हारेकालाई राष्ट्रपति, जितेकालाई के ?

कुनैपनि राजनितिक दलको अस्तित्व जनताको आशा, भरोसा र आस्थामा टिक्छ। जनताले uml-leader-madhab-kumar-nepal-nepalplus.jpgपत्याउने र पत्याइने हुन उसको निति सहि हुनुपर्छ । राजनितिक बिचार र दिशा अग्रगामी नभए त्यस्तो दल अगाडि बढ्न सक्दैन। जनताका आशा, आकांक्षा र चाहनाहरुलाई चिन्न नसक्ने दल र नेता धेरै दिन टिक्दैनन । पार्टीमा नयाँ बिचारहरु आएनन भने त्यस्तो दल मात्रै पाखा लाग्दैन कि नेताहरुपनि भुत्ते हुन्छन । तिनका बिचार खिइँदै जान्छन । नेकपा (एमाले) को हालत त्यस्तै देखियो गत संबिधान सभाको निर्वाचनमा प्रचण्ड बहुमत ल्याउने हाँक दिएको पार्टी दोस्रो ठुलो दलपनि बन्न सकेन। यसको कारण थियो-गलत राजनितिक दिशा, जनताको अभिमत बुझ्न नसकेको असफल नेत्रित्व र दिशा बिहिन पार्टी । अरु त अरु, पार्टी हाँक्ने प्रमुख ब्यक्ति कुनैपनि क्षेत्रका जनताबाट अनुमोदन हुन सकेनन।  पार्टीले लाजैमर्दो गरि गुमायो जनताको अनुमोदन। हार लगत्तै एमाले महासचिवले राजिनाममा दिएर जवाफदेहिता पनि देखाए। तर अचम्म अहिले तिनै माधव नेपाललाई फेरि देशको प्रमुख राष्ट्रपति पदको दाबेदारका रुपमा उभ्याएर जनताको परिक्षामा हारेको ब्यक्तिलाई झन ठुलो पुरष्कार टक्र्याउन खोज्दै छ एमाले। 

एक दशक भन्दा लामो समय पार्टी हाँकेर बसेको ब्यक्तिलाई नै राष्ट्र प्रमुख जस्तो पदमा उभ्याउनु जनताको अभिमतको उपेक्षा हो। निर्वाचनको उपेक्षा हो। जनताबाट अनुमोदित हुन नसकेको ब्यक्ति जनताको सर्बोच्च पदमा अन्य मार्ग बाट अनुमोदित गराउन खोज्नु जनताप्रतिको गैरजिम्मेवारि हो एमालेको देशको सर्बोच्च पदमा जनताद्वारा अनुमोदित र जनताद्वारा नपत्याइएका ब्यक्तिलाई प्रस्तुत नगरेर जनताबिच हारेका ब्यक्ति लाई अगाडि सार्नु भनेको एमालेमा योग्य नेताको खडेरिको संकेत पनि हो । जनताले पछारेका र पार्टी चलाउन नसकेको ब्यक्तिले देशकै प्रमुख जिम्मेवारी कसरि पुरा गर्न सक्ला ? यसले एमालेमा जनताद्वारा अनुमोदित राष्ट्रपति चलाउन सक्ने योग्य नेताको अभाव रहेछ भन्ने देखाउँछ

यदि निर्वाचनमा हारेका, जनताले नपत्याएका, पार्टीलाई उधोगतितिर लगेका, जनता र कार्यकर्ताले नपत्याएकाले लाई राष्ट्रपति पाउने हो भने जनताले अनुमोदन गरेका बिजयीहरुले चाहि पाउने के? सभासदमा हारेकोले राष्ट्रपति पाउँछ भने जितेकोले त्यो भन्दा अझ बढि जिम्मेवारिपोर्ण पद पाउने अधिकार हुँदैन?

सरकार वा प्रतिपक्ष गरेर दशक भन्दा लामो समय ओगटेको पार्टी हाँक्दापनि जनताले सामान्य सभासद जस्तो पदमा बस्न समेत अयोग्य ठहर्‍याएको ब्यक्ति देशको सर्बोच्च पदमा पदसिन गराएर एमालेले फेरिपनि जनादेशलाई उपेक्षा गरेको सन्देश दिएको छ राजनितिक दाउपेच र पार्टी स्वार्थका लागि उनी योग्य होलान। तर जनताद्वारा अस्विक्रित उनी देश र आम नागरिकका लागि भने राष्ट्रपति पदका लागि योग्य हुन सक्तैनन।

तपाइँको प्रतिक्रिया