बन्ला त स्विजरल्याण्डको हिमालमा ‘शेर्पा मार्ग’ ?

a973e694eb463cb9f303ffa512abd45afe681b8d261df211c08fa99b31c44c58

बिवाद नभैदिएको भए यतिखेर स्विजरल्याण्डको जेरमात भन्ने ठाउँमा शेर्पा ट्रायल अर्थात् शेर्पा मार्ग बनिसक्ने थियो । नेपालको हिमाली क्षेत्रको पदयात्रा मार्ग बनिसक्थ्यो । धेरै पर्यटकले नेपालको हिमाली क्षेत्रको शेर्पा मार्गको स्वाद चाख्न पाउने थिए । तर स्विजरल्याण्डको नगरपालिका कार्यालय र शेर्पा मार्ग बनाउने कम्पनीका बिच बिवाद हुँदा सन् २०१५ मै बन्ने भनिएको मार्ग रोकिएको छ ।

head-default

जेरमात स्विजरल्याण्डको मनाङ जस्तै स्थल हो । यहाँबाट वरिपरि हिमालै हिमाल देखिन्छ । यो ठाउँमा चौतर्फी हिमाल चढ्ने, पदयात्रा गर्नेहरुको भिड लाग्छ । हो यहि क्षेत्रको पहाडमा स्विसहरुले शेर्पा मार्ग बनाउने निर्णय गरेका थिए । स्विसहरुले नेपालबाट दश जना शेर्पा ल्याएर नेपालको हिमाली क्षेत्रमा शेर्पाले बनाएकै जस्तो हिमाली मार्ग बनाउन चाहेका थिए । जेरमात भन्ने ठाउँबाट स्विजरल्याण्डको मातरहोर्न भन्ने सबैभन्दा खतरा मानिएको हिमालसम्म शेर्पा ट्र्याल बनाउने योजना थियो । तर हालकालागि त्यो रोकिएको छ । तर तत्कालकालागि बिवाद परेपनि यो बन्ने संभवना भने छ । मातर्होर्नलाई स्विसहरुले टाउन अफ माउन्टेन रिसर्ट्स भनेरपनि संवोधन गर्छन् । किनकि यो ठाउँमा थुप्रै हिमाली रिसोर्टहरु छन् ।

pilatus-3

यो क्षेत्र ‘ले भाले’ भन्ने प्रदेश (क्यान्टोन) मा पर्छ ।  यो प्रदेशको नगरपालिकाले ३,२६० मिटरसम्म ट्र्याल बनाउने र त्यहाँबाट ४४७८ मिटरको यहाँको सबैभन्दा उच्च चुचुरो होर्नलिहुत सम्म पुगि हिमाली चुचुरा चढ्न सजिलो हुनाले यो परियोजना ल्याएको थियो । सन् २०१४ को जुलाई दोस्रो साताबाट निर्माण शुरु गरि सन् २०१५ मा पुरा गर्ने उद्देश्य थियो ।  ४४७८ मिटरको चुचुरोमा पाईला टेकेको एक सय ५० वर्ष पुगेकाले त्यसैको उपलक्ष्यमा यो मार्ग सञ्चालन गर्न खोजिएको थियो ।

नेपाली शेर्पाहरुले दुइ हप्ताभित्रैमा  ट्रायललाई स्तर बढाएर २५५२ मिटरसम्म रहेको स्वार्जेस भन्ने ताल हुँदै माथि लैजाने योजना थियो । तर संघिय आप्रवाशी कार्यालयले त्यसमा बिरोध जनाएपछि हालकालागि त्यो योजना रोकिएको हो । एन एन जेड सोन्ताङ भन्ने पत्रिकाले जनाए अनुसार शेर्पाहरुलाई ल्याउन जति शर्तहरु पालना गर्नुपर्थ्यो । त्यो नगरेकाले रोकेको हो । ल भाले संघिय कार्यालयबाट काम गर्ने अनुमति (वर्क परमिट) नपाएकालेपनि रोकिएको हो । शेर्पाहरुलाई यहाँ ल्याएर पहिले तालिम दिने योजना थियो । तर संघिय कार्यालयका अनुसार संवन्धित मुलुकमा असंभव भएको अवस्थामा मात्रै यता स्विजरल्याण्डमा तालिमकालागि ल्याउन पाइन्छ । शेर्पा ट्र्याल बनाउन ल्याउने भनिएका शेर्पाहरुको मामिलामा त्यो प्रावधान अनुपयुक्त रहेको संघिय कार्यालयले जनाएको पत्रिकाले उल्लेख गरेको छ । संघिय आप्रवाशी कार्यलायको यो निर्णयले ट्रायल बनाउने निर्णय गरेको जेरमेत नगर परिषदलाई क्रुद्द बनाएको उल्लेख छ ।

यो परियोजनालाई स्विस अनेज्áइस् फर डेभलपमेन्ट एण्ड कोअपरेशन (एस डिसी) ले सहयोग गरेको थियो । स्विजरल्याण्डले नेपाललाई उच्च प्राथमिकतामा रकहेको छ आर्थिक विकासका हिसावले । सन् २०१३ मा स्विस सरकारले ४३ करोड अ मेरिकी डलर (३८ करोड स्विस फ्र्यांक) सहयोग गरेको थियो । भाले प्रान्तिय कार्यालयले हाल स्थानिय बिकल्प सोचिरहेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया