टाठा रहेछन जनता
नेपाली जनता लाटा छन, अबुझ छन, अनपढ धेरै छन र तिनले बुझ्दैनन। यहि सोच्थे धेरैले। अर्थात आफुलाई पढेलेखेको र टाठाबाठा ठान्नेहरुले। तर होइन रहेछ। नेपाली जनता धेरै टाठा पो भएका रहेछन त। यो निर्वाचनले देखायो र देखाउँदै छ। अहिले सम्मकै परिणामलाई हेर्दापनि त्यो स्पष्ठ हुन्छ। नेपाली जनतालाई वर्षौ वर्ष देखि ठग्दै, देशलाई ग्रिह युद्दमा फसाउँदै र लुट मच्चाउँदै आएका धेरैलाई नेपाली जनताले लोप्पा खुवाएका छन। नेपाली कांग्रेसकि सुजाता कोइरालाले नराम्ररी पराजय भोगिन। उता नेपालमा भ्रष्टारीको अगिल्लो पंतिमा रहेका खुमबहादुरले धुलो चाटे। रातो पासपोर्ट बेचेर र ईन्धनको भाउ बढाएर करोडौ कुम्ल्याउने कम्युनिष्टधारी ईश्वर पोख्रेललाई हराए।
उता नेपाली कांग्रेसलाई गणतान्त्रीक मार्गमा हिडाउने नरहरी आचार्यको गुण बिर्सेनन। नेपाली कांग्रेसकै स्वच्छ छवीकि सुप्रभा घिमिरेलाईपनि जिताए काठमाडौंबाट। उता भष्टाचारमा हालसम्म नमुछिएका गणेशमानपुत्र प्रकाशमान सिं लाई पनि हुर्याउन चाहेनन। त्यस्तै काग्रेसका भ्रष्टाचारीहरु गोबिन्दराज जोशी र चिन्जिवी वाग्लेलेलाईपनि जनताले रुचाएनन र परिजित गराए।
यता नेकपा एमालेका क्रान्तिकारी र स्वच्चा छवी भएका सुभासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली लाई हराएनन। त्यस्तै क्रान्तिकारी छवी भएका पूर्व विद्दार्थी नेता रविन्द्र अधिकारीलाइपनि कास्कीबाट जिताए जनताले। विगत चौध वर्षदेखि नेकपा एमालेको नेत्रित्व सम्हाल्दै आएका एमाले महासचिवलाई पनि रुचाएको देखिएन उनको नालायकि नेत्रित्वका कारण। जनताले वर्षौदेखि चुस्तै आएका, गन्हाएका र पुराना नेताहरुलाई भन्दा नयाँ जोस र जाँगर भएका नौला व्यक्तित्वहरु रुचाएको देखिएको छ। यो भनेको जनताले परिवर्तन चाहेको संकेत र हो जनता टाठा भएको संकेतपनि।




