डा. रामवरण यादव बिजयी हुने पक्का
[ताजा–डा. यादव ले जिते
अकस्मात राजनितिले पल्टा खाएर एकाएक राष्ट्रपतिको उमेदवार हुन पाएका नेपाली कांग्रेसका डा रामरण यादव बिजयी भएका छन । उनले कूल ३०८ मत पाएको बताइएको छ भने उनका प्रतिद्वन्धि रामराजा प्रसाद सिंहले भने २८२ मत ल्याए । अनलाइन खबरका अनुसार उनले भोलीनै राष्ट्रपतिको सपथ खानेछन । सपथ उनलाई प्रज्ञा भवनमा प्रधान न्यायाधिश केदार प्रसाद गिरीले तिन बजे सपथ खुवाउने छन । उपराष्ट्रपतिलाई भने राष्ट्रपतिले खुवाउने छन । अहिले डा यादवको बिजयमा बिभिन्न ठाउमा अबिर माला र नाराबाजीका साथ खुशियाली मनाइएको छ।
मधेशी जन अधिकार फोरम, कांग्रेस र एमालेको यो नयाँ गठबन्धनसँगै अब नेकपा (माओवादी) सरकारमा नजाने भएको छ । तर माओवादीले यो निर्णय पार्टी सचिवालयको बैठक गरेर मात्रै निर्क्यौल गर्ने बताएको छ । मधेशका तिन पार्टीहरुबिच भने नयाँ चरणको फुट देखा परेको छ । किनभने मतदानमा सद्भावना पार्टी र तराइ मधेश लोकतान्त्रिक पार्टीले माओवादीका रामराजाप्रसाद सिहलाई मतदान गरेभने फोरमले डा यादवलाई। यो घटनासँगै अब देशमा नयाँ नयाँ राजनितिक संकट उत्पन्ने हुने अवस्था देखिएको छ ]।
भर्खरै भएको राष्ट्रपतिको निर्वाचनमा नेपाली काग्रेसका डा. रामवरण यादव बिजयी हुने करिब करिब पक्काजस्तै भएको छ। अहिले भर्खरै समाप्त मतदानमा ५९० मत खसेको छ । कुल ५९४ मत मध्ये चार मत राष्ट्रिय प्रजातन्त्र पार्टीको नखसेको हो । उक्त पार्टीले निर्वाचन बहिष्कार गरेको छ । मतदान बहुमत डा वरणको पक्षमा खसेको लगभग पक्का जस्तै छ । यस अघि मतदान नगरेको नेपाल मजदूर किसान पार्टीका नारायणमान बिजुक्क्षेले पनि नेपाली कांग्रेससँग छलफल गरेपछि नयाँ बन्ने सरकारमा कुनै लेनदेन हुने आश्वासनका साथ डा रामवरण यादवलाई नै मतदान गर्न राजी भएको बताइएको छ ।
उता अब नयाँ सरकारका लागि नयाँ समिकरण बन्ने सक्ने स्थितिपनि मेटिएको छैन । नयाँ सरकार निर्माणका लागि आजैदेखि दलहरुबिच वार्ता चल्न शुरु भइसकेको छ । तर नयाँ सरकार माओवादीले नेत्रित्व गर्ने वा अहिले बनेको नयाँ समिकरण मध्ये कुनै दलले नेत्रित्व गर्ने भन्ने चाहि अहिलेनै स्पष्ट भएको छैन । नयाँ सरकार नेकपा (माओवादी) लाई नेन्त्रित्व गर्न दिनुपर्ने भन्दै नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले केहीबेर अघि नेकपा (एमाले) र नेपाली कांग्रेसका नेता डा रामशरण महसतसँग फोनमा कुराकानी गरेको हाम्रो स्रोतले बतएको छ । तर राष्ट्रपतिको निर्वाचनपछि मात्रै त्यस बिषयमा कुरा गरौंला भन्दै महत पन्छिएका थिए । (फोटो-हाम्रो ब्लग)





