शुभ र अशुभ दिन
-राजेन्द्र लाल/विराटनगर
मस्त निद्रामा रहेको वेला अचानक विहान चार वजे तिर न्रि्रा खुल्दा टाउको एकाएक दुख्न लागेको थियो । सिटामोल खाए, झन्डुवाम लगाए तापनि ठिक भएन् । श्रीमतिजीलाई उठाए, उनले एकछिन टाउको मालिस गर्दा सुत्ने अथाक प्रयास गरे तर सकिन् । टाउको दुखाई झन झन वढ्न लागे पछि फलेक्सन दवाई खाएपछि वल्ल केही वेरमा सुत्न सके । विहान उठ्दा उठ्दै वायाँ आँखा फरफराउन थालेछ । आज पक्कै कही नराम्रो हुन्छ भनेर अनेक शंका उपशंका मनमा आउन थालेको थियो । राष्ट्रिय दैनिक पत्रिका विहानै के हेरेको थिए थाहा भयो, “लोडसेडिंगको समय फेरी वढेछ, अव नौ घण्टाको सट्टा दैनिक एधार घण्टा वत्ति जानेछ । आउने आषाढ सम्ममा करीव चौध घण्टा सम्म लोडसेडिंग हुने संभावना छ रे ।” हाँस्दै भने, “धन्य हो नेपाल सरकार । संसारमै कही नभएको यात्रा हाँडी गाँउमा गर्न थालेकोमा । अर्थात संसारमा नेपाल जस्तो महँगो विधुत महसूल कहि छैन, अव झन वढाउने रे ।” खैर घरवाट नास्ता गरेर उही थोत्रो मोटरसाइकलमा अफिसतिर लागे, सानेपा हाइटनिर दूर्घटनाबाट झण्डै वचे । त्यो पिकप ड्र्राइभरले वेस्ारी गाली गर्यो अनि संगै श्रीमतिजी पनि भएकोले उनवाट पनि दुइ चारवटा प्रवचन नपाँउनु त कुरै भएन् । के गर्ने गल्ति आफनै थियो चुपचाप सहेर अगाडी वढे र वल्लतल्ल अफिस पुगे ।
वच्चाहरुको स्कूल हिँउद विदा पछि खुल्न चार पाँच दिन मात्रै वाकिँ भएकोले हाकिम साहेव सँग आफनो संचित रहेको विदावाट दुइ दिनको विदा स्वीकृती मागे । वहाँले अनुगमनमा जानुपर्छ भनेर विदा दिन अस्वीकार गरिदिनुभयो । आत्तिएर मधेश फोन गरेर आमावुवालाई वच्चाहरुलाई पुर्याउन गुहार लगाए तर वहाँहरु आ आफनै काममा व्यस्त भएकोले खासै चासो देखाउनु भएन् । अनि जे पर्ला भनेर खाजा खाने समयमा हतार हतार गरी वसको टिकट लिन सुन्धारा मोटरसाइकलमा कुदे । कस्तो अचम्म पुल्चौंकवाट सुन्धारा पुग्न सवा घण्टा लाग्यो । सधै हुने ट्राफिक जाम भन्दा आज भएका सडक जाम महाजाम रहेछ । सोध्दा थाहा पाए यो देशका महामहिमको सवारी हुँदै रहेछ । हाँस्दै मनमनै भनें, “नयाँ नेपालमा पहिलेका राजाको सवारी भन्दा पनि जनताका छोराको सवारीमा आम जनताले दुःख पाउनु कस्तो विडम्वना हो । वरु हिडेर गएको भए आधा घण्टामा पुगिन्थ्यो होला ।” वल्लतल्ल सुन्धरा पुगे तर त्यहाँ रहेको भिडभाड हर्ेदा थाँहा भयो काठमाडौंमा दैनिक आउने जाने मान्छे पनि कहाँ कम रहेछन् र ।
बल्लतल्ल भोलिपल्टको टिकट पाँए । खाजा खान जम्मा आधा घण्टाको व्रेकमा दुइ घण्टा भन्दा वढी ढिलो भइ सकेको थियो, हतारहतार गरी गल्ली नै गल्ली पार गर्दै अफिस पुगे । मोटरसाइकल पार्क लाग्दा मोटरसाइकल चिप्लेर लडे, गार्डले आएर सोध्यो, “सर । धेरै चोट त लगेन” “लाजै लाग्यो । चोट लागेपनि ठीकै छ, भनी चुपचाप अफिस तिर लागे ।” हाकिम साहेवको दश चोटी फोन आइसकेकेा रहेछ भनी सँगै काम गर्ने श्रीमान् नेत्रजीले सुनाए । हाकिम साहेवले आउन वितिक्कै तुरन्त माथि पठाउनु भनेकोले कुद्दै हाकिम साहेवको आफिममा हाजिर भए । त्यहाँपनि आफूले गर्दै न गरेको कामको लागी वेसरी गाली खाइयो । रातो न पीरो हुदै आफनो अफिसमा आएर भनेको काम आजै सक्नु पर्ने भएकोले हतार हतार सक्न थाले । काम सकेर हाकिम साहेवलाई वुझाउँदा करीव पौने छ वजी सकेको थियो । श्रीमतिको पाँच वटा मिस कल आइ सकेको रहेछ । हतार हतार गरी किराना आदीको सामान किनेर घर पुग्दा सात वजीसकेको थियो । विजुली वत्ती सदाझै हुने कुरै थिएन् त्यसमा पनि कारण नै नसोधी पुनः श्रीमतिवाट मिठो प्रवचन एक छिन सुनियो । साहृै भोक लागेकोले भातदाल पेट भरी खाँए र मनमनै भने, “के गर्ने । नेपाल गरीव भएरै होला हामी साधारण नेपालीहरुलाई यहि दालभात दैनिक दर्ुइ छाक र्टार्न कत्रो सधर्षगरिरहनु परेको छ । संतुलित भोजनको के कुरा गर्ने । त्यो त नेताहरुको भाषणमा मात्रै पाइन्छ । शायद हाम्रा नेताज्यूहरुको वुद्धि वंगारा आएको छैन कयारे ।” सुत्दै गर्दा मनमनै भने, “नेपाल प्लसमा व्लग लेख्दा प्रशंशा भन्दा पनि वढी आलोचना र गाली पाउनु भन्दा पनि आज नरामाइलो दिन रहेछ । साच्चिनै आजको दिन नै अशुभ रहेछ । कुनै पनि कुरा राम्रो भएन् । खाली गाली मात्र खाइयो । हामी र्सवसाधारण नेपालीहरुको जनजीवन यस्तै खाले अशुभ वा सामान्य दिनहरुवाट वित्ने गरेको हुन्छ । हे भगवान, यस्ता अशुभ दिन कसैको पनि जीवनमा नआउन ।”
एक दिन शायद विहान विहानै सपना राम्रै देखेर होला चाँडै निद्राले छोडेपनि अनुहार हाँसिलो भएर आएको थियो । उठ्दा उठ्दै दायाँ आँखा फरफर्राईरहेको थियो । आज निश्चिय नै केही राम्रो समाचार आउँछ भन्दै व्रश गर्न निस्किदै थिँए कि हाम्रो हाकिम साहेवको फोन आएछ । वँहाले मेरो सरुवा भएको शुभ समाचारको सँग सँगै त्यही दिन सरुवा भएको जिल्ला काठमाडौं हुदै जान आदेश दिनुभयो । खुशीले श्रीमतिजीलाई फोन गरे,“उनले कुनै राम्रो कुरा निकट भविष्यमा हुने भविष्यवाणी म केही वोल्नु भन्दा पहिले सुनाई हालिन् ।” “हो तिमीले ठिकै भन्यौ । मेरो अन्य जिल्लामा काजसरुवा भएको छ । आजै राजधानी आउँदै छु ।” उनी साहृै खुशी भइन् र उनको खुशीमा म पनि खुशी नहुने कुरै भएन् । पहिले पहिले भनिन्थ्यो “गयो डोटी खायो रोटी फर्किने वेलामा घोती न टोपी” तर त्यहाँवाट आफनो घोती र टोपी सहित आफू विरामी भए पनि पन्त र विरेन्द्रजीले सकुशल एधार वजे आफिस पुर्याईदिए । पुग्न वित्तिकै जोशी तथा वोहराजीले वधाई र शुभकामनाको सँगै मेरो भ्रमण आदेश, आफिससँग लिन वाँकिरहेको पैसा र एअरर्पोट सम्म जानको लागि गाडीको व्यवस्था एक छिनमा मिलाई दिए । मैले हृदय देखी नै उनलाई सम्पूर्ण सहयोगको लागि धन्यवाद दिए ।
