नाम मात्रका पार्टीका फूर्तिमात्रै ठूला

अहिलेसम्म १९७ सिटको निर्वाचन परिणाम घोषणा भईसकेको छ। निर्वाचन कूल २४० सिटकालागि भएको थियो। अनलाईनखबरका अनुसार ति मध्ये नेकपा (माओवादी) ले ११० सिटमा जितिसकेको छ। दोस्रो स्थानमा नेपाली कांग्रेस बनेको छ ३२ सिट ल्याएर। तेस्रो स्थानमा २७ सिट ल्याएर नेकपा (एमाले) छ। बरु यो निर्वाचनमा अनपेक्षित रुपमा मधेशी जन अधिकार फोरम अगाडी देखिएको छ। उसले अहिलेसम्म १८ सिट ल्याएर चौथो स्थानमा पकड जमाएको छ। महन्त ठाकुरको तराई मधेश लोकतान्त्रिक पार्टीले भने आशा गरेभन्दा कम ल्याएको छ। उसले चार सिट भन्दा बढि ल्याउन सकेको छैन। राजेन्द्र महतोका त के कुरा धाक धक्कु र फूतिफार्ती मात्रै ठूला भइहाले। अहिलेसम्म दुई सिटमा खुम्चिएको यो पार्टीको चम्काई सम्झने हो भने पत्याउनै गाह्रो पर्छ।

 
नेपाल मजदूर किसान पार्टीले त अब कतै ल्याउने कुरै भएन किनकि उसको भक्तपुर क्षेत्रको नतिजा आइसक्यो। जनमोर्चा नेपाल भन्ने त खोइ पार्टी हो कि कुनै ब्यक्ति विशेष हो जस्तो देखिन्छ झन। एक जना स्वतन्त्र उमेदवारले भन्दा बढि सिट ल्याउन सकेको छैन सिंगो पार्टी निर्वाचनमा होमिदा पनि र माओवादीसँग ठाउँठाउँमा तालमेल गर्दापनि। तर वाम एकताको कुरा गर्दा भने यो पार्टीले फूर्तिका साथ थुप्रै सिट दावी गरेको थियो।

तपाइँको प्रतिक्रिया