पोषण, खाद्यान्न उपभोग, मातृ शिशु स्वास्थ्य र नेपाल
-राजेन्द्र कुमार लाल
पोषण स्वास्थ्य तथा विकासको एक मुख्य आधार हो । राम्रो पोषण भनेको रोग प्रतिरोधात्मक क्षमता वलियो, कम रोग र सवै उमेरका मानिसहरु स्वस्थ हुनु हो । पोषित बालबालिकाहरु वलिया र गरीवी संजाल तोड्नमा सफल मानिन्छन् । गरीवीको एउटा प्रमुख कारण कुपोषण पनि हो । संसारमा एक तिहाई बालबालिकाहरु कुपोषणको कारणवाट मर्छन् । संसारमा जति पनि रोगहरु छन् ति मध्ये धेरैको कारक कुपोषण हो । कुपोषणको कारणले संसारमा १७.८ करोड बालबालिकाहरु पुडको, कमतौल, ख्याउटे छन् र सवैभन्दा वढी कुपोषित बालबालिकाहरु ४१% एसियामा छन् ।
नेपालमा पा“च वर्षमुनिका बालबालिकाहरूमध्ये झण्डै आधा संख्यामा बालबालिकाहरू कुपोषणबाट ग्रसित (ख्याउटे र कम तौल) छन् । राष्ट्रिय स्तरमा, पा“च वर्षमुनिकाको बाल मृत्यु दर प्रति हजारमा ६१ अनुमान गरिएको छ । शिशु मृत्यु दर प्रति हजारमा ४८ अनुमान गरिएको छ । प्रति १,००,००० जिबित जन्ममा २८१ का दरले हुने मातृ मृत्यु दर ज्यादै उच्च छ । प्रजनन उमेरका महिलाहरूमा हुने गरेको सम्पूर्ण मृत्युको पा“च भागको एक भाग गर्भावस्था तथा सुत्केरी हुने अवधिका जटिलताहरूस“ग गा“सिएको छ (डि.एच.एस, सर्भे २००६) । नेपालमा सुक्ष्म पोषणको कमी पनि व्याप्त छ । ६८ प्रतिशत सामान्य महिलाहरू, ७५ प्रतिशत गर्भवती महिलाहरू र ७८ प्रतिशत विद्यालय जाने उमेर नपुगेका बालबालिकाहरू रक्त अल्पताले ग्रसित छन् (नेपाल माईक्रोन्युट्रियन्ट्स स्टेटस सर्भे, १९९८) । प्रायः जसो नेपालमा चार प्रकारका कुपोषण भएको पाइन्छ । प्रोटिन शक्ति कुपोषण, आयोडिनको कमी, भिटामिन ए कमी र आइरनको कमी वा रक्तअप्तला ।
मानिसका प्रती दिनका औसत आवश्यकताहरु
| सि.नं. | मानिस | शक्ति/उर्जा(केक्याल) | प्रोटीन (ग्राम) | चिल्लो पदार्थ (ग्राम) | कैफियत |
| १ | पुरुष | २२५० | |||
| २ | महिला
गर्भवती महिला सुत्केरी महिला |
१९१० +२८५ बढी
+५०० बढी |
|||
| ३ | ०-४ वर्षम्मको वच्चा | १३२० | |||
| ४ | औसत मानिसका प्रति दिनका औसत आवश्यकताहरु | २१०० | ५२-६३ ग्राम १०- १२% कूल उर्जा १५% | ४० ग्राम १७ % कूल उर्जा | भिटामिन ए, थायमिन,फोलिक अम्ल, आयोडिन, अन्य खनिज पदार्थ
|
स्रोतः स्पियर परियोजना
औसत रुपमा खाद्यमा निर्भर मानिसको लागि २१०० केक्याल/ किक्यालोरी प्रति दिन प्रति व्यक्ति शक्ति तथा माथि उल्लेखित प्रोटिन, खनिज र अन्य सुक्ष्मपोषण पदार्थ भए उनीहरु स्वस्थ तथा पोषित हुन्छन् । यहाँ तिन वटा मात्रै सूचक राखेर विश्लेषण गरिएको छ जव कि मानिसको शरीरलाई अन्य धेरै प्रकारको भिटामिन, माईक्रोन्युट्रियन्ट्स र अन्य सुक्ष्मपोषण पदार्थहरुको आवश्यकता हुन्छ । नेपालमा प्रायः जसो खानेकुराहरुको पौष्टिक तत्व परिमाण तल जानकारीको लागि दिइएको छ ।
