झुक्नेनै भो त अमेरिका माओवादीसँग ?

अमेरिका संसारभरिनै कम्युनिष्टहरुलाई देखिसहँदैन। उ कुनैपनि देशमा नयाँ शक्ति देश्नासाथ आफ्नो पक्षमा पारेर कठपूतली बनाउन चाहन्छ। अनी लूट मच्चाउँछ। नत्र भने उसले आतंककारिको आरोप लगाएर बन्दूक र बुटले दबाउन खोज्छ। नेपालका माओवादीको विषयमापनि उसले त्यसै गरेको थियो। शुरुमा माओवादी एउटा नयाँ शक्तिका रुपमा देखिएपछि उसले आफ्नो पक्षमा पार्न खोजेको थियो। तर माओवादीहरुले कुनै पक्षसँगपनि नझुक्ने देखिएपछि उसले माओवादीलाई  आतंककारिको सूचीमा राख्यो अलकाईदाको कुनै समूहलाई झैं।

माओवादीहरु शान्ति वार्तामा आउँदापनि उसले त्यो सूचिबाट हटाएन। माओवादी एउटा नयाँ प्रजातान्त्रिक शक्तिका रुपमा झन बलियोसित मौलाउदै आयो। सातदलिय सराकारमा सहभागि हुँदापनि उसले माओवादीलाई आतंककारीकै सूचिमा राखिरह्यो। उसले पहिलेत सात दल र राजालाई मिलाएर माओवादी दमनका नाममा वामपन्थिहरु मास्ने र नेपालमा रगतको खोलो बगाएर आफ्नो स्वार्थ पूरा गर्न खोजेको थियो। तर त्यसमापनि उ सफल भएन।
अन्तत संविधान सभाको चुनाव भयो। माओवादीले अहिले बहुमत सिटहरु जित्न सफल भयो। सर्बाधिक ठूलो पार्टीका हैसियतले उसले सरकारको नेत्रित्व गर्ने भयो। अब बल्ल अमेरिका माओवादीसित झुक्ने भयो अन्तत। अब भने अमेरिकाले आफ्नो पुरानो अडान बदलेर माओवादीलाई आतंककारिको सूचिबाट हटाउने भएको छ। आज संबिधान सभाको चुनाव सफलतापूर्वक सम्पन्नगरेकोमा बधाइपनि दिएको छ। र लाजले उसले माओवादीलाई भने बधाई दिने आँट गरेको छैन। काठमाडौंको हाम्रो एक स्रोतका अनुसार माओवादीले हालको संबिधान सभाको निर्वाचनमा अत्यधिक मत ल्याएर विजयी भएपछि अमेरिकाले माओवादी हेर्ने आफ्नो अडानमा परिवर्तन गरेको हो।

तपाइँको प्रतिक्रिया