तपाईलाई त म आँखामा पट्टी बाँधेर भएपनि माया गर्छु डियर
म बाथरुममा थिएँ। तपाईसित भएको च्याट फ्ल्यास्ब्याक भयो । अनि तपाईले भनेका कुरा सोच्दै थिएँ । भेट भयो भने नराम्रो’नी लाग्नसक्छ भन्ने कुरा खासगरि । अनि मैले तुरुन्तै एक जना दिदीलाई सम्झें । तपाईलाई थाह छ उसको लभ परेको फोनमा । उनीहरुले एक अर्काको कुनै फोटोपनि साटासाट गरेका थिएनन् । किनभने उनीहरु दुबैलाई ईन्टरनेट र ईमेल चलाउन आउँथेन । जब उनीहरुले भेटे, केटो त उफ पटक्कै राम्रो थिएन । तर बानी चाहिँ राम्रो रे । अनि अस्ति नेपालगञ्ज जाँदा मैले भेटें त्यो केटोलाई, ठिकै थियो । मैले दिदीलाई फोन गरें, त्यस्तोलाई नि किन मन पराको भनेर । उसले भनी “फोनमै यस्तो लभ पर्यो कि उसको बानी र अनुहारको म मतलबनै गर्दिन, सबैभन्दा राम्रो लाग्छ रे । हेर्नु त …………….
तपाई ह्याण्डसम नभएकोले मैले यो भनेको होइन वा तपाईको नरामो बानी भएर पनि होइन । डियर मैले तपाईको अनुहार सम्झिएँ, अनि तपाईको बानी, तपाईको कुरा गर्ने तरिका, तपाईको माया र सबै । अनि मनमा माया त कति कति रैछ भन्ने नी लाग्यो आफुलाई । तपाईलाई त म आँखामा पट्टी बाँधेर भएपनि माया गर्छु होला डियर । ब्लाईन्डली के । यो अब ब्यवहारिक कुरा होइन भन्नुहोला तर मेरो मनमा त तपाईको लागि यति धेरै माया छ कि त्यसको कुनै तुलना नै छैन, अब देखि त्यस्तो नभन्नु है प्लिज ?
म त झन तपाईसित जिवन बिताउने सपना देख्दै बसेको छु । जे पर्ला पर्ला भनेर । मलाई थाह छ तपाईले पनि त्यस्तै सोच्नुहुन्छ । अनि मन पर्ने नपर्नेको त कुरै छैन डियर । मैले तपाईलाई धेरै पटक भनिसकें कि मैले त तपाईलाई भेटेकै छैन भन्नेनै लाग्दैन आफैंलाई । हो साँच्चै, आफ्नै हो, तर अहिलेलाई भौतिकरुपमा टाढा छ भन्ने मात्रै लाग्छ । किन होला है ?
के भन्ने यार यस्तै रैछ माया भन्ने कुरा । मलाई अब साँच्चै तपाईको माया र समर्थन मात्रै चाहिन्छ । अरु केहि नाई । अनि हामी दुबै जना भयौं भने जस्तोसुकै समस्या भएपनि हामी दुबै जना मिलेर पार गर्न सक्छौं नी यार होइन ? मैले तपाईको अवस्था बुझेको छु । तपाईले मेरो । यसमा अब दुबैले साथ दिनुपर्छ । त्यसपछि सबै ठिक हुन्छ, चिन्ता मान्नु पर्दैन होइन त ? हामी बिचमा केहिपनि भिन्नता हुनु हुँदैन डियर । मलाई के लाग्छ थाह छ ? भोलीका आउँदा दिनमा कसैले केहि भन्यो वा गर्यो भने म भने तपाई र तपाई भनेको हो भन्न पाइयोस । किन किन साँच्चै त्यस्तो लाग्छ मलाई………….
मेरो यो सोच थेउरिटिकल मात्रै होइन बेबी । यसलाई ब्यवहारमा उतार्न त हामी दुबैले लाग्नुपर्छ नी है ? सानोतिनो कुरालाई बिर्सनु नी पर्छ, केहि गरि भिन्नता आयो भने, कुनै सोचमा विशेष गरि त्यसले हाम्रो प्रेममा फरक पार्नु हुँदैन । डियर, हामी दुई फरक फरक ब्यक्ति हौं । सोचमा भिन्नता आउनु त राम्रो हो नी ! त्यसलाई छलफबाटै त राम्रो निर्णयमा पुग्न सकिन्छ नी होइन त ?
मलाई त लाग्दैन कि तपाईले कहिल्यै मलाई नाई भन्नु होला वा मैले तपाईलाई भनुँला …….
म तपाईलाई असाध्यै माया गर्छु मेरो डार्लिङ । अब त तपाईलाई संझिँदै बसेको छु । साँच्चै कति माया लाग्छ लाग्छ त्यसको त कुनै हिसाब किताब नै छैन । मैले अब त्यो पाए जस्तो लाग्छ जुन सजिलै सबैले पाउँदैनन् डियर । र यो भावनालाई कहिल्यै नी मर्न दिनुहुँदैन है ….
आराम रहनुहोला
एकदम धेरै माया मेरो रानो
तपाईकी श्रीमती
![valentine4[1]](http://www.nepalplus.com/wp-content/valentine41.jpg)