पौष्टिक तत्व परिमाण प्रति १०० ग्राम खाद्यान्नमा
| सि.नं. | खाद्दान्न | खाद्यान्न शक्ति/उर्जा (केक्याल) | प्रोटीन (ग्राम) | चिल्लो पदार्थ (ग्राम) |
| १ | चामल | ३६० | ७ | ०.५ |
| २ | गहुँको पिठो | ३५० | ११.५ | १.५ |
| ३ | मकैको पिठो | ३६० | ९ | ३.५ |
| ४ | मकै भटमास गहुँ मिश्रित पिठो | ३७० | २० | ६ |
| ५ | आलु गुलियो | ११४ | १ | ०.३ |
| ६ | भैंसीको दुध | १०२ | ३.८ | ७.५ |
| ७ | अण्डा | १५८ | १४ | ११.५ |
| ८ | दाल | ३४० | २० | ०.६ |
| ९ | खाने तेल | ८८५ | — | १०० |
| १० | तरकारी मिसाएको | ३० | १ | |
| ११ | चिनी | ४०० | — | — |
| १२ | खसीको मासु | २४९ | १५ | २१ |
| १३ | कुखुराको मासु | १३९ | १९ | ७ |
स्रोतः आकास्मिक हयान्ड वुक
वर्तमान अवस्थाः
नेपालको पहाडी र हिमाली भेगमा खाद्यान्न कम उत्पादन हुने हुनाले कुपोषण समस्या धेरै छ । वर्षरि पुग्ने खाना परिवारमा हुदैन साथै स्वास्थ्य सेवाको पहुँच पनि ज्यादै कम छ । पिउन योग्य पानी र उचित सरसफाइ पनि छैन । यसले गर्दा बच्चाहरु दीर्घकालीन रुपमा कुपोषित भई कम तौल, ख्याउटे र पुड्कासमेत हुने गरेका छन् तापनि यो पनि सत्य हो कि नेपालको अरु भागहरुमा (विशेष गरी तर्राई) पनि लौह तत्व, भिटामिन, आयोडिन तथा खनिज लवणहरुको कमी टड्कारो रुपमा छ । यु.एन.डि.पि.को पछिल्लो रिपोर्ट अनुसार ४८% बालबालिकाहरु नेपालमा हाल कुपोषित छन् र २१% नेपालीहरुको प्रति दिनको आम्दानी १ डलर कम छ ।
पूर्वी नेपालको तुलनामा मध्य र सुदूर पश्चिमका बालबालिकाहरु बढी कुपोषित देखिएको छ । कर्न्र्सन वर्ल्डवाइड नेपालले गत डिसेम्वर २००८ मा जाजरकोटमा गरेको सर्वेक्षण अनुसार जाजरकोटमा उच्चतम कुपोषित बालबालिकाहरु १०.५% रहेको छ । पोषिलो खानाको अभावमा प्रायः जसो पहाडी भू-भागमा करीव ३५-४० बर्षी महिलाहरु ५०-५५ वर्षउमेरका देखिन्छन् । मध्य र सुदुरपश्चिमका पहाडी तथा हिमाली जिल्लाहरुमा प्रायः ८० प्रतिशत भन्दा बढी महिलाहरू र विद्यालय जाने उमेर नपुगेका बालबालिकाहरू कुपोषणवाट प्रभावित छन् । खाद्य तथा कृषि संगठनको अध्ययन अनुसार करीव ४१% नेपाली जनताहरुमा न्यूनतम चाहिने केक्याल/क्यालोरी अपुग भएको पाइएको छ । यो प्रतिशत शहरको तुलनामा ग्रामिण क्षेत्रमा १% वढी छ ।
