण छैन । त्यसभित्रका अग्रगामी चिन्तन बोकेकाहरुले हस्तक्षेपकारी भुमिका खेलेर त्यो चगुलबाट मुक्त गराउन सक्ने अवस्थापनि तत्कालका लागि छैन  । बरु नेपाली कांग्रेस सम्पूर्ण देशलाईनै त्यस्तै चगुलमा राखिरहन चाहन्छ । नेपाली कांग्रेसमा अग्रगमन चाहने नरहरी आचार्य र गगन थापा जस्ता नेताहरुको पहुँच र पकड नेपाली काग्रेसलाई त्यो भासबाट बाहिर निकाल्नसक्ने अवस्थाको छैन । नेपाली कांग्रेसको मुख्य नेत्रित्व सरकारमै टाँस्सिइरहन चाहन्छ । सरकारमै रहेर उ देशको अग्रगमनलाई रोक्न चाहन्छ । त्यसैले कांग्रेसको पनि समर्थन बटुल्छु भनेर बस्नु देश, जनता र माओवादीकैलागि पनि आत्मघाती कदम हो । सरकार बनाउन पाइएन भन्ने अनि सरकार बनाउन पाउँदापनि अनेक खाले शर्त, शंका र काइँकुइँ गरेर बाहिर बस्न खोज्नु माओवादीले सरकार बनाउन नचाहेको भनेर बुझिन्छ । एकपटक नेपाली जनता माओवादीको सरकार हेर्न चाहन्छन। त्यसैले ढिलो गर्ने होइन कि सरकार बनाउ माओवादी ।

तपाइँको प्रतिक्रिया