जेलका भ्रम र वास्तबिकता
(भारतमा कहाँ बाट कसरि पक्राउ परेका थिए माओवादी नेता ? यो लेखमा थुप्रै शंका उपशंका, आरोप, यथार्थता, वास्तविकता रहेकाले आज यसलाई पून प्रकाशित गरिएको हो)
[माओवादी नेता अनिल शर्माको जेल डायरी हो यो । संझनामा भारतीय जेल शिर्षकमा पुस्तक प्रकाशित भएको थियो। माओवादीभित्र यो पुस्तकले निकै चर्चा र वादविवाद खडा गरेको थियो । यहाँ पुस्तकका मुख्य केहि चाख लाग्दा अंश राख्न खोजिएको हो । यसको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस। दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस]
● जेलमा परेलगत्तै सोनाम जीले कार्यालय सचिव नबीनसँग सम्पर्क गर्न हजार कोसिस गर्नुभयो । तर उनीहरुले सम्पर्क गरेनन् ।क सोनाम मोर्चामा हुँदा आदेश भूइँमा झर्न नपाउँदै लागू गर्ने बफादार कार्यकर्ता थिए उनी । एसएमजी बोकेर अहोरात्र सुरक्षामा खटिन्थे । तर सोनाम सत्तामा नरहेपछिसम्पर्कनै गरेनन् । के जेलमा वा दुश्मनको कब्जामा परेकालाई अनुमतिबिना सम्पर्क नगर्ने नीति लागू गरेका हुन् त ? त्यसो भएको भए विवेकलाई कारबाही परेपछिपनि किन सम्पर्क गरे त ? कारण के थियो भने सोनामको ठाउँमा अरुनै सत्ता सम्हाल्न आ उँछ भनेर सम्पर्क नगरिएको थियो । ‘निभेको आगो किन ताप्नु!’ तर जेलमा भएपनि शक्ति छ भन्ने बुझेर पछि सम्पर्क गरे र क विवेकलाई धारे हात लगाउन थाले ।
● मैले युद्दकालमा सहयोगी (Staff) राखिन । जहाँ बास लियो, त्यहिँका कामरेडहरुको सहयोग लिन्थें । त्यसबेला सहचारीहरु कि नेत्रित्वको चाकरी गर्थे कि त तिब्र असन्तुष्ट थिए ।
● एक दिन क विमल (पत्रकार निर्मल ज्ञवाली) का विषयमा छलफल चल्दै थियो । कुमार दहालले ‘बिना सल्लाह विमलले वीरेन्द्र झापालीमार्फत दरबारका मान्छेहरुसँग सम्पर्क गरेको’ सूचना आएको बताउनुभयो । त्यसबेला सेना र दरबारसँगको प्रश्न संबेदनशिल हुन्थ्यो । मैले थप कुरा जाँचबुझ नगरी (त्यसो गर्ने संभावनापनि थिएन) शोभालाई ‘यस्तो सुनिएको छ’ भनेको थिएँ । रुपा, कमला, साधुराम देवकोटा हुँदै त्यो सूचना छरपस्ट भएछ ।
हामीले भोगेको भारतिय लोकतन्त्र
● अंग्रेज बिरोधी लहरको नेत्रित्व प्रगतिशील शक्ति र कम्युनिस्टहरुले गर्न नसकेपछि भारतमा स्थानिय सामान्तबादको उदय भयो । नेहरु परिवारस्वयं कस्मिरका सामान्तहरु थिए । भारतमा मुठीभर सामन्त र दलाल पुँजीपतीको हातमा केन्द्रित छ ।
● अहिलेपनि अंग्रेजलाई अरबौं डलर रकम सरकारले चुक्ता गर्छ । अंग्रेजकालिन शासनक गोराहरु अहिलेपनि भारतबाटै पेन्सन (निब्रित्तिभरण) लिन्छन । आर्थिक र राजनितिक स्वार्थ कायम गराएर मात्र अंग्रेज भारतबाट फर्केको थियो । त्यही अपराधकालागि गान्धी र नेहरुहरुको मिलिभगतमा भगतसिंहको हत्या तथा सुभाषचन्द्र बोसहरुको निषेध गरियो । आर्थिक पराधीनताका कारण भारतीय समाज राजनीतिक र सांस्क्रितिक पतनको रसातलमा भासिएको छ ।
● अहिलेपनि भारतको जेल कानून अंग्रेजकालिन छ । त्यस्ता अरुपनि धेरै अंग्रेजकालिन कानूनहरु कायम छन । भारतीय जेलमा त्यसबेला सबै देशका बन्दीहरुलाई भारतकै मानिन्थ्यो । अंग्रेजहरु दक्षिण एशिया पूरैलाई आफ्नो उपनिवेश मान्थे । त्यहि कानून अझै कायम रहेकाले भारतमा हामीलाई विदेशी बन्दीको मान्यता दिइएन । अंग्रेजहरुले भारतका बन्दीहरुलाई दास ठान्ने हुनाले त्यहि अपमान हामी झेल्दै थियौं । दासहरुलाई पेटभरि खानेसम्म हक थिएन ।
