प्रधानमन्त्रिलाई च्यापेपछि चिकित्सकहरुको दौडादौड

आजै नेपाली काग्रेसले कोइरालालाई भावी राष्ट्रपतिको उम्मेदवार घोषणा गर्‍यो । त्यो जानकारिमा भएपनि औपचारिकरुपमा भने आज मात्रै बाहिर आयो। तर कस्तो सम्योग ! आजै बिहान केहि चिकित्सकहरु उनको निवासतिर दौड धुप गरिरहेका थिए। उनीहरुसगै थिए केहि नर्सहरुपनि। राजनितिक बैठक र औपचारिक केहि कार्यक्रममा गत हप्ता देखा परेका कोइराला एक्कासी बिरामी परेपछि चिकित्सकहरु दगुरादगुर गर्दै उनको निवासतिर पुगेका हुन।

स्रोतका अनुसार गत तिन दिनदेखि उनले बढि असजिलो महसुस गरिरहेका थिए। आज बिहान एक्कासि उनलाई चापेपछि हतारमा चिकित्सकहरुलाई निवासमै बोलाइएको हो। उनि ब्रोङकाइटिस, छाती तथा म्रिगौला सम्बन्धि रोगि हुन। अत्यधिक औषधी सेवनका कारण उनमा पाचन, आन्द्रा तथा श्वासप्रश्वास सम्बन्धि समस्या समेत रहेको छ।

तपाइँको प्रतिक्रिया