आयो त असर नगर्ने चुरोट
थप-केहि पाठकहरुले मलाई इमेल गरेर यो चुरोटबारे सोधी पठाउनुभएको रहेछ। पाठक प्रतिक्रियामै लेखिदिनु भएको भए थप सजिलो हुदो हो। जे होस तपाईहरुका जिज्ञासा म यहा राख्दिने कोसिस गर्छु। चुरोट भित्र जहा फिल्टर हुन्छ त्यहि हुन्छ त्यो निकोटिन जस्तो भाग र त्यहिको फिल्टरले छान्ने हो। त्यो सुर्तिवाला चुरोटमा झै असर गर्ने निकोटिन नभएर स्वाद दिनकालागि मात्रै हो। त्यसका ति गोली (कार्ट्रिज) हरु बेला बेलामा फेर्नु पर्छ। ति ६ वटा पाइन्छन एक पाकेटमा । त्यसको यूरोपमा एक यूरो ६० सेन्स (करिब १६० रुपिया) पर्छ। जतन गर्ने हो भने त्यो निकै समयसम्म चल्छ। खासमा त्यो चुरोट तान्दा कसरि बल्छ भने मानिसले स्वासले तान्दा बुद्दुत प्रवाह हुन्छ। त्यो बिद्दुत प्रवाह हुदा वाफ निस्कने (जुन धुवा जस्तो देखिन्छ) र टुप्पोको सिसा जस्तो भागमा सम्पर्क भएर बल्छ ।
प्रविधी र बिकासको चमत्कार न हो। के के हुन्छ हुन्छ। के के बन्छन के के। हुँदा हुँदा त अब चुरोटपनि असर नगर्ने आयो। चुरोट तान्दा असर नगर्ने पनि हुन्छ ? झट्ट सुन्दा पत्याउन गाह्रै लाग्छ। तर आयो। म आफैंलेसमेत तुइँ का तुइँ तानेर हेरें। तर डराई डराई। हो रहेछ। भयो के भने-मेरा एकजना चिनजानका फ्रान्सेली थिए। मलाई भेट्यो कि चुरोट छोड्छु अब भन्ने जहिलेपनि। अनि तुन्काई रहने। धेरै पछि एक पटक मैले भने-खोइ त छोडेको ? उनले भने-किन छोड्न पर्यो र ? ल असर गर्दैन नि यो चुरोटले त। मैले पत्याइन। धत्, चुरोट तानेर असर नगर्ने कहाँ हुन्छ ? उनले तान कि तान भनेर दिए। चाबीको लकर (चाबि झुण्ड्याउने) मा झुण्ड्याएका थिए। मैले नमानेपछि उनैले तुइँ का तुइँ तानेर देखाए। चुरोट तान्दा आगो बलेको देखिएको छ तर त्यहाँ हात राख्दा नपोलेपछि मैलेपनि ताने। लौ बा ठ्याक्कै चुरोटको स्वादमा कुनै फरक छैन।
यो के रहेछ भने अहिले चुरोट जहाँ पायो त्यहाँ अर्थात कुनैपनि सार्वजनिक ठाउँमा पिउन नपाइने नियम भटाभट लागु गर्दै छन यूरोपेली सरकारहरु। त्यहि भएर चुरोट तान्नेहरुको तलतल मेट्न निकालिएको रहेछ यो चुरोट। दाम कमाउने गज्जबको तरिका। यो ब्याट्रीबाट चल्ने रहेछ। यो चुरोटलाई रुयान (Ruyan) चुरोट भन्छन। अर्थात स्मोक फ्री सिगरेट पनि भन्न सकिने रहेछ ।
चुरोटको जुन फिल्टर हुन्छ त्यसमा निकोटिनले भरिएको कार्तुस वा सानो गोली (Cartrige) हुन्छ। तपाइले जब त्यो फिल्टर तान्नुहुन्छ (चुरोट पिउँदा तान्ने भन्न खोजेको) त्यति बेला बिद्दुतिय सम्पर्क वा बिद्दुतले वाफ उत्पन्न गराउँछ। त्यसैले तपाइले चुरोट तान्दाखेरि त्यहि बिद्दुतका कारण वाफ आउँछ मुखमा ठ्याक्कै चुरोट तान्दा निस्कने धुवाँ जस्तो। त्यो धुवाँ अन्य चुरोट तान्दा जस्तै गरि निस्कन्छ-जोडले ताने धेरै, सुस्त थोरै बेर ताने थोरैनै। चुरोटको टुप्पामा मसिनो प्रकाश दिने बल्ब राखिएको हुन्छ जुन मसिनो घेरो जस्तो हुन्छ। फिल्टर तान्दा चुरोट सल्किए जस्तै देखाउँछ त्यसले।
स्वादपनि ठ्याक्कै चुरोटकै जस्तो आउँछ । झट्ट हेर्दापनि प्रचलनमा रहेको चुरोटभन्दा फरक देखिँदैन। यो हाल नेदरल्याण्डले निकालेको हो। ६५ यूरो अर्थात करिब ६हजार ५ सय नेपाली रुपिया पर्छ। यो चुरोट भएपछि स्वास्थ्य त जोगिनेनै भयो, निषेधित भनिएका ठाउँमापनि तान्न पाइने। विमान, अस्पत्ताल, स्कूल सबैतिर। एक पटक किनेपछि लामो समय सम्मकालागि हुने। परिक्षण गरेर बैज्ञानिक रुपमै प्रमाणित हो यो । चानचुने कहाँ हो र ? चुरोट यूरोपका प्राय सबैजसो औषधी पसलहरुमा छ्याप्छ्याप्ति भइसकेको छ। यो ठेगानामापनि सम्पर्क गर्न सकिन्छ।
Total Convenience the Kethelaar
Laan of Bol’es 11
3122 AE Schiedam ,
Netherland
Tel. 010 to 470 40 07