कृषि मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष १ लाख ३३ हजार मेटि्रक टन खाद्यान्न अभाव रहेको छ । सुख्खा र वाढीका कारण आगामी वर्ष ४ लाख टन खाद्यान्न अपुग हुने प्रारम्भिक अनुमान गरिएको छ । विगतको २-३ वर्षा नेपालमा खाद्य सुरक्षाको स्थितिमा निरन्तर र नराम्रो रुपले हा्रस आएको छ । विगत वर्ष उपभोग्य खाद्य वस्तुको मूल्यमा उच्च वृद्धि भएको तथ्य र्सवविधितै छ । खाद्य तथा कृषि संगठनको तथ्यांक अनुसार खाद्य वस्तुको मूल्य २००६ मा ९%, २००७ मा २४% तथा विगतको १२ महिनामा ५१% ले वढेको छ । जसले गर्दा विश्वका कम्तिमा १ अर्व मानिस गरिबी रेखामुनी धकेलिएका छन् । नेपालमा हाल ३८ जिल्लामा खाद्यान्न अपुग भएको तथ्य सार्वजनिक भएको छ र यस वाट करीव ३५ लाख जनता खाद्य असुरक्षाको चपेटामा परेका छन् । खाद्य पदार्थको उच्च मूल्य वृद्धिले मातृ तथा शिशुको स्वास्थ्यलाई प्रत्यक्षरुपमा प्रभाव पारेको छ । किनभने कुनै पनि घरको पोषण अवस्था पोषणयुक्त खाद्य पर्याप्यता, स्वास्थ्य तथा सरसफाईमा पहुँच र मातृ तथा शिशु स्याहारको अभ्यासमा भर पर्छ ।
प्रायःजसो पहाडी भू-भागको गाँउघरमा धान काटे पछि मानिसहरु विहान पनि भात, दिउसो पनि भात र वेलुकी पनि भातै खाने गरेका देखिन्छन् । त्यसैगरी खेत बारीमा गहूँ काटिन्छ अनि विहान, दिउसो र राती रोटी मात्रै खाएको देखिन्छ । त्यसपछि मकै वा जो वा कोदो वा फाफरको रोटी तिनै समय खाएको देखिन्छ । ती खाद्य असुरक्षित जिल्लाहरुमा मानिसहरु यस्तो खाना रोज्नुपर्ने वाध्यताले स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । हाल नेपाल सँगै सम्पूर्ण संसार खाद्य सुरक्षाको वढ्दो भयावह अवस्थाबाट गुजिरहेको परिस्थिति छ किनभने खाद्यान्न पदार्थको मूल्य अकाशिदै छ र खाद्यान्न उत्पादन जलवायु परिवर्तन सँगै धेरै मात्रामा घटिरहेको छ । जसले गर्दा नेपालको विशेष गरी पहाडी तथा हिमाली जिल्लाहरुमा कुपोषणमा लगातार वृद्धि भएको छ, तथापी, केही शहरी मानिसहरु उच्च मोटोपनवाट पनि पिडित छन् ।
निष्कर्ष तथा सुभावहरुः
परिवर्तित परिस्थितिले मानिसका सामान्य खानपान तथा स्वास्थ्य सम्बन्धी चालचलनलाई बिथोल्न सक्छन् । त्यसैले खाद्य स्वास्थ्यलाई प्रवर्द्धन गर्नु तथा रोगका ढाँचाहरुसँग मेल खाने उपायहरुलाई सक्रियता साथ अवलम्वन गर्नु अहिलेको आवश्यकता हो । जस्तै सरसफाई, जलप्रदूषण बचाउने, कीरा आदि नियन्त्रण गर्ने उपायको कार्यान्वयनमा जोड दिनु हो । खाद्य अभाव हुने जिल्ला वा गा.वि.स.