● भारतका धेरैजसो प्रान्तहरुमा दलित र गैह्र दलितहरुकालागि अलग अलगविद्दालय छन । नेपालमा त्यस्तो स्थिति रहेको छैन । दलितको बस्ती जलाउनु, सामुहिक बलात्कार र हत्या गर्नु सामान्य छ । जेलमा धनवानहरु, ब्राह्मणहरु र दलितहरुकालागि अलग अलग बस्ने ब्यवस्था छ । बेउर जेलमा यमुनाखण्डलाई थारु र दलित खण्ड मानिन्थ्यो । त्यो खण्ड फोहोर, अव्यवस्थाको पर्याय थियो । पाँच नंबर खण्डमा भूमिहारहरु बस्थे । त्यो खण्ड सफा र थोरै बन्दी खुकुलोसँग राखिन्थे । नेपालको जेलमा यस्तो भेद थिएन । वर्गिय भेद त नेपालमा पनि हुन्छ, तर भारतको जेलमा जातिय भेदपनि चरम छ । थारु, दलित र कम्युनिस्टलाई दोस्रो दर्जाको व्यवहार गरिन्छ ।
● बिहार र उत्तरप्रदेशलाई हेरेर भारतको समग्र मूल्यांकन हुन सक्दैन भन्ने हरुकोपनि यहाँ कमी छैन । भारतको सभ्य समाज, कम्युनिस्ट शासन रहेको मानिने पश्चिमबङ्गालमा ऋण तिर्न नसकेर वर्षेनी सयौं किसानहरु आत्महत्या गर्छन । भारत संसारमै सबैभन्दा बढि लिङ्गभेद भएको देश मध्ये पर्दछ । संसारमा सबैभन्दा बढि महिला भ्रुणहत्या हुने देश भारत नै हो । भारतको राजधानी दिल्लीलाई यूरोपका अखबारहरु बलात्कारी शहर भन्दछन । बालबालिका अपहरण र चल्ती मोटरमै बलात्कार दिल्लीमा समेत आम बनेको छ ।
● भारतमा अङ्ग्रेजविरोधी संघर्ष सामान्तवाद र साम्राज्यवाद विरोधी जन असन्तोष थियो । त्यसको नेत्रित्व प्रगतिशील शक्तिले गर्नुपर्थ्यो । त्यो सम्भव भएन । केन्द्रिक्रित सामान्तवाद र साम्राज्यवादका बिरुद्दको सङ्घर्षको नेत्रित्व स्थानिय सामान्त र दलाल पुँजिपती वर्गले गरे । अङ्ग्रेज गए, तर स्थानिय सामान्त र दलाल पुँजिपतीवर्ग सत्तामा आयो । त्यसैले भारतिय समाजव्यवस्था प्रगतिशिल हुन सकेन ।
● भारतमा दलित, थारु, यादव लगायतका करोडौं गरिबहरु सतामा छैनन । नोकरशाहीतन्त्र, जमिन, पुँजी र उत्पादनका सारा साधन मुठिभर घरानाहरुको हातमा छ । हजारौं राजा-महाराजाहरुको विकेन्द्रित व्यवस्था बिघटन गरेर उनीहरुको हातमा स्थानिय सत्ता सुम्पेर केन्द्रिक्रित व्यवस्था आफ्नो मुठीमा पारेका थिए । स्थानिय रुपमा हिन्दू परम्परागत सामान्ती सत्ता र केन्द्रमा युरोपिय सामन्त तथा साम्राज्यवादी औपनिवेशिक व्यवस्था कायम भयो । अङ्ग्रेजलाई तिनै सामान्तहरुको आशीर्वाद थियो । अङ्ग्रेजहरु गए तर समाजको भित्रि तहमा, उत्पादन संबन्धमा कुनै रुपान्तरण हुन सकेन । त्यसैले गर्दा पश्चिमा साम्राज्यवादको आशिर्वाद र निर्देशनमा बनेको भारतिय समाज व्यवस्थालाई पश्चिमा बुद्दिजीवीहरु र सञ्चारले संसारकै उत्क्रिष्ठ संबिधान भनेर फुर्क्याए । भरतिय शासकहरु आफ्ना गुरुहरुबाट फुर्के र जनतामा भ्रम छर्न थाले । उनै भारतीय शासकहरुबाट दीक्षित नेपालको बौद्दिक जगतले भारतको समाज व्यवस्थालाई लोकतान्त्रिक भनेर धुवाँधार प्रचारमा ल्यायो । भारतमा लामो समय बसेका र उतै अध्ययन गरेर भारतिय बुद्दिजीवीहरुबाट दीक्षित एउटा तप्का त्यो प्रशिक्षणबाट ग्रसित छ । त्यसैले भारतको समाजव्यवस्था संबिधानमा होइन, भारतीय समाजमा खोजिनुपर्छ ।
● हामी कहाँ अध्ययनको कुरा गर्दा ‘दुनियाँ बुझ्ने कुरा ठूलो हो कि बदल्ने कुरा ठूलो?’ भन्ने बहस चलाउन खोजिन्छ । तर त्यो बहस नै गलत छ । दुनियाँ नबुझी बदल्न सकिन्न र दुनियाँ बदलिन्न भने बुझेको ठहर्दैन ।
हाम्रो जेल साहित्य
● हाम्रो गिरफ्तारीताका पार्टीमा अन्तरबिरोध चर्केको थियो । हाम्रो गिरफ्तारीले त्यो चरममा पुग्यो । वामदेव क्षेत्री, देवेन्द्र पौडेल, हिसिला यमी, दिनानाथ शर्मामाथि कारवाही भएका खबरहरु आएका थिए । बाबुराम भट्टराईमाथि कारवाही भएका खबरहरु भारतीय अखबारहरुमा समेत आएका हुनाले भाईचाराहरुले जिज्ञासा राखिरहन्थे । विशेष केन्द्रिय कमाण्डमा शिवचन्द्र कुशवाह, विवेक शर्मा, देवेन्द्र पराजुली,कल्पना धमलाहरुलाई जनहिरासतमा लिइएको खबर हामीलाई दिइएको थियो । खुला वक्तव्यबाजी र गुटबन्दी भइरहेको थियो ।





