अपांगता भएका दुई पात्र लिएर अन्नपूर्ण क्षेत्रको छोमरोङमा
एघार वर्षको स्विस ठिटो आनत्वान बोदमेयर जो जन्मैदेखि अपांगता भएका । ४० वर्ष पुगेका नेपाली पत्रकार गजेन्द्र बुढाथोकी जो स्वारी दूर्घटनामा परेर अपांगता भएका । यि दुई अपांगता भएका दुई जनालाई तिनको परिवारसहित अन्नपूर्ण हिमाली क्षेत्रको यात्रा तय गरेका हामी आज सकुशल छोमरोङ आइपुगेका छौं । काठमाडौंबाट विमानमा पोखरा हुँदै हामी पोखराबाट किम्चेसम्म गाडीमा आयौं । त्यसपछि घान्द्रुङ, गुर्जुङ हुँदै आज छोमरोङ आईपुगेका हौं ।
फरक भाषा, संस्क्रिति, देश, भूगोल, चिन्तन, बिचार र अवस्थाका, फरक उमेरका दुई जनालाई हामीले तिनका अन्नपूर्ण हिमाली क्षेत्र डोकोमा बोकेर लैजाने चुनौतिपूर्ण काम गरिरहेका छौं । २८ अक्टोबरका दिन हामी त्यो सकेर पोखरा फर्किन्छौं र २९ अक्टोबरका दिन पोखरा लेक साईडमा पत्रकार सम्मेलन् गर्छौं । होटेल कान्तिपुरमा दिनको एक बजे ।
यस्तो यात्रा कहिल्यै नगरेकाले यात्रामा सहभागि हामी सबैलाई अनौठो अनुभव भैरहेको छ । घर आँगननै बेला बेला दूर्गम जस्तो लाग्ने र भोग्ने गरेका यि दुई पात्र जति खुशि छन् त्यो भन्दा खुशि हामी ति रमाएको देखेर भएका छौं । यात्राका क्रममा देखेभोगेका कुरा फेरि फेरि साटिनेनै छ । भोलिदेखि हाम्रो यात्रा फेरि अगाडि बढ्छ । सानातिना अप्ठेरा बाहेक हामीले अहिलेसम्म कठिन समस्य भोग्नुपरेको छैन ।










