हिरो हवल्दार

कहिल्यै नसुनिएका, नपढिएका र नचिनिएका एक हवल्दार अकस्मात हिरो जस्तै बनेका छन् । अहिले उनको नाम र काम दुबै सामाजिक संजालमा चर्चित छ । स्थानिय तहको निर्वाचनमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ स्थित श्री माध्यमिक विद्यालय प्रतापकोट अम्बासमा बिहान मतदान भइरहेको बेला एउटा बम फेला पर्‍यो । त्यो बम कसैले फालेको थियो । त्यहाँको सुरक्षामा खटिएका प्रहरी हवल्दार दुर्गाबहादुर रानाले त्यसलाई हातैले टिपेर जंगलतिर मिल्काए । यो खबर डढेलोभन्दा अझ छिटो सल्किँदै हजारौंको जानकारिमा पुगेको छ । सामाजिक सन्जालको पहुँचले गर्दा विश्वभरिका नेपालीको पहुँचमा पुग्दा हवल्दार दुर्गाबहादुर हिरो बनेका छन् ।

सामाजिक सञ्जालको प्रभाव कति बलियो भएको छ भने रानाले त्यसरि बम समातेर सुरक्षित स्थलमा मिल्काएको केहि मिनेटमै बम पड्कियो। यो खबर तत्कालै ग्रिहमन्त्रि जनार्दन शर्मा प्रभाकरले पाए । लगत्तै प्रहरी हवल्दार दुर्गाबहादुरलाई फोन गरेर उनले पुरस्क्रित गर्ने बचन दिए । उनले साहसिक काम गरेको भन्दै उनको बहादुरीको प्रशंसापनि गरे । यो खबरपनि तत्कालै सामाजिक सञ्जालमा फैलियो । हवल्दार दुर्गा बहादुर झन हिरो बन्दै गए ।

मतदान केन्द्रको सुरक्षामा खटिएका रानाले उक्त सुतली बमलाई समातेर तत्कालै जंगलतर्फ फ्याँके । उनले बम फ्याँकेको केही मिनेटमै बम पड्कियो । अलिकति मात्रै ढिलो गरेको भए त्यो बम पड्किँदा धेरै मानविय क्षती हुनसक्ने आँकलन गरियो । यो खबर सार्वजनिक हुनासाथ सयौंले प्रहरी हवल्दारलाई पुरस्क्रित र बढुवा गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत माग गरेका छन् । उनको बहादुरीको प्रशंसा गर्नेहरु अहिले लाखौं पुगेका छन् । हिजो सम्म कसैले नचिनेका गुमनाम प्रहरी हबल्दार दुर्गाबहादुर राना एकाएक हिरो बनेका छन् ।

तपाइँको प्रतिक्रिया