इन्टरनेटमा लागेको गणतन्त्र

chemin-himalaya-4.jpg

निर्वाचन परिणाम गणना हुँदा वा अस्ति राती म पेरिसबाट अलि टाढाको एभ्री शहरमा थिएँ। हिमाल संबन्धि एक कार्यक्रममा भाग लिन गईएको थियो विश्व साईकल यात्री पुश्कर शाह सँगै। निर्वाचनको परिणाम आफु हिड्ने बेला खासै धेरै आइसकेको थिएन। मध्यान्ह ५ बजेतिर चितवन भण्डाराका पेरिस निवासी साथी रबिन शर्मा ओलीको नेपाली रेष्टुरेन्ट समा दिमालया (हिमाली बाटो) मा नपुग्दै बाटैमा भेट भए रबीनजि। कार्यक्रमबारे केही जनकारी लिन सँगै गयौ हामी मेयर कार्यालयमा। कार्यक्रम बेलुका ८ बजेबाट थियो । भेट्नासाथ उनले सोधीहाले-मतदानबारे। उनी तात्तीईहाले- वामपन्थी कुजातहरु नमिलेर देशले सधै धोका खाने भो। कांग्रेसले सधै लुट्ने भो मुलुक। उनले यस्तै यस्तै भन्दै गए।  

chemin-himalaya-5.jpg

बेलुका त्यहाँ फ्रान्सेली विश्व बक्सर च्याम्पियन, सगरमाथामा विना प्राणवायु चढ्ने पहिलो फ्रान्सेली बनेका मार्क बाता लगायत अरुपनि यस्तै रेकर्ड बनाउनेहरु थिए। यसका बारेमा कुनै दिन म छुट्टै ब्लग बनाउने छु निर्वाचनको धङ्धङी सकिएपछि। 

chamin-himalaya-1.jpg

कार्यक्रम सकिएपछि खाना खाँदा रातिको १ बज्यो। निर्वाचन कसले जित्ला भन्ने कुराकानी भईरहेको थियो। कडा कडा बहस र तर्क हुँदै थियो । बरु भाई कमल ओलीले “असल मान्छेजति जम्मै कांग्रेसमा छन कांग्रेसले नजितेर कसले जित्छ चुनाव” भनेका रहेछन। बेलुका तिन बजे सम्म यसो गफगाफ गरेर सुतियो। बिहान उठेर आईयो फेरि रबीनजिको रेष्टुरेन्टमा। हिजो बिहानको कुरा हो यो। बिहान सबैले फोन फान गर्न थाले। कोही नेपाल, कोही यतै फ्रान्सतिर। कोही अनलाईनहरु क्लिक गर्न थाले। समाचार हेरेको त सबै जिल्लाराम जितेका ठाउँ ख्वात्तै माओवादीको । भाई कमल ओलीलाई जिस्काउन थाली हाले सबैले। लौ माओवादीले जित्ने भो, गणतन्तचाहि पक्का आयो भन्दै थिए कोही। कमल त पत्नीलाई बिहानै फोन गरेर सोध्दै थिए निर्वाचन परिणामबारे। 

chamin-himalaya-2.jpg

अधिकांश खुशी देखिन्थे चुनाव परिणाम बारे। मदन भाई चुक्चुकाउदै थिए-हेर नेपालमा भाको भए त यो पटक मैले पनि ठोक्थे माओवादीलाई भोट। तनहुँका राई गाउँ कि यस्तै के भन्दै थिए उनी। त्यो त पुरा माओवादी गढ हो नि दाई भनेर सुनाउदै थिए। धारणा साझा जस्तै थियो- देशलाई कंगाल पारेकाले, लुटेकाले, भ्रष्टाचार गरेकाले संसदिय पार्टीहरुप्रति जनताको बित्रिष्णा जागेको हो। सर्बोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचारीहरुलाई दिएको सफाईलाई उल्ट्याएर अर्कै आयोग बनाएर कार्वाही गर्नु पर्छ ति सबलाई माओवादी सरकारले भन्दै थिए उनीहरु त।   chemin-himalaya-3.jpg

नेपाली र भारतिय खाना बनाउन पारखी राम दाई त झन माओवादीका नीति र कामले प्रभावित रहेछन। धेरै मानिस यूरोप आएपछि यहाँको विकास निर्माण देखेर पूजीवादी समर्थक बन्छन। यि राम दाई चाहि माओवादीको काम राम्रो भनेर भावनात्मक समर्थक जस्ता बनेछन। यसरि यहाँ आएपछि धेरै मानिसहरु माओवादीप्रति आकर्षित भएको पनि बताउदै थिए राम दाई। उनीहरु सबै पालोका पालो यो र त्यो ईन्टनेट साईट, अनलाइन खबरहरु हेर्न तँछाडमछाड गर्दै थिए। हेर्दा हेर्दै तत्काल तत्काल माओवादीको सिट बढेको देखिन्थ्यो। अनी ति खुब खुशि हुन्थे। रबिनजी चाहि सबैलाई माटो पारिदिए हुन्थ्यो माओवादीले भन्दै थिए। थुप्रै अनलाईन साईटहरु खुल्न मुश्किल परेको थियो। पछि त दिन भरि जसो घरको फोन र मोबाईलको घण्टी बजेको बज्यै गर्न थाल्यो। सबैको प्रश्न हुन्थ्यो कसको कति आयो ? फ्रान्स बस्ने नेपालीहरु कतिले त अस्ति शुक्रबारदेखि पुरै रेडियो, टिभी र अनलाइन खबरहरु हेरेरै बिताएछन।

तपाइँको प्रतिक्रिया