बल्ल दिने भए प्रधानमन्त्रिले राजिनामा
नेकपा (माओवादी) र नेकपा (एमाले) को गठबन्धन बन्ने संभावना देखेपछि बल्ल प्रधानमन्त्रिमा
चेत खुले जस्तो छ। अब भने लरखराएर सकिंदैन कुर्सिमा बसिरहन भन्ने भएछ क्यारे । उनले राजिनामा दिने भएका छन । स्रोतका अनुसार उनले आजै राजिनामा दिन खोजेका थिए। के भएर हो अहिलेसम्म दिएका छैनन । संभवत भोली बेलुकासम्म राजिनामा पेश गर्ने छन सात पार्टी समक्ष । अस्तिसम्म त उनि आफुलाई राष्ट्रपति नबनाएसम्म ज्यानजाला राजिनामा दिन्न, बरु माओवादीसँग टक्कर लिन्छु भन्दै थिए। तर एमाले र माओवादीको गठबन्धन बन्ने भएपछि खुरुक्क राजिनामा नदिए बहुमतद्वारा हटाउँछन भन्ने भएपछि उनले अबिश्वाश सहेर निस्कनु भन्दा राजिनामा दिनु उत्तम ठानेछन ।
सरकार निर्माणमा राष्ट्रपति पद मुल बाधक बनेको थियो । अब त्यो पद नेकपा (एमाले) लाई दिन माओवादी सहमत भएको बताइन्छ । र सरकार निर्माण एमाले र माओवादीले गर्ने सहमति भएकोपनि बताइन्छ । र नेकपा एमालेका महासचिव झलनाथ खनालले एमाले र माओवादी मिलेर गए मात्र देशले सहज रुपमा निकास पाउने बताएर त्यसको छनक पनि दिइसकेका छन । तर उपराष्ट्रपति लगायतका केहि सहायक पद नेपाली काग्रेसलाई दिएर सयुक्त सहमतिमै सरकार निर्माण गर्ने कोसिस पनि एमाले र माओवादीले गरिरहेका छन ।
एमालेले पार्टीका पूर्व महासचिव माधव कुमार नेपाललाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका रुपमा अघि सारेको छ । माओवादीले भने उनलाई राष्ट्रपति बनाएमा निर्वाचनमा पराजित ब्यक्तिलाई देशकै सबैभन्दा शक्तिशाली पद दिएको भन्दै जनतामा नकारात्मक सन्देश जाने तर्क राख्दै आएको छ । बरु माओवादीले सहाना प्रधानलाई बनाउनुपर्ने बिकल्प अघि सारेको छ । तर हिजो एमाले महासचिव खनाल र माओवादीबिचको सरकार सञ्चालनको वार्तामा माओवादी माधव नेपालको बिकल्पमा पनि केहि नरम भएको बताइन्छ। जेहोस,प्रधानमन्त्रि कोइरालाले भोलि सम्ममा राजिनामा दिएभने कम्सेकम नयाँ सरकार निर्माणको प्रक्रिया अगाडि बढेर अबभने निकास निस्कन्छ कि !




