सालघारी र नदी किनारदेखि बिदेशी महलका डनलपसम्म
मानिस आखिर शान्ति चाहन्छ। सुख चाहन्छ । सम्पन्न हुन चाहन्छ । बिकास चाहन्छ । खुशी चाहन्छ । तैपनि फेरी मानिसले हिंसा मच्चाउँछ । दुख दिन्छ । बिपन्न वर्गमा गनिन्छ । असिक्षित र अबिकसित ठहर्छ । दुखै दु:खमा गुज्रिन्छ । यी सबै समस्या निम्त्याउने आखिर त्यही मानीस नै हो । अरुलाई भुइँमा राखेर आफु अग्लोमा उभिन्छ । अरुलाई कम्जोर बनाइ आफु बलियो हुन चाहन्छ । अरुलाई सोसेर चुसेर आफु धनी बन्न चाहन्छ । आफु सम्पन्नशाली भए खुशी हुन्छ । चाहे न्याय संगत होस वा अन्यायमै परेर होस, उसले अरुको बिरोध गर्न छोड्दैन । आफु सधैं सक्तिशाली बन्न चाहन्छ । आफु सधैं अरुभन्दा रुपवान संझिन्छ । घुच्याएर, धकेलेर, अरुलाई पिटेर आफु अगाडि जान चाहन्छ । उ एक्लै ठुलो हुन चाहन्छ तर अरुको आधार लिन खोज्छ । जातिय समूह खडा गर्छ । बैचारिक समूह खडा गर्छ । छेत्रीय समूह खडा गर्छ । नाताबाद समूह खडा गर्छ । साम, दाम, दन्ड, भेद सबै उपाय अपनाएर आखिर ठुलै हुन चाहन्छ । के माथिका सबै कुरा सबै मानीसहरुले गर्छन् त ?
संसारमा मानिसहरुको मन दुई प्रकारको हुन्छ । एउटा सज्जन मन र अर्को दुर्जन मन ।
सज्जन मनले अरुको भलाई चाहन्छ । अरुको सेवा गर्छ । दयावानले शान्तिको मार्ग अवलम्बन गर्छ । अरुको खुशी आफ्नो सुख संझिन्छ । अरुले केही प्राप्त गरे आफ्नो मन खुस राख्छ । तर दुर्जनहरुको मनले त्यसो गर्दैन । प्रसंग नेपाली परिस्थिती र नेपाली शासकसंग नै जोडौं ।
यहाँ दुर्जनहरुकै कारण नेपालको दुर्गति हुन पुग्यो । सज्जन मन फुटेर चकनाचुर भैसके । दुर्जनहरुको बाहुल्यता बढ्यो । प्रजातन्त्रको नाममा दुर्जनहरुको राज भयो । डाँकाहरुको हाली मुहाली बढ्यो । यसैका कारण सारा नेपालीहरु पिडामा छटपटाइ रहेका छन । कुनै पनि देशको बिकास सज्जनहरुको जमातले गर्न सक्छ । दुर्जन त लुट्न मात्र त्यहाँ पुग्छ । उसले जनताको भलाईको कुरा गर्दैन । आकाश लुट्नेले पाताल कहाँ छोड्छ र ? अपहरण कुनै नौलो लाग्दैन उसलाई । जहाज लुटिए । मुर्ती चोरिए । नदी बेचिए । राष्ट्रबादीहरु मारिए । कवि मारिए । गायक मारिए । पत्रकार मारिए । फेरी पनि दुर्जन ठुलै पदमा छ । अझै उ ठुलो हुने इच्छा राखीरहेको छ । कुरेर बसेको छ । दाउ लगाइरहेको छ । आखिर उ दुर्जन न हो । जन त जनै हो । काललाई भाका सारी सारी पर्खेको छ अरुलाई दु:ख दिन । आज यिनै दुर्जन मनले नेपालीहरुलाई बगरको बास बनाइदिएको छ । मुड्किको सिरानी राखेर सडक पेटिमा सुत्न बाध्य पारीएको छ । दुर्जन आफु सेराटन जस्तो भब्य पाँच तारे होटलमा बस्छ । दुर्जनको पाँच तारेको बासले देसलाई नाजुक बनाएको छ । जनता बिस्थापित बनाएको छ। जनतालाई देस छोड्न वाध्य पारीएकोछ । रहरले होइन बिवस हुनु परेको छ ।
प्रसंग बेल्जियमकै लिउ । बेल्जियम एक पूर्ण प्रजातान्त्रिक समाजबादी मुलुक हो । यहाँका मानीसहरुको कार्य ब्यस्तता हेर्ने हो भने अचम्म लाग्दो छ । सबै ब्यस्त छन । आफ्नै धुनमा छन । यहाँ सरकार बन्छ पनि गिर्छ पनि । तर कुनै पनि जनताको काम रोकिदैन । काम भैरहेको हुन्छ । सडकपेटि बनिरहेका छन । घरहरु ठडिइरहेकै छन । यहाँ सज्जनहरुको बास छ । यहाँ मानबहरुको बास छ । यहाँ एकले अर्कोलाई दु:ख दिने काम गर्न कसैले चाहँदैन । यहाँ अनुशासनको होड्बाजी चल्छ । सभ्यताको होड्बाजी चल्छ । बिकासको होड्बाजी चल्छ ।
तर हाम्रो नेपाल मा त्यसो हुँदैन । जसले लुट्यो त्यो ठुलो । जसले अपहरण गर्यो, बम पड्कायो त्यो ठुलो । जहाज अपहरणकारीको चर्चा चल्छ । बमकाण्डका नाइकेको चर्चा चल्छ । कुन पदमा ? राष्ट्रपती पदमा … आदि आदि । बिकासको नाममा बिनास हुन्छ । मानब अधिकारको नाममा मान्छे मारिन्छन । आफ्नो खुट्टामा उभिने कोही छैन । सबै बिदेशी बुइ चड्ने मात्र । बिदेशी ईशारामा चल्ने कठपुतलिमात्र ।
यहाँ म बेल्जियममा भएको हुनाले बेल्जियमको बस्ती बिकासको एक सानो नमुनाको फोटो तल पेस गरेको छु । यी घरहरुको हरेक तलामा नेपालीहरुको डनलप छ । ओछ्यान छ । शासक ठीक हुँदो हो त के नेपालमा यस्ता घर बन्दैनथे र ? के नेपालीहरु सालको बोटमुनी, नदीकीनार, पुल मुनी, बाटो छेउ आदीमा सुत्नु पर्थ्यो होला ? बस्ती बिकास कंपनीले जनतालाई सुबिधा दिनुपर्ने होइन र ? आखिर घर बनाएर भाडामा जनतालाई दिनु जन सुबिधा होइन र ? के सबै जनता काठमांडौको ईट्टाको थुप्रोमै अट्लान त ? यो देखाएको घर बाइस तलासम्म अग्लो छ । यस्ता घरहरुबाट यहाँको सरकारले निकै फाईदा लिएको छ । यहाँ आइपुगेका दुर्जनहरुपनि एक दुई रात यस देशकाका सेराटनमा बास बसे । तर सज्जनहरु यसै देशमा, यि मंजिलहरुमा थाइ बसोबास गरेका छन । कल्पना गरेका छन हाम्रो देसमा पनि शासक असल भएको भए यस्तै घरहरु हुन्थे ।






