फोरमका नेता फेरि नयाँ शर्त सहित माओवादी समक्ष
यो मधेशी जनअधिकार फोरम भन्ने पार्टी (खासमा एनजिओ) र त्यसका नेताहरु देशको राजनितिलाई अस्थिर बनाउन, मोलमोलाई, नाफा घाटाका लागि कतिसम्म निक्रिष्ट छन भन्ने आज नेपालप्लसले अर्को तथ्य फेला परेको छ। मधेशी जनता र मधेशकै तर्फबाट माओवादीले रामराजाप्रसाद सिंहलाई उम्मेदवार बनाए । शुरुमा तिनले समर्थन गरेपनि । तर पछि उपराष्ट्रपतिका लागि मरिहत्ते गर्दै ति नेपाली कांग्रेस र एमालेसँग मिले । आज फोरमका नेता बिजय गच्छदार लाजै नमानी रामाराजाप्रसाद सिंहलाई भेट्न गएका थिए नयाँ जाल लिएर । आफ्नो पार्टीलाई अब बन्ने सरकारमा प्रधानमन्त्रि पद दिने भए आफुहरुले राष्ट्रपतिमा रामराजालाई समर्थन प्रस्ताब उनको थियो । सो प्रस्ताबमा माओवादीलाई मनाउन उनले आग्रह गरेका थिए ।
प्रधानमन्त्रि पद फोरमलाई दिए माओवादी नेत्रित्वको सरकारलाई समर्थन गर्ने जालोपनि उनले फालेका थिए । तर त्यस्तो प्रस्ताब प्रचण्डले ठाडै स्विकार गरेको बुझिएको छ । त्यस्तै एक अर्को जानकारी अनुसार एमाले, कांग्रेस र फोरमबिच नयाँ समिकरण बन्ने स्थिति देखिएपछि शेरबहादुर पत्नि तथा नेपाली कांग्रेस सभासद डा आरजु राणा (देउवा) आजै राती हान्निँदै नेपाल फर्कदै छिन । भोली राष्ट्रपति पदमा हुने मतदान एक मतले पनि फरक पार्न सक्ने र आफुलेपनि केही भोट फकाउन सकिने लोभले उनी रातारात अमेरिकाबाट नेपाल फर्कदै गरेकि हुन । हुनत नेकपा माओवादीलेपनि आज अन्तिमसम्म रामराजाप्रसाद सिंहलाई जिताउन बिभिन्न भुरे टाकुरे दलहरुसित वार्ता गरेको थियो । तर वार्ता त्यति उपलब्धिमुलक नभएको बताइन्छ ।