त्यो दिन नेपाल वन्द रहेछ, हाम्राहरु साथीहरु पाठक तथा मल्लजी सवै पक्षसँग कुराकानी मिलाई अगाडी जान सहयोग गरिदिएकोमा, उनीहरु प्रति क्रृणी भएको थिँए । त्यो भन्दा पनि ठूलो आर्श्चर्य भएछ, हाम्रो जाकिम साहेव जसलाई एउटा भ्रमण आदेश तथा भ्रमण खर्च सहि गर्न कम्तिमा एक दिन लाग्थ्यो, मेरो भ्रमण आदेशमा भएको रुपैया पैसाको हिसाव कयालकुलेटरमा चेकै नगरी तुरुन्त सहि गरि दिएछन् । त्यहीवेला अधिकारी दाईले वाकिँरहेको जम्मै रुपैया फर्काउनुभयो । जुन मलाई कदापि याद नै थिएन् । अगाडी वढ्दै जाँदा पहाडी मार्गमा म सधै वान्ता गर्ने मान्छे, शायद त्यो आफिसमा वान्ता गर्नेमा प्रथम स्थान पाएको थिँए । त्यो दिन एक पल्ट पनि वान्ता नभए पछि सँगै रहेका र्राई गुरुजी लाई एअरर्पोट पुगेपछि ध्ान्यवाद दिए र मनमनै हाँस्दै भने, “केही दिनको लागि दाईको वाघ जस्तो धुर्राई नसुनीने भइयो । हुनत म पनि थाके भने धर्ुर्ने नै हो तर वहँाको धुर्राई अद्धितीय छ । हामी कहिलेकाँही फिल्डमा एउटै कोठामा सुत्दा पहिलेको सुत्ने विषयमा ठूलै वहस हुने गथ्र्यो ।”
प्लेन कुरिरहँदा एक शुभचिन्तकज्युसँग भेट भएको थियो । उनी पनि काठमाडौं जान लागेकी थिइन् । हामीहरुको सोच र विचार एक अर्का सँग पटक्कै नमिल्ने भए पनि हाम्रो कुराकानी विभिन्न विषय वस्तुमा हुँदै जाँदा वुद्ध एअरको प्लेन दुइ घण्टा ढिला भएको थाहै पाएनौं । काठमाडौंसम्मको यात्रा उनीसँगै सुखद रहृ्यो । एअरर्पोटमा उनलाई पनि धन्यवाद र उनको सुखद भविष्यको कामना गर्दै अगाडी वढे । अफिसको गाडी अति व्यस्त भएपनि एअरर्पोट आएकोमा मन हषिर्त हुनु स्वभाविकै थियो । कृपाजीले त्यो दिन काठमाडौं एअरर्पोटमा गाडीको व्यवस्था मिलाई दिएको थिइन्, उनलाई धेरै धन्यवाद र प्रगतिको कामना गर्दै घर तिर लागे । तीन महिना पछि करीव पाँच वजे तिर घर पुग्दा गेटमा स्वागत् गर्न श्रीमतिजी सँगै दुइटै वच्चाहरु उभीरहेका थिँए । विहान देखी भोकै भएको शायद श्रीमतिजीले अनुमान गरेर होला, मलाई असाध्यै मनपर्ने चामलको रोटी र दुध गुँडको खीर वनाएकी थिइन् । खाना सदाझै साहृै स्वादिलो थियो खुव खाइएछ । सुत्न लाग्दा मनमनै भने, “हे भगवान् । हामी नेपालीहरुको जीवनचक्र प्रायः गास, वास र कपासको व्यवस्था गर्दा गर्दै सकिन्छ । हाम्रो जीवनमा दुःख कष्टले नै प्रायः लुकाछिपीको खेल्ा खेलीरहेको हुन्छ । तर आज शुभ दिन भएकोले सवैकुराहरु सहजरुप्ामा मिल्ोको रहेछ । हाम्रा साथीहरु पन्त, जोशी, विरेन्द्र, वोहराजी, पाठकजी, मल्लजी आदिले म प्रति देखाएको प्रेम क्षेत्रीय भावना भन्दा पनि राष्ट्रिय भावना प्रति उनीहरुको प्रतिवध्ताले मेरो संकुचित विचार नै परिवर्तन गरिदियो । हामी सधै एकअर्काका कुरा काटने गछौं । स्वाभाविकै हो भाडाकुँदाहरु एकै ठाँउ रहँदा कहिले काहीँ ठोकिने गर्छन् । तर मौकामा उनीहरुले दिएको सहयोगको लागि सधै आफू क्रृणी भएको आभास भएछ । अन्तमा आजको दिन मेरो लागि अति नै शुभ दिन रहेछ भन्दै भगवान्लाई धन्यवाद गरे ।”
हाम्रो जीवनमा शुभ र अशुभ दिनहरु घाम र छाया जस्तै हो । सन्त कवीर दासले ठीकै भनेका रहेछन्, “दुःखमे सुमिरण सव करे सुखमे करे ना कोइ, जो सुखमें सुमिरण करे तो दुःख काहेको होइ ।”





