नेपाल प्लसका नाममा किर्ते गर्ने को हो ?

नेपाल प्लस चल्न थालेकै भरखर भरखर हो । त्यो पनि कर्भ एण्ड कलर जस्ता ठगहरुको पञ्जाबाट मुक्त भएर । तर कति छिट्टै यसको रिस, लोभ र डाह अनि बदनाम गर्नेहरु भएछन । मलाई त पत्तो सम्म थिएन । हाम्रो ब्लगका केपीजीले खबर गरेपछि म छक्कै परें । उनको ब्लगमा नेपाल प्लसको नाम राख्दै भकाभक पाठक प्रतिक्रिया आउँदो रहेछ । पाठक प्रतिक्रिया मुलत माओवादी बिरोधी बनेर लेख्ने र त्यसमा नेपालप्लसको लिंक ठेगाना राख्नुको अर्थ नेपाल प्लसलाई माओवादी बिरोधी बनेर देखाउन खोजेको बुझिन्छ । पाठक प्रतिक्रिया Antimaoist को नाममा लेखिने गरेको रहेछ ।
 
अचम्म त के छ भने त्यहि ब्यक्तिले हाम्रो ब्लगमै अर्को एउटापनि कमेन्ट लेखेको छ । (उसको कमेन्ट अन्तिममा हेर्नुहोला) । जसमा अमेरिकाबाट चल्ने नेपाली पोष्ट डटकमलाई माओवादीको प्रोपोगाण्डा मच्चाउने वेभसाईट भनेर आरोप छ । त्यहि ब्यक्तिले अर्को एउटा कमेन्टमा माई संसारलाई पनि माओवादीलाई सहयोग गर्ने त्यहि समूहले चलाएको भन्ने आरोप लगाएको रहेछ ।
 
अनौठो त के छ भने उसले वासियल र तरुण दललाई तुलना गर्नु हुन्न भनेर केपीलाई पाठ सिकाएको छ । माइसंसार देखि नेपाली पोष्ट डटकमसम्मलाई अनेक आरोप लगाएको छ । तर त्यस्तो ब्यक्तिले नेपाल प्लसको लिंक किर्ते गरेर किन लेख्नु पर्‍यो  ? एउटा पाठक प्रतिक्रिया आफ्नो नाममा लेख्न नसक्ने कुखुरे मुटु हुने काँतरले किन पाठक प्रतिक्रिया लेखिरहनु  ?  तर, त्यस्ता ब्यक्तिहरुबाट सतर्क भने हुनै पर्छ । किनभने अर्काको ठेगाना प्रयोग गर्नु भनेको ठगि हो, चोरी हो। 
 

कम्सेकम केपीजीले खबर गरेकाले मैले यति भएपनि बेलैमा थाह पाएँ । नत्र उसले अझ कति ठाउँमा प्रयोग गर्दो हो मैले थाहै नपाइकन । अथवा उसले अन्यत्र अझै गर्दै होला । कम्सेकम ब्लगरहरुले यति सुचना भएपनि साझेदारी गर्ने हो भने राम्रो हुने थियो । तपाईहरुले यो आईपिका आधारमा उसको बारेमा थप जानकारि पाउन सके खबर गर्नुहोला । अन्तिममा केपीजीलाई धन्यावाद त दिनै पर्‍यो ।
 
आईपी ठेगाना
AntiMaoist
http://www.NepalPlus.com | [email protected] | 12.43.219.134
 
उसले लेखेका दुई पाठक प्रतिक्रिया यहाँ गएर हेर्नुहोस-
 
कम्युनिष्ट लिग खारेज गर्न कांग्रेस लिगको माग, 
 
‘गल्ती भयो, माफ पाउँ’,
 

तपाइँको प्रतिक्रिया