लौ पुग्यो बहुमत माओवादीको
सारालाई चकित पार्दै संबिधान सभाको चुनावमा भटाभट जित्दै आएको माओवादीले अब सरकार बनाउनकालागि बहुमत पुर्याएको छ। यो चुनाव सरकार बनाउनका निम्ति नभएर मुलत संबिधान बनाउनका निम्ति हो। तर बहुमतका आधारमा सरकार बनाउन अब माओवादीलाई ब्यवहारिक र नैतिक बाटो भने खुलेको छ। माओवादी पार्टीले अहिले सम्म ११९ सिटमा विजय गरिसकेको छ। नयाँ सरकारको नेत्रित्व गर्नकालागि उसलाई १२१ सिटको अवश्यकता पर्छ। त्यो दुइ सिट उसले अब कुनैपनि क्षेत्रबाट नजितेपनि संयुक्त जनमोर्चाबाट पुर्याउनेछ। किनभने माओवादी समर्थनमै संयुक्त जनमोर्चाका गिरिराजमणी पोख्रेल (हालका स्वास्थ्यमन्त्रि) ले महोत्तरी र जनमोर्चाकै अध्यक्ष अमिक शेरचनले चितवनबाट जितेका छन।
यो दुई सिट मिलाउँदा माओवादीको १२१ सिट पुग्छ। जनमोर्चा भन्नुनै नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र मसालको बैधानिक मोर्चा हो। नारा, जुलुस गर्ने, संबैधानिक तरिकाले सघर्ष गर्ने र पार्टीलाई भित्रिरुपमा स्थापित गराउने। यो पार्टीले यसैपनि नेकपा (माओवादी) सँग एकता गर्दै छ। त्यसैले यसका दुई सिट भन्नु नेकपा (माओवादी) कै सरह हुन। बैचारिक रुपमा यो पार्टी सबैभन्दा माओवादीसँग निकट भएकैले, एकता हुने निर्क्योल भएकैले नै माओवादी र जनमोर्चाले तालमेल गरेका हुन। जनपोर्चाका दुई जनाको विजयलेपनि अब माओवादीलाई सरकारको नेत्रित्व गर्ने बाटो खुलाईदिएको छ।




