कोरोनाको कहर

-रायन सुबेदी

मानव सभ्यताको बिकाससँगै बिज्ञानको बिकासले कुनैबेला अपार ठानिएको विश्व अहिले एऊटा गाऊँ जस्तै भएको छ । आकासवाणी र हुलाकी समयको सूचना प्रबिधीमा महिनौ पछि पुग्ने समाचारहरू अहिले घटनाक्रमसँगै संसारभरी फैलिने गर्दछ । कोरोना जस्ता संक्रमणहरू हिजो पनि थिए । आज पनि छन् । भोलीपनि निस्कने छन् । अरू कुनै रुपधारण गरेर ।

सायद मानिसले गरेको प्राकृतिक बिनासको परिणाम होला यो ।  खैर त्यता नजाऊँ । हिजो सूचनाको र यातायातको प्रवाह सुस्त थियो । त्यसैले यस्ता माहामारीहरू न द्रुत गतीमा फैलिन्थ्यो न त समाचारहरूले मानवजिवनमा यतिधेरै डर फैल्याउन सक्थ्यो ।

सूचना पुग्नु सही हो । यसले मानिसलाई सजग रहन मद्दत गर्दछ । तर सूचनाको गलत प्रवाहले अनावश्यक त्रास र समस्याहरू पैदा गर्दछ । विश्व जनसङ्ख्या र केरोनाको विनास तुलनागर्ने हो भने त्यस्तो भयावह त देखिन्न । तर जुन गतीमा यो संसारभरी फैलिएको छ । त्यो भने भयावह छ । मानवजाती सजग रहनै पर्दछ ।

धेरै देशहरूमा एकै प्रकारको समस्याहरू देखिन थालेको बिभिन्न समाचार माध्यमहरूले बताएका छन् । अमेरीका र युरोपका बजारमा खाध्यन्नको समस्या रहेको समाचारहरू नेपाली समाचार माध्यामहरूमा पढ्न र सुन्न पाईयो । कतै यो समस्या हाम्रो डरको कारण त हैन ?

आवस्यकता भन्दा बढी डराएर, आवश्यकता भन्दा बढि संचय गर्ने सोचमा कतै हामी आफैले त यो समस्या बढाऊन मद्दत गरिरहेका छैनौ ? कोरोनाको कहर ज्यादै भयावह छ । सचेत रहनु आवश्यक छ ।

मनमा डर हुनुपनि स्वभाविक छ । तर गलत हल्लाहरू र अनाधिकृत सूचनाको प्रवाह गरेर संचार जगतको दुरूपयोग नगरेको राम्रो । संबन्धित देशका अधिकारीहरूले लागू गरेका नियमहरू पालना गरौं । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कौं । निस्किदापनि सुरक्षाका ऊपायहरू अपनाऊँ । भलै हामीहरूमध्ये धेरै सँग संवन्धित देशको नागरिकता होला । तर पनि हेक्का राख्नपर्ने के छ भन्दा हामी दोस्रो दर्जाका नागरीकमा पर्दछौं । मानव अधिकारका कुरा जतीसुकै चर्को गरिए पनि, जतीसुकै बिकसीत र समाजवादको ऊदाहारण नै भएपनि कुनै देशले अन्तिम संवेदनशिल अवस्थामा आफ्नै नागरीकहरूलाई महत्त्व दिनेछ । हामीलाई दोस्रो दर्जाको नागरिकमा राखिने छ । बंसज र अंगिकृत नागरीकले पाऊने सुविधा र अधिकार कहिल्यै कतै एकै हुन सक्दैन ।

ईटालीको समाचार बाहिरीएसँगै अरू देशमा यो अवस्था नआउला भन्न सक्ने अवस्था छैन । यस्तो बेलामा नेपाली सँघ-सस्थाहरूले आफ्ना सम्पूर्ण सदस्यहरूको पछिल्लो अवस्थाको जानकारी राख्नु जरूरी छ । साथै संबन्धित देश स्थित नेपाली दुतावाससँगपनि नियमित संपर्कमा रहेर केही परेको खण्डमा के कसरी सहयोग पुर्याऊन सकिन्छ भन्ने कुराको तयारी गर्न जरूरी देखिन्छ ।

महामारी फैलीएर ईटालीमा जस्तो सरकारले डाक्टरहरूलाई कसको उपचार गर्ने कसको नगर्ने भन्ने निर्णय गर्ने अधिकार दियो भने हेक्का राखौं त्यो अधिकार संगै प्राथमिकतामा आफ्नो नागरिक पर्ने अर्को अदृष्य आदेश पनि दिनेछ । जुन आदेशले हामी जस्तो दोस्रो दर्जाका नागरिकहरूको हैन आफ्नै नागरीकलाई प्राथमिकतामा राख्नेछ । त्यसैले सावधानि अपनाऔं । कोरोनाबाट जोगीयौं । नेपाली एकता कायम राखौं । फुटेर हैन जुटेर समस्यासँग जुधौँ ।

तपाइँको प्रतिक्रिया