चार दिनमा नेपाल झ्याप्पै ?

नेपाल झ्याप पार्न कति दिन लाग्ला ? जम्मा चार दिन। माओवादीहरुले नेपाल चार दिनमै झ्याप पार्ने आशा र विश्वाश लिएका छन। त्यत्रो देश कसरि होला त चारै दिनमा झ्याप्प ? तर माओवादीहरुले त्यहि अड्कलका आधारमा अहिले ब्यापकरुपले आन्तरिक तयारि गरिरहेका छन। तपाईहरुलाई लाग्ला अब गिरिजाले सत्ता छोडेनन त्यहि भएर झ्याप पारेर सरकारको साँचो लिन्छन। त्यसोभने तत्काल का लागि अलि होइन। अहिले माओवादीहरुको प्रमुख लक्ष्य, उद्देश्य र योजना नै राजा ज्ञानेन्द्रलाई नारायणहिटी दरबारबाट बाहिर निकाल्ने र गणतन्त्र नेपाल घोषणा गर्ने रहेछ न कि सरकारमा पुगिहाल्ने।  

जेठ १५ गते संबिधान सभाको पहिलो बैठक बस्दैछ। त्यो दिन उनीहरुले ब्यापक रुपमा जनता सडकमा उतार्दै छन। अहिले जनता माओवादीको पक्षमा भएकाले निकै उत्रन्छन भन्ने अड्कलपनि रहेछ। १५ गते सडकमा उत्रिएको जनताको भिडले गणतन्त्र घोषणाकालागि ठुलो दबाब दिने छ। यदि गणतन्त्र घोषणा गर्नासाथ त्यसबिरुद्द कुनै षडयन्त्र गरिए जनतालाई प्रतिकार गर्न आव्हान गर्ने योजना माओवादीको छ। त्यसको नेत्रित्व जिल्ला, गाउँ, शहर र टोलटोलमा माओवादीले गर्ने। अन्य पार्टीका गणतन्त्रवादीहरुलाईपनि साथैमा लिने। यदि बल प्रयोग गरिए प्रतिकार गरिरहने र देशका सम्पूर्ण सदरमुकाम, यातायात, स्कूल, कलकारखाना उद्दोग लगायत सबै ठप्प पार्ने। पुरै ठप्प पारेर प्रशासनलाई हल न चल बनाउने र राजा ज्ञानेन्द्र लगायत गणतन्त्रका बिरोधीहरुलाई चलखेल गर्न नदिइ कुँजो बनाएर देशलाई गणतन्त्र नेपाल घोषण गर्ने। अहिले माओवादीहरु यहि योजना छन र तयारिपनि त्यसै अनुसार गरिरहेका छन। जनता जेठ १५ देखि लगातार सडकमा उत्रिएर प्रतिवाद गरेभने एक त राज लुसुक्क झुक्छन। यदि झुकेनन भनेपनि राजालाई बढार्न चार दिनको आन्दोलनले पुग्छ भन्ने मुल्यांकन माओवादीले गरेका छन।

तपाइँको प्रतिक्रिया