“नागार्जुन ज्ञानेन्द्रलाई केहि दिन डेरा मात्रै”

नागरिक बनिसकेका ज्ञानेन्द्रलाई सरकारले सरकारिकरण भइसकेको नागार्जुन दरबार दिने निर्णय गर्‍यो। जसको चौतर्फि बिरोध भइरहेको छ। पार्टीहरुले ज्ञानेन्द्रलाई त्यो दरबार दिने घोषणा गरे तर तिनैका जनवर्गिय सङ्गठनहरुले चर्को बिरोध गरे। नागरिक समाजलेपनि आवाज उठायो। एमालेको प्राजातान्त्रिक राष्ट्रिय यूवा सङ्घ, माओवादीको वासियल लगायतकाले त नेपाल सरकारलाई नागर्जुन दरबार दिने निर्णय फिर्ता लिन आग्रहनै गरे। तर सरकारले ढाटेको हो कि जनताले नबुझेको आज एक जना शक्तिशाली मन्त्रिले कहा सधैलाई दिएको हो र नागार्जुन पो भने। नारायणहिटी राजदरबारमै लिसो टास्सिएझै टास्सिएर बस्लान, निकाल्न कठिन पर्ला भनेर उनलाई लोभ्याएको रे नागार्जुन दिएर। उनलाई नारायणहिटीबाट बाहिर लघार्नकै लागि मात्रै दिएको हो भनेका छन सार्वजनिक रुपमै वनमन्त्रि मात्रिका यादवले। उनलाई केहि दिनका निम्ति डेरा सरेजस्तो गरि दिएको रे त्यो नागार्जुन दरबार त। त्यहाबाटपनि उनलाई फेरि निकालिन्छ भनेका छन उनले ।
नागरिक भइसकेका शाह लाई केको खाचो सरकारले बास दिन भनेर कडिकडाउ भाषणपनि दिएछन उनले आज विश्व वातावरण कार्यक्रम का अवसरमा। भनेपछि अब ज्ञानेन्द्र त्यहाबाट फेरि कहा डेरा सर्ने होलान ? जिवनका पछिल्ला क्षणमा डेरा माग्दै हैरान पर्ने भए बिचरा ज्ञानेन्द्र शाह

तपाइँको प्रतिक्रिया