“नझुक्ने” प्रधानमन्त्रि झुके मात्रिकासँग
प्रधानमन्त्रि गिरिजा प्रसाद कोइराला झोक्कि छन। उनी “म कसैसँग झुक्दिन” पनि भन्छन । हत्त पत्त झुक्दैनन पनि । गत हप्तासम्म प्रचण्ड स्रचण्ड, कुनै बिदेशी र कोहीसँगपनि म झुक्ने, तर्सिने मानिस होइन, झुक्दिन भनेका थिए। तर झोक्कि मानिस महा झोक्कि र ज्याद्राको फेलापरेपछि के लाग्छ ? उनी वनमन्त्रि मात्रिका यादवसँग झुके । ललितपुरको ढुंगाखानी चलाउन दिएको आरोप लागेपछि मात्रिकाले स्थानिय विकास अधिकारीलाई चर्पीमा थुने । यो त पुरानै घटना नै हो । त्यसपछि त्यहि घटनामा संलग्न रहेको आरोपमा स्थानिय काग्रेस नेता गिरिप्रसाद तिमल्सेनालाई पक्रिन वनमन्त्रि मात्रिका यादवले ठाडो आदेश दिएछन । झन परे झोक्कि मन्त्रि यादव । उनको आदेश नमानेको भए बिचरा तिमल्सेनाको हालत हुँदो हो ? त्यसबारे नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्रि समक्ष हारगुहार गरे । वन मन्त्रिको आदेश भएपछि वन विभागका महानिर्देशक डा. केशवराज कँडेलले पक्राउ गर्नै पर्यो । उनले पक्राउ गरेर हाले नख्खु जेलमा तिमल्सेनालाई ।
त्यसपछि प्रधानमन्त्रि कोइरालाले वनमन्त्रि यादवलाईनै गाली गर्ने वा हप्कि सप्कि के के लगाउनुपर्ने हो आदेश दिने वनमन्त्रिलाईनै होइन त ? तर प्रधानमन्त्रि कोइराला डराएछन वनमन्त्रिसँग । उनले वनमन्त्रिसँगको रिस र डर खन्याए वन विभागका महानिर्देशक तिमल्सेनामाथि । त्यत्रो रिस उठेको भए वा उनलाई पक्राउ नगरिनुपर्ने भए वनमन्त्रिलाई नै सोझै भन्नु पर्ने होइन र ? तलका कर्मचारिले त वनमन्त्रिले जे भन्यो त्यो खुरुखुरु मान्नु पर्ने होइन ?
मात्रिका यादवलाई भनेको भए त्यहि द्वन्द भइहाल्ने थियो कोइरालासँग । पहिले रक्त चन्दन पक्राउ भएको बेलापनि उनको नराम्रसग भनाभन भएकै हो र यादवले वनमन्त्रिबाट राजिनामा पनि दिएका हुन । त्यो बेला म किन झुक्ने प्रधानमन्त्रिसँग भन्दै पार्टी अध्यक्ष प्रचण्डसमक्ष बुझाएका थिए राजिनामापनि । मात्रिका यादवले गत हप्तापनि स्पष्ठै भनेका हुन-कुनैपनि भ्रष्टाचारीहरुलाई छोड्दिन, कसैसग झुक्दिन, कारवाहि चलाउँदै जान्छु भनेर । त्यहि कारणले होला प्रधानमन्त्रि कोइराला पनि उनीसँग डराए । भनेपछि, प्रधानमन्त्रि कोइराला जस्ता हक्कि र कसैसँग नझुक्नेलाई तह लगाउन त चाहिने रहेछन कि के हो संसदमा दुइ चार जना यादव जस्ता ! प्रधानमन्त्रिले के के भनेर गाली गरे त ? नयाँ पत्रिका दैनिकको तलको समाचार हेर्नुहोस ।





