कता छ अपांगता भएकालाई दिने सरकारी सहयोग ?
पोखरा, फेवा तालको किनारमा यस्ता ब्यक्तिपनि देखिए । वाग्लुङ जैदीका दिर्गे परियार । उनका दुबै गोडा काँधमाथि खप्टिएका रहेछन् । बुवा आमा नभएकाले अपांगता भएका यिनलाई उनैका मामा माउजुले पालेका रहेछन् । यतिखेर उनको जिवन फेवा तालको किनारमा खुम्चिएको छ । उनलाई विहानै मामा माउजुले त्यहाँ ल्याएर छोडिदिन्छन् । रुमाल ओछ्याएर उनी दिनभर त्यहिँ बिताउँछन् । फेवा ताल हेर्न, घुम्न आ उने पर्यटक र वाराही मन्दिरको दर्शनकालागि आ उने तिर्थालुहरुले केहि सहयोग दिन्छन् की भन्दै उनी आँखा डुलाइरहन्छन् ।
उनी को हुन् भन्ने सानो जानकारि राखेर त्यसैको मुनि बस्छन् उनी । नेपाली र अंग्रेजी भाषामा भएकाले विदेशी पर्यटक र नेपाली दुबैले सहयोग दिनाले उनको जिवन चलिरहेको छ । सरकारले अपांगता भएका नागरिककालागि आर्थिक सहयोगको ब्यवस्था गरेको भनिएपनि दिर्गे परियार जस्ता अपांगता भएका धेरै यो सुविधाबाट बञ्चित छन् । त्यसैले ति यसरि सडकमा बसेर माग्न बाध्य भएका छन् ।





