अष्ट्रियामा नेपाली दुतावास खुल्यो, पासपोर्ट भिसाबाट काम शुरु
शिव सापकोटा / भियना, अष्ट्रिया
अष्ट्रियाको भियनामा नेपाली दुतावास खुलेको छ । दुतावासले काम शुरु गरेको आज पहिलो दिन हो । आजबाट औपचारिक रुपमा काम शुरु गरेपछि यहाँका नेपाली, नेपाली संघसंस्था र नेपालप्रेमी अष्ट्रियनहरुलाई सामूहिकरुपमा भेटघाट गर्दै तुरुन्तै भिसा र पासपोर्टको काम शुरु गर्ने राजदूत प्रकाश कुमार सुबेदीले जानकारि दिए ।
नेपाल सरकारले गत पुसमा भियनाकालागि स्थाइ प्रतिनिधी प्रकाश कुमार सुबेदीलाई नियुक्त गरेको थियोे । अष्ट्रियाको लागी जर्मनीको बर्लिनस्थित दुताबासले गर्दै आएका कुटनैतिक सम्बन्धहरु अष्ट्रियाबाटै संचालन गर्न समय लागेको पनि सुबेदीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै सुबेदीले अष्ट्रियामा रहेका नेपाली र नेपाली संघ संस्थाहरु माझ सहकार्य गरी नेपाली सांस्कृतिको संरक्षण र नेपालमा पर्यटन प्रबर्द्धन गर्न सहयोग हुने खालका काम गर्ने बताए ।
कार्यक्रममा एन आर एन अष्ट्रियाका पुर्ब अध्यक्ष श्याम उपाध्यायले नेपालीहरुलाई सहजै कागजात उपलब्ध गाराउने बताउँदै धन्यवाद दिए । दुतावास खुलेपछि त्यहाँका नेपालीलाई नेपाली राहदानी, जन्मदर्ताको प्रमाणपत्र लगायतका विषयमा सहज हुने र नेपाल जान चाहने विदेशीलाई भिसा उपलब्ध गराउन सजिलो हुने छ ।






