उपत्यकाबाटै बढारियो एमाले

नेकपा एमालेले आफ्नो लालकिल्ला मान्दै आएको थियो उपत्यकालाई। काठमाडौंलाई मा त झन अघिल्लो चुनावमा बलियो पकड जमाएको थियो। यस पटकपनि उसले राजधानीलाइ त्यस्तै पकड जमाउने दाबी गर्दै आएको थियो।

तर राजधानीबाट एमालेले अहिलेको निर्वाचनमा नराम्ररी पराजय भोगेको छ। उपत्यकाबाटै एमाले यसपटक बढारिएको छ। उसका सबै उम्मेरदवारले राम्ररी पराजय भोगेका छन। पछिल्लो निर्वाचन परिणाम अनुसार राजधानीको पछिल्लो निर्वाचन क्षेत्र नं ९ बाटपनि उ पछारिएको छ। यहाँबाट नेपाली कांग्रेसका ध्यान गोबिन्द रंजित विजयी भएका छन। दोस्रो स्थानमा नेकपा (माओवादी) का माईला लामा भएका छन ।

वाम तालमेलको लागि निर्वाचन अगाडि नेकपा (माओवादी) ले निकै प्रयास गर्दापनि एमालेले पार्टीको आन्तरिक रिपोर्ट अनुसार उसले यो निर्वाचनमा अत्यधिक बहुमतले विजयी हुने देखिएकोले कसैसितपनि तालमेल गर्नु आवश्यक नपर्ने बताएको थियो। एमालेले यो निर्वाचनमा उपत्यकाका कुनैपनि क्षेत्रबाट एक सिट पनि ल्याउन सकेन।

तपाइँको प्रतिक्रिया