जासुसी हेलिकोप्टर घुमाएर आत्मसमर्पण गराउने तयारी !
[ पछिल्लो विवरण: बिद्रोहमा उत्रिएर केहि उच्च अधिक्रितहरुलाई नियन्त्रणमा राखेका प्रहरीहरुले अन्तत आन्त्मसमर्पण गरेका छन। सेना र सशष्त्र प्रहरीका झण्डै पाँच सय संख्यामा गएका जवान र अधिकारीहरुले बन्धक बनाइएको गणलाई चारैतिरबाट घेरामा हालेर आत्मसमर्पण गराएका थिए। उनीहरुलाई नियन्त्रणमा लिँदा कुनै अप्रिय घटना भएन। उनीहरुले प्रहरी नियम बिरुद बिद्रोह गरेको भन्दै सरकारले “सबै नियम र कानुन पुर्याएर कारवाही गर्न” निर्देशन दिइसकेको छ । उच्च प्रहरी प्रहरी अधिकारीहरुलेपनि कारवाहीको प्रक्रिया शुरु शुरुभ इसकेको बताएका छन] ।
नेपालगजमा उच्च अधिक्रितहरुलाई कब्जामा लिँदै बिद्रोह गर्ने प्रहरीहरुलाई वार्ता र समझदारी होइन सरकारले कारवाही गर्ने भएको छ । हिजो साँझदेखि मध्येपश्चिम क्षेत्रका उच्च प्रहरी अधिक्रितहरुलाई कब्जामा लिएका बिद्रोही प्रहरीहरुलाई हस्तक्षेप गरि बलपूर्वक आत्मसमर्पण गराउनका लागि आज साँझदेखि सेनाको रेन्जर बटालियनका कर्णेल अनुपजंग थापा, नरेश भट्ट र मेजर अनन्त बस्नेत परिचालित भएका छन । नेपालप्लस स्रोतका अनुसार उनीहरु घटनास्थल पुगेर आत्मसमर्पण गराउने कोसिस गरिरहेका छन । त्यसको लागि संभवत कमाण्डो रेड गर्ने उद्देश्यले हेलिकोप्टरबाट नेपालगञ्ज पुगेका हुन उनीहरु । त्यसको लागि आज बिहानै उक्त डिभिजनका कमाण्डर अनन्त थेवेलाई पनि नेपालगञ्ज पठाइएको छ जो सरकारी बिदामा बसिरहेका थिए । रेड गर्नुपूर्व घटनास्थलको पूर्ण जानकारी लीइ कसरि हस्तक्षेप गर्ने भनेर बिहानैदेखि सैनिक जासुसी हेलिकोप्टरले पटक पटक घटनास्थलको आकाश माथिबाट सर्भे गरेको थियो ।
स्रोतका अनुसार त्यहाँ बिद्रोही प्रहरीहरुको संख्या केही घट्दै गएको पनि छ । तरपनि बिद्रोही आफुहरुमाथि आक्रमण गरि आत्मसमर्पण गराउने सुइँको पाएपछि बिद्रोहीहरुले हतियार भण्डार गरिरहेको बताइँदै छ । यदी उनीहरुमाथि ठाडो हस्तक्षेप हुने अवस्था भए बिद्रोहीहरु जस्तोसुकै कारवाही गर्ने अवस्थामा रहेकोपनि बताइन्छ ।
द्विपक्षबिच वार्ताबाट समस्या हल गर्न भनेर गएका पत्रकार; मानव अधिकारवादी र अन्य नागरिक समाजका ब्यक्तिहरुपनि सरकारले हस्तक्षेप गर्ने संकेत पाएपछि बिना उपलब्धि बाहिर निस्किएको संचार माध्यमहरुले उल्लेख गरेका छन । यदि त्यसरी जबर्जस्ति हस्तक्षेप गरेमा बिद्रोही प्रहरीहरु पनि “मर्ता क्या नही कर्ता” भनेझै जवाफी कार्वाही गर्ने मनस्थितिमा रहेको बताइएको छ । यसबाट झन ठुलो अप्रिय घटना हुनसक्ने भन्दै पत्रकार, मानव अधिकारवादी र नागरिक समाजका सदस्यहरुले चिन्ता ब्यक्त गरेका छन।