हरुमा मानिसलाई घरपरिवारको तहमा खाद्यान्नलाई सुरक्षित ढङ्गले भण्डारण तथा व्यवस्थापन कसरी गर्ने भनी राज्य वा सम्वन्धित संध संस्थाहरुले निरन्तररुपमा जानकारी गराउनुपर्छ । स्वास्थ्य स्याहारकर्ताहरुलाई मातृ तथा शिशु आहारका घरेलु स्रोतहरुको अधिकतम प्रयोग गर्ने, खाना तयार पार्ने सुरक्षित तरिकाहरुवारे जानकारी दिनु पर्छ । तल केही नेपाल सुहाँउदो खाने कुरा मिसाएर खाने तरिकाहरु उदाहरणका लागि दिइएको छ, जसलेगर्दा मानिसले प्रतिदिन सन्तुलित आहारवाट पाउने पर्ने शक्ति, प्रोटिन र खनिज पदार्थ तथा अन्य चाहिने पौष्ट्रिक तत्व प्राप्त गर्न गरोस् ।
खाद्यान्न परिकार खाद्यान्न खाने प्रति व्यक्ति प्रति दिन (परीमाण ग्राममा)
| खाद्यान्न प्रकार | खाद्यान्न खाने प्रति व्यक्ति प्रति दिन -परीमाण ग्राममा) | ||||
| तरीका १ | तरीका २ | तरीका ३ | तरीका ४ | तरीका ५ | |
| अन्न पिठोको/चामल | ४०० | ४२० | ३५० | ४२० | ४५० |
| दाल | ६० | ५० | १०० | ६० | ५० |
| खानेतेल (भिटामिन ए मिश्रण भएको) | २५ | २५ | २५ | ३० | २५ |
| माछा/मासु | — | २० | — | ३० | — |
| मकै भटमास गहुँ मिश्रण पिठो | ५० | ४० | ५० | — | — |
| चिनी | १५ | — | २० | २० | २० |
| आयोडिन नून | ५ | ५ | ५ | ५ | ५ |
| ताजा तरकारी फलफूल | — | — | — | — | १०० |
| मसाला | — | — | — | — | ५ |
| जम्मा-ग्राम/दिन/व्यक्ति) | ५५५ | ५६० | ५५० | ५६५ | ६५५ |
|
माथिको खाद्यान्न रासनवाट प्राप्त हुने औसत पौष्ट्रिक तत्व परिमाणहरु |
|||||
| शक्ति (क्यासेल) | २,११३ | २, १०६ | २,०८७ | २,०९२ | २,११६ |
| प्रोटिन (ग्राम र % क्यासेल) | ५८ ग्राम ११ % | ६०ग्राम ११ % | ७२ ग्राम १४ % | ४५ ग्राम ९ % | ५१ ग्राम १० %
|
| खनिज पदार्थ (ग्राम र % क्यासेल) | ४३ ग्राम १८ % | ४७ ग्राम २० % | ४३ ग्राम १८ % | ३८ ग्राम १६ % | ४१ ग्राम १७ %
|
स्रोतः आकास्मिक हयान्ड वुक
हुनत् पर्याप्त खानाको अधिकारलाई केक्याल/क्यालोरी, प्रोटिन, खनिज पदार्थ तथा अरु पौष्टिक तत्व रहेको न्यूनतम प्याकेजसँग तुलना गर्नु एक संकीर्ण विचार हो भनिन्छ तर धेरै जसो पहाडी वा हिमाली वा तराईको भू-भागमा खाने कुराहरु नमिसाएर खानाले कुपोषणको अवस्था झन वढदो रुपमा देखिएको छ । तर्सथ खानमा विभिन्न प्रकारको तरकारी र फलफूल प्रयोग गरिनुपर्छ । खानामा सधै विभिन्न खाने कुराहरु मिसाएर खाने वानी बसाउनु नितान्त जरुरी छ । सकेसम्म खानामा नून, चिनी, चिल्लो पदार्थ खाने तेलको कम प्रयोग गर्नु पर्छ । खानेकुरा मिसाएर खानाले ८०-९०% कुपोषणको समस्या समाधान हुन्छ । माथि दिइएका तरीकाहरु वाहेक छ महिना सम्मका वच्चाहरुलाई आमाको दुधमात्र खुवाउन हामी सवैको प्रयास हुनु पर्दछ । नेपालमा हाल विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय संध संस्थाहरुले पोषण कार्यक्रम विभिन्न जिल्लाहरुमा आ-आफनै किसिमले गरिरहेका छन् । जिल्लामा कार्यरत यस्ता संघ संस्थाहरुले एकीकृत रुपमा मिलेर पोषण कार्यक्रममा सहयोग गर्दा असर धेरै प्रभावकारी वनाउन सकिन्छ ।
