चार तारे झण्डाको दुरुपयोग

img_0110

टाँडी सौराहा चोक निवासी हरि रिजालसित त्रिबेणीघाट घुम्ने मेसो मिल्यो । मेघौली विमानस्थलबाट सिधा पश्चिम जाने कच्ची, गेगर हालेको सडक नछोडि गए त्रिवेणी पुगिँदो रहेछ । भदौको मध्यतिर रापती र नारायणी दुबै नदी मात्तिएर बगेका थिए । नारायणी र रापती जोडिँदा त त्यहाँ महासागर जस्तो देखिने रहेछ । काँस फुलेर सेताम्मे देखिएको, हरियो जंगलको काखमा । देब्रेतिर चुरे पर्वतको हरियाली । दाहिनेतिर महाभारत पर्वतको होचिँदै गएको डाँडो । त्योमाथि अन्नपूर्ण हिमालका श्रिंखला । ज्यादै सुन्दर । तर त्यहाँका वासिन्दा यो सुन्दरता हेर्न लालायित थिएनन् । त्यो सुन्दरताले तिनलाई तानेकै थिएन । किनभने नरायणी नदीले कटान गरेर थुप्रै खेतियोग्य जमिन नदीमा गाभिसकेको थियो । जमिन काटेर गाउँलाई चुनौति दिँदै थियो ।

त्रिवेणीको वारीपट्टी अर्थात् चितवनतिरको किनार किनारै हामी नारायणगढ बजार निस्किन खोज्यौं । नारायणी नदीको प्रभाव र द्रिष्य हेर्दै । हरी रिजालले मोटर साईकल हाँकेका थिए । नारायणीको किनारै किनार कच्ची सडक नारायणगढ बजारसम्मै आइपुग्दो रहेछ । झण्डै झण्डै । कतिपय सडक नारायणीले काटेको थियो । थुप्रै घर र खेतहरु बगाएर लगेको रहेछ । तटबन्ध गरेको जाली र ढुंगापनि काटेर नदीमा खसालेछ ।

img_0100स्थानिय मानिसहरु घर, खेत कसरि जोगाउने भनेर आकुलब्याकुल थिए । शुक्रनगर गाविस भुमीसुधार मन्त्रि बिक्रम पाण्डेको निर्वाचन क्षेत्र हो । स्थानिय जनताले पाण्डे लगायत नेपाली कांग्रेस र चितवन जिल्लाबाटै प्रधानमन्त्री बनेका प्रचण्डसम्मलाई नदीमा बलियो तटबन्ध गरिदिन आग्रह गरेको बताए । तर तिनले सुनेनन् गाउँलेका गुनासा ।

बिक्रम पाण्डेले त ‘अहिले वर्षातको बेला केहिपनि गर्न सकिन्न’ भन्ने जवाफ दिएछन् । स्थानियहरु सकिनसकि आफ्नै दुई चार हजार जम्मा पारेर जाली लगाउँदै थिए । स्थानिय कमल सुबेदी गुनासो गर्दै थिए ‘हाम्रो थुप्रै जमिन नारायणीले लग्यो । नेतालाई भन्यो अहिले वर्षादमा केहि सकिन्न भन्छन् । हामीलाई अहिलेनै घरबास उडाउला भन्ने चिन्ता छ, नेताले केहि नगरेपछि सकिनसकि आफैं जाली लगाउन कस्सिएका हौं ।’

img_0109

बाढीले घर गाउँ बगएको छ । नेपाली कांग्रेस र अन्य दलको कुनै मतलब छैन । तर नारायणीले कटान गरेकै किनारमा नेपाली कांग्रेसको झण्डा भने गाडेको देखियो । यो झण्डा किन गाडिए होला ? उर्लँदो भेलको किनारमा के अर्थ हुन्छ कांग्रेस पार्टीको झण्डा गाड्नु ? कसले के प्रयोजनकालागि यो झण्डा गाड्यो होला ? राजनितिक दल र सरकारका मन्त्रीलाई बाढिबाट घर जग्गा जोगाईदिन आग्रह गर्दा नसुन्ने पार्टीको झण्डा देख्दा गाउँलेहरु के सोच्दा हुन् ? राजनितिपनि दलहरुलाई कति गर्नुपरेको ? राजनितिक दलको झण्डा किन यति सस्तो भएको ?

तपाइँको प्रतिक्रिया