कोरोना संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको निधन
-भोला लामिछाने, स्पेन
स्पेनकी राजकुमारी मारिया टेरेसा दे बोर्बोनको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भएको छ । ८६ बर्षिया टेरेसाको कोरोना भाईरसको संक्रमणका कारण आज निधन भएको उनका भाई भाई राजकुमार सिक्टुस हेनरी बोर्बोन-पार्माको हवाला दिँदै स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको मृत्यु भएको डेली मेलले समेत पुष्टिगरेको छ । कोरोना भाईरसबाट शाहि परिवारमा निधन भएको यो पहिलो घटना हो ।
मारिया टेरेसाको आफ्नै सन्तान नभए भाञ्जा भाञ्जीको साहारामा रहेकी थिइन । कोरोना भाइरसबाट स्पेनमा पहिलो राजपरिवारको मृत्यु भएको समेत डेलिमेलले बताएको छ । उनी सन् १९३३ को जुलाई २८ मा फ्रान्सको राजधानी पेरिसमा जन्मेकि थिईन् । । मारियाका ६ भाइबहिनी रहेका छन् ।
उनले आफ्नो युवा अवस्था म्याड्रिडमा बिताएकी थिइन् । मंगलबार मात्र इन्स्टाग्राममा एक फोटो पोस्ट गर्दै उनले आफ्नो शीघ्र स्वास्थ्य लाभको कामना गर्ने आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद दिएकी थिइन् । यसअघि बेलायतका राजकुमार चाल्सलाई समेत कोरोना भाइरसको संक्रमण भएको खबर बाहिरिएको थियो । उनी हाल स्कटल्याण्डस्थित आफ्नो घरमा आइसोलेसनमा छन् ।
केरोना भाईरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ भने संक्रमतिको संख्या ७२ हजार नाघको छ । संक्रमति व्यक्तिहरु मध्ये १२ हजार उपचार पछि घर फर्केका छन् ।
स्पेनमा रहेका नेपाली समुदायमा पनी कोरोना भाईरस को प्रकोपले गाजेको छ कातालेनीयामा [बार्सिलोना] ६ जनामा पोजेटिभ देखीएको छ । त्यस्तै, तारागोनामा ३, कास्तिलोनमा ५, सारागोसा १, भ्यालेन्सियामा १ र गिरोनामा २ जना गरेर जम्मा १८ जना नेपालीहरूलाई कोरोना संक्रमण भएको छ । नेपाली समुदायको पूर्ण विवरण भने गोप्य राखिएको छ ।