अत्याधिक मूल्यवृद्धि, खाद्यान्न अभाव, कम उत्पादन, कमजोर स्वास्थ्य सेवा आदीले गर्दा सहृशताव्दी विकास लक्ष्यहरु २०१५ भित्र प्राप्त गर्न सक्ने अवस्था देखिदैन् । यसले गर्दा मातृ शिशुको कुपोषण अवस्थालाई अगामी दिन निकै वढाउने छ र विशेष गरी गर्भवती महिलाहरु यसवाट वढी जोखिममा पर्ने देखिन्छन् । तसर्थ सवै पक्षवाट खाद्यान्न मूल्यवृद्धि न्यूनिकरण गर्न पहल गर्नु पर्छ, जसले गर्दा नेपाली जनताको परीमाण भन्दा पनि गुणस्तरयुक्त खाद्यान्न प्राप्त गर्ने अधिकार (राइट टु फुड) मा पहुँच हुन सकोस् । यसको कार्यान्वयन अति श्रि्र हुनुपर्छ । यसलाई आकस्मिक वा मानविय सहयोगको साथ साथै दीर्घकालीन रुपमा सम्वोधन गर्न विकासे कार्यक्रमहरु प्राथमिकताकासाथ लागु गर्नु पर्दछ । साथै स्थानीय संस्कृती अनुरुप खाद्य वस्तुको उत्पादन र उपभोग गर्न प्रोत्साहन गरिनु पर्दछ । स्थानीय स्तरमा उपलब्ध खाद्य पदार्थवाट कम्युनिटी स्थानिय मेनु विकास तथा विस्तार गरिनु पर्दछ । विधालय तथा कलेज स्तरको स्व्ाास्थ्य बिषयको पाठ्यक्रममा खाद्य स्वच्छता तथा पोषण विषय समावेश पहल गरिनु पर्छ ।
अन्तरिम संविधान २०६३ को भाग ३ मौलिक हकमा प्रत्येक महिलालाई प्रजनन स्व्ाास्थ्य तथा प्रजनन सम्बन्धी हक, प्रत्येक बालबालिकलाई पालनपोषण, आधारभूत स्वास्थ्य र सामाजिक सुरक्षा प्राप्त गर्ने हक र प्रत्येक नागरिकलाई कानूनमा व्यवस्था भए बमोजिम खाद्य संप्रभुताको हक हुनेछ भनिएको छ ।
साथै मानवअधिकार घोषणापत्र धारा २५, आर्थिक, सामाजिक तथा सांस्कृति अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धाराहरूले पनि खाना सम्बन्धी अधिकारलाई संरक्षण गरेको छ । यी माथिका धारा र उपधाराहरूले संरक्षण गरेको समानता भेदभाव रहित सिद्धान्त खाद्यान्न सम्बन्धी अधिकारमा पनि लागु हुन्छ । खाद्यान्न प्राप्त गर्ने अधिकार (राइट टु फुड) तब मात्र बोध हुन्छ । जब महिला, केटी, केटा र पुरुष समुदायमा एक्लै वा अरुसँग रहँदा भौतिक तथा आर्थिक रूपमा संस्कृति स्वीकार्य खाद्यान्न र तिनको उपलब्धिका साधनहरूमा पर्याप्त पहुँच रहन्छ । यस्तो पहुँचलाई राज्यले सुनिश्चित गर्नुपर्छ र ति क्षेत्रमा काम गर्ने संध संस्थालाई पनि सोही अनुसार गर्न गराउन लगाउनुपर्छ अनी मात्र हामीले खोजेको स्वस्थ समाज निर्माण सकार गर्न सक्छौँ ।





