गणतन्त्र घोषणामा बाधा गरिए जेठ १५ बाटै जनबिद्रोह
जेठ १५ गते नेपालको लागि एक ऐतिहासिक दिनका रुपमा आउँदैछ। राजतन्त्रलाई समाप्त पारेको घोषणा गर्ने दिन। नेपालीहरुकालागि भाग्य रेखा कोर्ने दिनपनि बन्न सक्छ। चुनौतिको दिनपनि। परिक्षणको घडिपनि। राजा ज्ञानेन्द्रकालागि भने एक कलकको दिन। अर्थात आफ्ना पूर्खाले सिर्जेको परम्परालाई आफैले विनास गरेको दिन। के त्यति सजिलो छ एउटा लामो इतिहास बोकेर समाजमा जरा गाडेको त्यो परम्परा तोड्न? सजिलो होला ज्ञानेन्द्रलाई जेठ १५ का दिन राजतन्त्र मासिएको घोषणा सुन्न? के गर्लान उनले? चुपचाप सुन्लान कि कुनै उपद्रो मच्चाउने कोसिस गर्लान? हिन्दीमा मर्ता क्या नही कर्ता भन्ने एउता उक्ति छ। भन्न त खासै कुनै जोडजुलुम चल्ने अवस्था छैन भनिँदै छ। तर माओवादी मुल्याकन भने अलि भिन्न रहेछ।
माओवादीहरुले राजतन्त्रको एउटा कालखण्डनै समाप्त गर्ने दिन भएकोले परिस्थिति असहज हुन सक्ने मुल्यांकन गरेको रहेछ। उही मर्ता क्या नही कर्ता भनेजस्तै ज्ञानेन्द्रले केहि उपद्रो मच्चाउनपनि सक्छन। त्यो उपद्रो केहि बिदेशीको उक्साहट, राजावादीहरुको अर्घेल्याइ र नेपाली सेनाको बलजफ्तिका भरमा हुनपनि सक्छ भनेर उसले सतर्कता अपनाएको छ। त्यहि उत्पन्न हुनसक्ने अवस्थालाई ध्यानमा राखेर माओवादीले देशभरिका आफ्ना पार्टीका जनवर्गिय सगठनहरुमा जनता परिचालनकालागि निर्देशन दिएको रहेछ।
माओवादी स्रोतका अनुसार त्यसदिन माओवादीले ७५ वटै जिल्लाबाट ब्यापकरुपमा जनपरिचालन गर्ने छ जिल्ला जिल्लाका सदरमुकामहरुमा। वासियलका सद्स्यहरुलाई ब्यापकरुपमा परिचालन गर्नेछ। स्थानिय जनताहरुलाई घरघरमा गएर सदरमुकाममा ओइरिन आग्रह गर्ने छन माओवादीहरुले। उनीहरुले स्थानिय तहमा अन्य पार्टीका नेता तथा कार्यकर्तासगपनि संयुक्त सहभागिता जनाउने कोसिस गर्ने भएका छन। केन्द्रियस्तरका नेताहरुले ठाउँठाउँमा अगुवाई गर्ने छन। तर केहि केन्द्रिय नेताहरु भने चलाखिपूर्ण र सुरक्षित तरिकाले रहने तयारि भइरहेको छ। अप्रिय स्थिति भयो र नेताहरु गिरफ्तारमा परे भने नेत्रित्व गर्नकालागि भनेर। राजधानीमा हजारौं जनता सडकमा उतार्ने प्रायास भइरहेको छ। शान्तिसुरक्षाको लागि वाईसियल परिचालन गर्ने तयारिमा छन उनीहरु। काठामाडौं वरिपरिका जिल्लाबाट भने सकभर जनतालाई काठमाडौमै उतार्ने तयारि गरिरहेका छन। यदि त्यसदिन अर्थात जेठ १५ गते गणतन्त्र घोषणामा कुनैपनि पक्षबाट बाधा उत्पन्न भए त्यसको प्रतिकार गर्ने र त्यसलाई अर्को जन बिद्रोहमा बदल्ने तयारि माओवादीको छ।




