राष्ट्रपतिलाई जनता भन्दा देवी देउता प्यारा
जनतालाई देवी देउता, दैवीशक्ति र मठमन्दिरको भाग्यवादी अन्धविश्वासमा अल्झाएर र
अड्याएर आफु तिनैमाथि राज गर्थे राजा रजौटा । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलेपनि त्यसै गरे । उनलाई जनताद्वारा निर्वाचित सभासदहरुले मत हालेर विजयी गराए। कुनै धार्मिक शक्ति र देवी देवताले होइन । त्यस्ता धार्मिक शक्तिले जिताउने भए उनी जनताका छोराछोरीले जिताएका कहाँ मतमाग्न जानै पर्दैनथ्यो । तर देशको पहिलो राष्ट्रपति आफु त्यो पदमा बिजयी हुनासाथ हान्निदै जनताका छोराछोरी भए ठाउँ नगएर गए पहिले पशुपतिनाथतिर । उनी नियुक्ति भए लगत्तै त्यहिबाटै सिधै पशुपतिनाथ पुगेका थिए ।
एक त पशुपति नाथ सबै भाषा, धर्म र वर्गको धार्मिक आस्थाको केन्द्र होइन । केवल हिन्दू धर्मावलम्भिहरुको मात्रै हो । हाम्रो देश यसैपनि धर्म निरपेक्ष देश हो । र देशका राष्ट्रिय नेताहरुले त्यो संवेदनालाई कायम राख्न सक्नुपर्छ । राष्ट्रिय ब्यक्तित्व भएपछि ब्यक्तिगत आस्था र विश्वास तपसिलका कुरा भइदिन्छन, हुनुपर्छ । त्यसैले पहिलो राष्ट्रपतिले शुरुमै कुनै एक धर्मको आस्थाको केन्द्रलाई मात्रै जोड दिएर अन्य धार्मिक आस्थामाथि न्याय गरेनन । अर्को कुरा, उनको उपत्यकामा अबिर जात्रा गरेर घुमाउने भनिएको छ, त्योपनि पुरा नहुँदै धार्मिक स्थल गए । यसबाट जनतामा जनता भन्दा मठमन्दिर र देवी देउता महत्वपूर्ण हुने रहेछन भन्ने गलत सन्देश जान्छ । उनले हिन्दू धर्मलाई प्राथमिकतामा राखेको प्रष्ट्यायो । अर्को पक्षपनि छ- हिजो सामान्तवादका नाइके राजा जहाँ जान्थे उनी त्यहि गएँ । जे गर्थे त्यहि गरे । आखिर शक्तिको स्रोत त जनता नभएर सामान्तवादका नाइके राजाको जस्तै उनकोपनि दैवी शक्ति रहेछ कि क्या हो !
मठ, मन्दिर, देवी, देउवा, इश्वरिय शक्तिमाथिको विश्वास सबै यि मानिसले खडा गरेका वस्तु हुन । त्यसैले ति कुनै हालतमापनि जनता भन्दा ठुला हुँदै सक्दैनन । जानु पर्ने त उनी जनताकहाँ पहिले हो । यस्तो संकटपूर्ण अवस्थाको देशलाई पूर्व राजा ज्ञानेन्द्र झैं मठमन्दिर धाएर उतार्न सकिदैन कि जनताकहाँ गएर, जनताका काम गरेर सकिन्छ । जनताको विश्वास र आशिर्वादले मात्रै त्यो पूरा हुन सक्छ न कि पशुपतिनाथको । पशुपतिनाथको विश्वासले आफ्नो शक्ति र स्वार्थ पूरा नभएको उदाहरण राष्ट्रपतिले ज्ञानेन्द्रमात्रै हेरे पुग्छ, त्यो भन्दा टाढा दुख गर्नु पर्दैन । मठमन्दिर धाएर, पूजा पाठ गरेर देखाउने त जनतालाई धार्मिक आस्थामा झुकाएर र अल्झाएर राख्नि आफुले सधैं राज गर्ने राजा रजौटा र सामान्तिहरुले रचना गरेको सामान्तवादी संस्कार हो । जनताका छोराछोरीको नेताले त्यसलाई मलजलगर्ने होइन कि भत्काउन सक्नुपर्छ । यस्ता सामान्तवादी सोचले जागेका जनतामाथि राजगर्न सकिंदैन भन्ने के हाम्रा राष्ट्रपतिले नबुझेका होलान ?
तपाइहरुलाई कस्तो लाग्छ ? ठिक कि बेठिक ? (फोटो-हाम्रो ब्लग) ।




