नहारुन नरहरीले, नजितोस भ्रष्टाचारीले
नरहरी आचार्यले के गर्लान ? अहिलेनै भन्न कठिन छ । उनले हारे ठूलो दुर्भाग्य हुने छ। त्यो नेपाली कांग्रेसकालागि बरु खुशिको खबर होला। किनभने नेपाली कांग्रेसको बहुमत पङ्ति उनको हार चाहन्छ जित होइन। किनभने उनी सधै अग्रगामी सोच र मार्गमा हुन्छन। देशलाई यथास्थितिमा राख्न चाहने र राजा जोगाउनेकालागि उनको जितले पहाड तेर्स्याउँछ ।
देशलाई गणतन्त्रको बाटोमा लैजान उनको ठूलो योगदान छ। नेपाली कांग्रेसको गणतान्त्रीक निर्णय त झन उनैको लाईन हो। नेपाली धर्तिमा उनको मेहनतले धेरै मानिसको रगत बग्नबाट जोगाएको छ। उनले हारे भने नेपाली कांग्रेसमा देशलाई यथास्थितिमा राख्ने र राजा बचाउनेहरुको हात माथि पर्ने छ।
उनले हार्नुमा अर्कोपनि बिडम्बना छ। दुखि, निमुखा र गरिव जनताको मुक्तिको नारा र झण्डा बोकेर तिनैमाथि ठ्ग्ने ईश्वर पोख्रेल जस्ता भष्टाचारीको विजय हुन बेर छैन। ईश्वर पोख्रेल नेपाली जनतामाथि ईन्धनको भाउ बढाउदै ढाड सेकाएर भ्रष्टाचार गर्ने नलायक हुन। रातो पासपोर्ट बेचेर काठमाण्डौ चण्डोलमा बिशाल भवन ढ्ड्याउने भ्रष्टाचारी। निमुखा जनताको मुक्तिका नाममा तिनैमाथि डण्डा बर्साउने अत्याचारी।
नरहरी आचार्यले हार्नुमा अर्कोपनि बिडम्बना छ। त्यो हो ईश्वर पोख्रेल जस्ता भ्रष्टाचारीहरु बिजय भएर गए भने कस्तो संविधान बनाउलान ? फेरी देशलाई यथास्थितिमा राखेर लुट्ने संविधान बनाउन मरिमेट्ने छन। फेरि पनि भवन ढ्ड्याउने कानुनकालागि ज्यान फाल्ने छन।
तर नरहरी आचार्यले जिते भने उनले इमानको रजनिति गर्ने छन। फेरिपनि नेपाली कांग्रेसलाई गणतान्त्रित संविधान बनाउनकालागि साहसिलो भूमिका खेल्ने छन। प्रतिपक्षी पार्टीहरुसँग मित्रवत संबन्ध राखेर सहमतिको राजनीति गर्ने छन। त्यसैले यो देशकालागि नरहरी आचार्यको खाँचो छ अझ धेरै वर्षकालागि।
नेपाली कांगेस पार्टीमा संलग्न भएर उनले त्यो पार्टीको गन्हाएको नारा लिएर हिडेनन बरु धेरै वामपन्थिहरु भन्दा क्रान्तिकारी नारा र विचार लिएर देश देश चहारीरहे। हाम्रा पार्टी र नेताहरुमा दूरदर्शिता भईदिएको भए नेपाली कांग्रेस जस्तो राजतन्त्रसँगै सतीजान तयार पार्टीलाई गणतन्त्रको धारमा ल्याउन प्रमुख भूमिका खेल्ने उनलाई जसरिपनि जिताउने वातावरण बनाउने थिए।
वास्तवमा उनको व्यक्तित्व र भूमिका नेपाली कांग्रेसको नेताको जस्तो नभएर साझा उमेदवारको जस्तो थियो। त्यस्ता नेतालाई नेकपा एमाले र माओवादीलेपनि सहयोग गर्नु पर्थ्यो। नेपाली राजनीतिको बिडम्बना नै हो यो कि देशलाई नभइनहुने नेता को हो, कसलाई जिताउनुपर्ने हो भनेर हेरिदैन। को कुन पार्टीको हो भनेर हेर्ने गरिन्छ र जतिसुकै गन्हाएको भएपनि पार्टीगत बिल्ला लगाएर अगाडी सारिन्छ।
हुन त अब मतदान भइसकेको छ। केही घण्टामै त्यसको परिणाम आउला। आशा गरौं नरहरीले जितुन। यदि उनले जितेनन र ईश्वर पोख्रेलले जितेभने देशको एउटा ठूलो हिस्साले हार्ने छ, गणतान्त्रीक धारले हार्ने छ अनी एउटा भ्रष्टचारी र नालायक पात्रले जित्ने छ।
(फोटो साभार: हाम्रो ब्लग) ।




