हट्यो माओवादी सरकारबाट

सरकार बनाउने सुर गरिरहेको माओवादी आजबाट एक्कासि सरकारबाट हटेको छ । आजै माओवादीका सबै मन्त्रिहरुले सरकारबाट राजिनामा दिए । राजिनामा सम्युक्त रुपमा पार्टी अध्यक्ष प्रचण्ड समक्ष बुझाइसकिएको थियो केहि दिन अगाडिनै । तर काङ्ग्रेस र एमालेसग सत्ता साझेदारि हुन सक्ने आशाले प्रधानमन्त्रि समक्ष बुझाइएको थिएन । आज साझ भने प्रधानमन्त्रि समक्ष पेस गरियो । सम्बिधान सभाको बैठक र नया सरकार निर्माण गर्न प्रधान मन्त्रि कोइराला प्रमुख बाधक बनेको र उनमा चरम कुर्सि मोह देखिएको आरोप लगाउदै आएका हुन। आज माओवादीहरुले नैतिकताको आधारमा सरकारमा बस्न नमिल्ने भन्दै राजिनामा बुझाएका हुन।

एमालेका मन्त्रिहरुले त झन पहिल्यै बुझाएका हुन राजिनामा । अब भने गिरिजा कोइरालाई ब्यवहारिक सङ्कट पर्ने छ सत्ता चलाउने । नैतिक सङ्कट त उनकालागि केहिपनि होइन किनकि नैतिक सङ्कटलाइ सङकट मानेको भए उनले पहिल्यै राजिनामा दिनुपर्थ्यो चुनावमा माओवादी प्रमुख दल बनेपछि । अब भने कुनै न कुनै निकास निस्कन्छ कि ?

तपाइँको प्रतिक्रिया