माओवादीपनि अपराधीहरुकै पक्षमा ?
जनआन्दोलन दबाउनेहरुले बिस्तारै बिस्तारै माफि पाइरहेका छन। झन गणतन्त्र आएपछि त्यस्ता दोषीहरुले कारवाहि भोग्लान भन्ने जनताको आसा मर्दै जाने देखिएको छ। कुनै दिन जनताको आवाजलाई कदर गर्ने जनप्रिय सरकार बन्ला र न्याय पाइएला भन्ने जनभावनामा चोट लाग्दै गएको छ। नयाँ सरकारमा जान खुट्टा जुरुक्जुरुक उचालेर बसेको माओवादीपनि उहि पुरानै सरकारको पारामा लागेर त्यस्ता दोषीहरुलाई छुट दिइरहेको छ। नेपाल प्रहरीका दुइ अतिरिक्त आईजिपीहरु क्रिष्ण बस्नेत र रुपसागर मोक्तान माओवादीको समेत समर्थनमा चोखिएका छन। उनीहरु दुबैलाई काठमाडौमा जन आन्दोलन दबाएको आरोपसहित दैनिक कार्यबाट बन्चित गरिएको थियो।
हिजो बसेको मन्त्रिपरिषदको बैठकले ति दुबै जनालाई माफि दिने निर्णय गर्यो। त्यसको प्रस्ताब पूर्व ग्रिहमन्त्री हुन लागेका बहालवाला ग्रिहमन्त्रि क्रिष्ण प्रसाद सिटौलाले लगेका थिए। तर उनले त्यो प्रस्ताब गरेको देखिएपनि प्रधानमन्त्रि पुत्रि वा हरौटे सभासद सुजाता कोइरालाको आकांक्षामा गरेका रहेछन। त्यसमा हो का हो मिलाउँदै “महान क्रान्तिकारि तथा गौरवशाली पार्टी माओवादी” का मन्त्रिहरुलेपनि सहमति गरेछन। यसबाट के देखिन्छ भने नारा र भाषणमा क्रान्तिकारि देखिएका माओवादीहरुपनि जनबिरोधीहरुकै पक्षमा लागेर जनतालाई उपेक्षा गर्दैछन। जनबिरोधी काम गर्नेहरुलाई प्रशंसा गरिरहेका छन। जनताका अपराधीहरुलाई कारवाही गर्नकालागि माओवादीहरुपनि गम्भिर नभएको यो घटनाले देखाउँछ। हुन त नयाँ नेपाल बनाउने भन्ने माओवादीको अभिलासा र उद्देश्यनै बिगतमा गरेका सबै खाले अपराधहरुलाई माफी दिएर, अपराधीहरुलाई छूट दिएर पो पुरा हुने हो कि ?




