राष्ट्रपतिमा पुन निर्वाचन, उपराष्ट्रपतिमा फोरमका झा बिजयी

राष्ट्रपति पदमा माओवादीका रामराजाप्रसाद सिंह र नेपाली कांग्रेसका डा रामवरण यादव दुबैको बहुमत नआएपछि पुन निर्वाचन हुने भएको छ । नेपाल एफमका अनुसार उपराष्ट्रपतिमा भने मधेसी जनअधिकार फोरमका परमानन्द झा बिजयी भएका छन । उनी ३१२ मत ल्याएर बिजयी भएका हुन । नेपाली कांग्रेसका रामवरण यादवले २९३ मत मात्रै ल्याएको निर्वाचन कार्यालयका केहि अधिकारीहरुलाई उल्लेख गर्दै नेपाल एफ एमले जनाएको हो । राष्ट्रपति पदमा बिजयी हुनकालागि २९८ मत आवश्यक हुन्छ । 

राष्ट्रपति को निर्वाचन भोलीनै हुने जनाइएको छ। रातभरीमा राष्ट्रपति पदका लागि फेरी नयाढगको मोलमोलाई र लेनदेन हुनसक्ने अड्कलपनि गरिदै छ । निर्वाचन कार्यालय अगाडि निर्वाचनको नयाँ गठबन्धन बारे प्रतिक्रिया दिँदै नेकपा (माओवादी) का नेता नेत्रबिक्रम चन्दले भारत र अमेरिकि  खेलमा तिन दल लागेर माओवादीलाई एक्ल्याउने षडयन्त्र गरेको प्रतिक्रिया दिए । उनले अब देशमा माओवादीले नयाँ आन्दोलन गर्ने पनि उनले बताए । त्यसका बिरुद्द अब देशमा माओवादीले नयाँ आन्दोलन गर्ने पनि उनले बताए ।

तपाइँको प्रतिक्रिया