कस्तो बनाउलिन त यिनले संबिधान?
वैशाख गते कान्तिपुर दैनिकमा छापिएको तस्बिर हो यो। आज सम्बिधान सभाको बैठक बस्दै
छ। सिरहाकी सेवकीदेवी दास तत्मा । मधेशी जनअधिकारले उनलाई सभासदमा छानेको । तरपनि मालिकको घरमा भाडा धस्काउँदै रे। तस्बिरनै बोलेको छ। काम सानो र ठुलो भन्ने हुँदैन शारिरिक र मानसिकरुपमा गर्न सकिन्छ भने। उचित पारिश्रमिक पाइन्छ र चित्त बुझ्छ भने। उनका बारेमा कान्तिपुर बाहेक अन्य सञ्चार माध्यमलेपनि चासो दिए। तर समाचारमा कतै लेखिएको थियो-मालिकले उनलाई ठ्ग्थ्यो भनेर। चाखलाग्दो कुरा यहि हो। आफैं ठगिएकि उनले कसरि जनतालाई नठग्ने बनाउलिन ? आफु ठग्दा थाह नपाएकि उनले कसरि जनतालाई जगारुक गराउलिन ? आफैं ठगिँदा त त्यो साहूसँग प्रतिवाद गर्न नसक्ने उनले कसरि जनतालाई प्रतिवादमा उतार्लिन ? अहिलेसम्म बुझेर, नबुझेर, जानेर वा नजानेर शोषित उनले के आम जनताले न्याय पाउने संबिधान लेख्न सक्लिन?
हो, साहुको घरमा भाडा माझ्ने एक शोषित महिला सभासद बनिन । त्यो राम्रो हो । उनको ब्यक्तिगत रुपमा भएपनि उत्थान होला । तर उनको जिम्मेवारी सभासद भएपछि ब्यक्तिगत स्वार्थमामात्रै सिमित रहेन। तर के उनले साँच्चिनै देश र जनताको पक्षमा निडर, निर्भिक र आफ्नै ज्ञानले संबिधान लेख्लिन ? कि संसदमापनि उनि त्यसैगरि निर्देशित मात्रै हुन्छिन छापका रुपमा ?
हुनत यस्तो प्रसंग उठाउँदा मधेशीबिरोधीको आरोप लाग्न सक्छ। मेरो त्यस्तो आशय पटक्कै होइन । उदाहरण मात्रै दिन खोजेको हुँ। उनी त एक उदाहरण मात्रै हुन । यस्ता अन्य क्षेत्र र ठाउँबाटपनि पुगेका छन महिलाहरु । महिलाका बारेमा मात्रै भन्न खोजेकोपनि होइन नै । त्यस्ता पुरुषपनि नपुगेका होइनन। वास्तवमा जाति, क्षेत्र, धर्म, समुदाय हरेक क्षेत्रको प्रतिधित्व गराउने नाममा जस्ता ब्यक्तिपनि पठाउँदा उसले प्रतिनिधित्व गर्ने वर्गको उत्थाननै होला त ? कि त्यस्ता वर्गका मानिसका आवश्यकता, चाहना र खाँचो बुझेर आवाज उठाउने र संबिधानमा लिपिबद्द गर्न सक्ने सक्षम ब्यक्ति जानु पर्ने हो अन्य वर्ग वा समुह, जात जाति र भाषा भाषीका भएपनि ?




