राष्ट्रपतिलाई जनता भन्दा देवी देउता प्यारा

जनतालाई देवी देउता, दैवीशक्ति र मठमन्दिरको भाग्यवादी अन्धविश्वासमा अल्झाएर र da-raamabaran-yaadaw.jpgअड्याएर आफु तिनैमाथि राज गर्थे राजा रजौटा । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलेपनि त्यसै गरे । उनलाई जनताद्वारा निर्वाचित सभासदहरुले मत हालेर विजयी गराए कुनै धार्मिक शक्ति र देवी देवताले होइन । त्यस्ता धार्मिक शक्तिले जिताउने भए उनी जनताका छोराछोरीले जिताएका कहाँ मतमाग्न जानै पर्दैनथ्यो ।  तर देशको पहिलो राष्ट्रपति आफु त्यो पदमा बिजयी हुनासाथ हान्निदै जनताका छोराछोरी भए ठाउँ नगएर गए पहिले पशुपतिनाथतिर । उनी नियुक्ति भए लगत्तै त्यहिबाटै सिधै पशुपतिनाथ पुगेका थिए । 

एक त पशुपति नाथ सबै भाषा, धर्म र वर्गको धार्मिक आस्थाको केन्द्र होइन । केवल हिन्दू धर्मावलम्भिहरुको मात्रै हो हाम्रो देश यसैपनि धर्म निरपेक्ष देश हो । र देशका राष्ट्रिय नेताहरुले त्यो संवेदनालाई कायम राख्न सक्नुपर्छ । राष्ट्रिय ब्यक्तित्व भएपछि ब्यक्तिगत आस्था र विश्वास तपसिलका कुरा भइदिन्छन, हुनुपर्छ । त्यसैले पहिलो राष्ट्रपतिले शुरुमै कुनै एक धर्मको आस्थाको केन्द्रलाई मात्रै जोड दिएर अन्य धार्मिक आस्थामाथि न्याय गरेनन  अर्को कुरा, उनको उपत्यकामा अबिर जात्रा गरेर घुमाउने भनिएको छ, त्योपनि पुरा नहुँदै धार्मिक स्थल गए । यसबाट जनतामा जनता भन्दा मठमन्दिर र देवी देउता महत्वपूर्ण हुने रहेछन भन्ने गलत सन्देश जान्छ । उनले हिन्दू धर्मलाई प्राथमिकतामा राखेको प्रष्ट्यायो । अर्को पक्षपनि छ- हिजो सामान्तवादका नाइके राजा जहाँ जान्थे उनी त्यहि गएँ । जे गर्थे त्यहि गरे । आखिर शक्तिको स्रोत त जनता नभएर सामान्तवादका नाइके राजाको जस्तै उनकोपनि दैवी शक्ति रहेछ कि क्या हो !

मठ, मन्दिर, देवी, देउवा, इश्वरिय शक्तिमाथिको विश्वास सबै यि मानिसले खडा गरेका वस्तु हुन । त्यसैले ति कुनै हालतमापनि जनता भन्दा ठुला हुँदै सक्दैनन । जानु पर्ने त उनी जनताकहाँ पहिले हो । यस्तो संकटपूर्ण अवस्थाको देशलाई पूर्व राजा ज्ञानेन्द्र झैं मठमन्दिर धाएर उतार्न सकिदैन कि जनताकहाँ गएर, जनताका काम गरेर सकिन्छ जनताको विश्वास र आशिर्वादले मात्रै त्यो पूरा हुन सक्छ न कि पशुपतिनाथको । पशुपतिनाथको विश्वासले आफ्नो शक्ति र स्वार्थ पूरा नभएको उदाहरण राष्ट्रपतिले ज्ञानेन्द्रमात्रै हेरे पुग्छ, त्यो भन्दा टाढा दुख गर्नु पर्दैन । मठमन्दिर धाएर, पूजा पाठ गरेर देखाउने त जनतालाई धार्मिक आस्थामा झुकाएर र अल्झाएर राख्नि आफुले सधैं राज गर्ने राजा रजौटा र सामान्तिहरुले रचना गरेको सामान्तवादी संस्कार हो । जनताका छोराछोरीको नेताले त्यसलाई मलजलगर्ने होइन कि भत्काउन सक्नुपर्छ । यस्ता सामान्तवादी सोचले जागेका जनतामाथि राजगर्न सकिंदैन भन्ने के हाम्रा राष्ट्रपतिले नबुझेका होलान ?

तपाइहरुलाई कस्तो लाग्छ ? ठिक कि बेठिक ? (फोटो-हाम्रो ब्लग) ।

तपाइँको प्रतिक्रिया