माओवादी ४७ स्थानमा, अरु दल निकै पछाडी
मत गणनाको पछिल्लो विवरण अनुसार नेकपा (माओवादी)ले नाटकिय रुपमा अन्य पार्टीलाई धेरै सिटको अन्तरमा पछाडी पारेको छ। अहिले सम्म कूल ८३ स्थानको मत गणना भएको छ। अनलाईन खबरका अनुसार त्यसमा नेकपा (माओवादी) ले ४७ स्थानमा जितेको छ। दोस्रो स्थानमा नेकपा (एमाले) छ। उसले १४ सिट जितेको छ।
तेस्रो स्थानमा बल्ल नेपाली कांग्रेस छ। उसले ११ सिट भन्दा बढि कटाउन सकेको छैन। देशको सबै भन्दा ठूलो पार्टी भन्दै आएको कांग्रेसको हालत त यस्तो लज्जास्पद पो रहेछ। बरु मधेशी जन अधिकार फोरमले राम्रो नतिजा ल्याएको छ। उसले अहिले सम्म आधा दर्जन सिट जमाउन सफल भएको छ। नेपाल मजदूर किसान पार्टीको त भक्तपुरका दुइ सिट भन्दा दायाँबायाँ हुने कुरै भएन। उ त्यहि बचाउन सकेकोमा दंग होला। कांग्रेस छोडेर गएपछि साँच्चिकै संसारै उल्ट्याउँला झै गरेको महन्त ठाकूरको तराई मधेश लोकतान्त्रिक पार्टीको हालत पनि हरिबिजोग छ। अहिले सम्म उसले एक सिट भन्दा बढि फुत्काउन सकेको छैन। बरु जन मोर्चा नेपाल र स्वतन्त्र एक जनाले जित्न सफल भएका छन।




