लौ न ३५० मत पुगेन, मत हालिदिनुस्
साथीहरु सुभासले गोरखा जिल्लामा बनाउन लागेको पहिलो यूद्द प्रभावित स्कूलकोलागि चाहिने मतदानको समय सकिँदै छ । भर्खरै उनले मलाइ मेल लेख्दै फेरी नेपालप्लस पाठकलाई मतदानको लागि आग्रह गर्न अनुरोध गरेका छन् । लौन साथीहरु उनलाइ मतदान गरौं । अहिलेसम्मको मतदानमा उनी टप २० मा परेका रहेछन् । ५० हजार अमेरिकी डलर उक्त स्कूललाई जिताउन उनलाई अझै ३५० मत चाहिन्छ । उनी टप १० मा पर्नुपर्छ । उनको पक्षमा भोली बेलुका ५ बजे (सायद अमेरिकी समय अनुसार होला यो) सम्म मत दिन सकिन्छ ।
-मत यसरि दिनुस-
(१) पहिले यहाँ गएर रजिष्टर गर्नुस ।
(२) I agree to the 2010 Dell Social Innovation Competition भन्ने ठाउँको दाहिने दिएको घेरोमा टिक लगाउनुहोस ।
(३) Register me भनेको ठाउँमा क्लिक गर्नुस।
(४) त्यसपछि रजिस्टर गर्ने साईट बन्द गरेरमत दिनको लागि यहाँ जानुस ।
(५) Sarswati Peace School: Building Hope for Nepalese Children भनेको ठाउँको देब्रेतिर promote भनेको ठाउँमा क्लिक गर्नुस । अनि दाहिनेपट्टी Vote Now भनेको ठाउँमा क्लिक गरिदिनुस । काम सकियो ।
तपाईले user name फरक, password उहि राखेर, फरक इमेल ठेगानाबाट पनि पटक पटक मत दिन सक्नुहुन्छ । लहै साथीहरुमा फेरी आग्रह छ यो मौका नेपालले नगुमाओस जाबो ३५० मत कै कारणले ।





