नेपालीहरुलाई सहयोग गर्न जर्मनीमा नेपाली डाक्टरहरु सक्रिय

जर्मनीमा रहेका नेपालीहरुलाई स्वास्थ्य संवन्धि सहयोग गर्न भन्दै जर्मनीमा रहेका नेपाली चिकित्शकहरु सामूहिक रुपमा जुटेका छन् । कुनैपनि नेपालीलाई स्वास्थ्य संवन्धि समस्या देखिए तत्कालै सम्पर्क गर्न भन्दै जर्मनीका १६ वटै प्रान्त ओगट्नेगरि एक दर्जनभन्दा बढि नेपाली चिकित्शकहरु सामूहिक रुपमा जुटेका हुन् । एन आर एन ए जर्मनीले जर्मनीमा रहेका नेपाली चितित्शकहरुको खोजि गरि नेपालीलाई सहयोग गर्न एक समिति बनाएको छ । 

जर्मनीस्थित पत्रकार दिपक धितालका अनुसार जर्मनीका १६ वटा प्रान्तका नेपालीलाई १३ जना नेपाली चितित्शकहरुले आलोपालो गरि सुझाव, सल्लाह र सहयोग गर्ने छन् ।

‘हाम्रा डाक्टरहरु बिभिन्न अस्पत्तालमा काम गर्छन् । फरक फरक क्षेत्रका ति चिकित्सक फरक फरक समयमा काम गर्ने हुँदा आफ्नो समय मिलाएर कोहि न कोहि चौबिसै घण्टा अनलाईनमा उपलब्ध हुने ब्यवस्था मिलाएका छौं’ धितालले भने ।

जर्मनीका १६ वटै प्रान्तलाई वर्गिकरण गरेर उनीहरुले आआफ्नो क्षेत्रपनि तोकेका छन् । त्यस अनुसार फ्र्यांकफर्ट वरिपरिकालागि डा प्रल्हाद केसी, डा प्रदिप यादव, सरोज अर्याल र जेसेन गुरुङ छन् । बर्लिन र त्यस वरिपरिकालागि डा सरोज चुडाल र मरिना तिवारी, हेम्बर्गकालागि डा आनन्द कार्की, म्युनिखकालागि डा रमेश बानिया, डुसल्डोर्फकालागि डा टाईम चन्द्र कार्की र ऊन्ना क्षेत्रकालागि डा सुनिल अर्याल र शंकर नेपाल छन् । त्यस्तै हाईडलवर्ग क्षेत्रकालगि डा राजिव साह र मार्गवर्गकालागि डा सुमिना आदेलमायर छन् ।

नेपालीहरुको मेडिकल टोलीले आफूलाई परेका समस्याहरुका बारेमा स्वतन्त्रपूर्वक सोधपुछ गर्न आग्रह गरेको छ ।

तपाइँको प्रतिक्रिया