प्र म कोइराला थप नैतिक संकटमा (नेपाली समय: मध्यरात)
पछिल्लो जनकारी अनुसार नेपाली कांग्रेसका दुइ हस्ति का रुपमा चिनिने गरेका चक्र वास्तोला र महेश आचार्यले हारेका छन। चक्र वास्तोलाले झापा -४ बाट पराजय भोगेका हुन। त्यहाँ नेकपा (माओवादी) कि धर्मशीला चापागाईले जितेकि छिन। अर्कोतिर मोरङ मा हारेका हुन महेश आचार्यले। त्यहाँ मधेशी जन अधिकार फोरमका भिम राज चौधरी राजवंशी विजयी भएका छन। नेपाली कांग्रेसका यी दुबै जना प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाका आफन्त हुन। यि दुबै जना कोइरालाका निकटपनि थिए राजनीतिक रुपमा। उनीहरुको पराजयले कोइरालालाई थप नैतिक संकटमा पारेको छ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक




