सरकारलेनै उम्कायो दरबार हत्याकाण्डका अपराधी
राजा बिरेन्द्रको परिवारको वंश नाश गरियो । त्योपनि उनैको परिवारमाथि सम्पूर्ण दोश थोपरेर ।
अचेत अवस्थाका दिपेन्द्रको निधारमा जबर्जस्ति कलंकको टिका लगाउँदै । लोकलाई थाह छ- त्यो सबै पूर्व राजा ज्ञानेन्द्र र उनैका छोरा पारश शाहको खेल हो । दरबार हत्यकाण्ड गराएको यतिका वर्ष भइसके । त्यसका अपराधीहरु दण्डित त हुनु त परै रहोस, अब त्यसमा संलग्नहरुले उन्मुक्ति पाउँदैछन । प्रमाणहरु मेटिँदै छन । मेटाइँदै छन । भौतिक प्रमाणहरु त मेटाइएनै, अब जिवित प्रमाणहरुपनि पाखा लाग्दैछन र त्यो हत्याकाण्ड अब इतिहासको कोठरिमा त्यत्तिकै थन्किने संभावना बढेको छ।
दरबार हत्याकाण्डमा संलग्न स्वघोषित पूर्व राजकुमार पारश शाह भन्दा बलियो प्रमाण अरु के हुनसक्छ दरबार हत्याकाण्डको निष्पक्ष र उचित छानबिनकालागि ? राजकुमार दिपेन्द्रलाई “नाम नखुलेको कालो पदार्थ ल्याएर दिएँ” भनेर हाकै भनेका पारश शाह मंगलबार हाकाहाकि सरकारि सुरक्षामै सिंगापुरतर्फ उम्किए । र उनि ढाँटेर, छलेर, लुकेर र भूमिगत शैलीमा उम्किएका होइनन । उनको सिंगापुर पलायनबारे पहिल्यै सार्वजनिक भएको थियो । सरकारी सुरक्षा संयन्त्रलेनै उनलाई बलियो सुरक्षा दिँदै पठायो । देश र बिदेशका प्रतिष्ठित नागरिकहरु ओहोरदोहोर गर्ने अति विशिष्ठ कक्षबाटै त्यस्ता अपराधी टाउको ठाडो पार्दै सम्मानपूर्वक गए ।
दरबार हत्याकाण्डका एक पात्रका रुपमा मात्रै होइन, जनताका प्रिय गायक प्रबिण गुरुङ र नेपाली आमाको एक छोरो ट्याक्सि चालक सानुभाई डंगोलका हत्यारा पनि हुन उनि । त्यस बाहेक उनमाथि अपराधका अनगिन्ति आरोप छन । देशमा तानाशाही शासन सकियो । जनताको शासन आयो । जनताको शासनले त्यस्ता अत्याचारी र अपराधीहरुलाई उचित दण्ड देला भनेर आशावादी थिए जनता । जनताको त्यो आश अझै मरिसकेको छैन । त्यस्ता अपराधीलाई अब देशमा जनताको शासन आएका बेला पक्रिएर राख्नु पर्ने थियो ।
दरबार हत्याकाण्डको छानबिन गर्छौ भन्ने भनेर माओवादीले बारम्बार जनतालाई आश्वस्त पार्दै आएको थियो । तर अचम्म त के भने उहि संलग्न सरकारले पारशलाई भिआइपी कक्षको ढोकाबाट स्वागत गर्दै सिंगापुर जान दियो । यसबाट माओवादीको भनाइ र गराइमा तालमेल हुँदैन, सस्तो लोकप्रियताका लागि उनीहरुपनि अघिल्ला सरकारहरु झैं खोक्रो नारा बाँड्दैछन भन्ने देखिन्छ । जनताका अगाडि बाँडेका त्यस्ता वचन पुरा गर्न कम्तिमा माओवादीले पारसको सिंगापुर लम्कने योजना केहिदिन अघिदेखिनै सार्वजनिक भएपछि सके त्यसलाई रोक्ने नसके बिरोध जनाउन सक्नुपर्थ्यो । तस्बिर-नया पत्रिका ।





