जर्मनी हमला : किन गरियो ब्यापारिक केन्द्रमा हमला ? के भैरहेछ यो घटनापछि ?

MUNICH, GERMANY - JULY 22: Special forces hide behind a police car infront of a mall were a shooting took place in Munich, Germany. Foto: Sebastian Widmann

 

जर्मनीको तेस्रो ठूलो शहर म्युनिखमा हिजो हमलाकारीले आक्रमण गर्‍यो । आठ ब्यक्ति घटनास्थलमै मारिए । एक जनाको लास घटना भएको तिन घण्टापछि करिब एक किमी पर प्रहरीले फेला पार्‍यो । घटनापछि सुरक्षा निकायले तिन ब्यक्तिले एकैसाथ हमला गरेको भने । तर हमलाकारी एक जना मात्रै रहेछन् । द्वैध राहदानी भएका १८ वर्षिय इरानी नागरिक । सुरक्षाका कारण हमलाकारीको नाम प्रहरीले गोप्य राखेको छ ।

 

12germany01-600

हमलाकारीले बन्दूक निकालेर भुटुटु हानेपछि भागेर एक किमी पर पुगेपछि आफ्नै कंचटमा गोली हानेर आफ्नै हत्या गरेको सुरक्षाकर्मीहरुले बताएका छन् । राती छर्लङ्ग देखिने (नाईट भिजन एक्विपमेन्ट्स) र कुकुरसहितका कमाण्डोहरुले आक्रमणकारी बस्ने गरेको घरमा हिजै राती छापा मारेका छन् । यो आतंककारी हमला हो की होइन तत्कालै भन्न नसकिने सुरक्षाकर्मीको भनाई छ । हमलाकारीले ब्यस्त ब्यापारिक केन्द्रकै नजिक किन हमला गरे होला ? यसका केहि कारण छन् ।

A screen grab taken from video footage shows a view of the Olympia shopping mall, the scene of a shooting rampage in Munich, Germany July 22, 2016. dedinac/Marc Mueller/Handout via REUTERS

यो ब्यापारिक केन्द्रकै छेउमा एउटा ठूलो रंगशाला छ । सन् १९७२ मा यहि रंगशालामा युरोपियन ओलम्पिक खेल भैरहेको थियो । त्यो बेला प्यालेस्टाईनी लडाकूहरुले ११ जना ईजरायली एथ्लेट्स्हरुलाई कब्जामा लिएका थिए । केहिबेरपछि तिनको हत्या गरिदिएका थिए । यसैको बदला लिन खोजिएको वा बिरोधको संकेतकादिन खोजिएकोपनि हुनसक्ने संभवना छ । युरोपमा हमलाहरु बढ्दै गएका बेला जर्मन सरकारलेपनि सार्वजनिक महत्वका स्थलहरुमा सुरक्षा बढाएको छ । रंगशालामै हमला गर्न खोजेपनि सुरक्षा कडा भएकाले त्यहाँ हमला गर्न नसकि रंग शालाको नजिक रहेको ब्यापारिक केन्द्र रोजिएको हुन सक्छ ।

यो घटनामा नौ जना मारिएका छन् । केहि वालवालिकासहित कम्तिमा १६ जना घाइते छन् । ति मध्ये तिन जनाको अवस्था चिन्ताजनक छ ।

GERMANY OUT In this grab taken from video, people leave a mall, after a shooting, in Munich, Germany, Friday, July 22, 2016. A manhunt was underway Friday for a shooter or shooters who opened fire at a shopping mall in Munich, killing and wounding several people, a Munich police spokeswoman said. The city transit system shut down and police asked people to avoid public places. (NONSTOP NEWS via AP)

घटना लगत्तै बियर पर्वमा सहभागि र रमाईलो हेर्न गएकाहरु भागाभाग गरेका थिए ।

सरकारले सबै सार्वजनिक यातायात, रेल र राजमार्ग बन्द गरिदिएकाले ट्राफिक जाम भएको छ । मुनिख शहरलाई आपतकाल घोषणा गरेर ब्यापर सुरक्षाकर्मीहरु परिचालित गरिएको छ, हमलाकारी र शंकास्पदहरुको खोजिमा ।

ढाडमा कालो ब्याग बोकेर म्याकडोनाल्ड रेस्टुरेन्टमा केहि बसेपछि बाहिर निस्किएर ति हतियारधारीले आक्रमण गरेको जर्मनीका मेडियाले जनाएका छन् ।

गर्मी याममा जर्मनीमा बियर पर्व लाग्छ, ठाउँ ठाउँमा । हिजो शुक्रवारपनि म्युनिखमा यस्तै बियर पर्व थियो । हजारौं जर्मनहरु यो पर्व मनाउन यो बयपारिक केन्द्रतिर जम्मा भएका थिए ।
शुरुमा प्रहरीहरुले हमलामा तिन जना संलग्न रहेको बताएका थिए । तर आज शनिवार बिहानैको पत्रकार भेटघाटमा भने एक जना मात्रै रहेको बताए ।

gettyimages-578965490

हमला गर्नु अघि ति आक्रमणकारीले कसैमाथि जातिय, रंगभेदी गाली गरेको भिडियो सुरक्षाकर्मीले फेला पारेका छन् । त्यो कुन भाषामा हो, कसलाई गाली गरिएको हो । गाली खाने ति अर्का ब्यक्ति को हुन् ? सुरक्षाकर्मीले अनुसन्धान गरिरहेका छन् ।

यो घटनापछि जर्मन चान्सलर मार्केला एन्जेलले सुरक्षाकर्मीका उच्च पदमा रहेका अधिकारीहरुसित भेटघाट गरि सोधपुछ गरेकि छन् ।

Flowers are placed near the Olympia shopping mall, where yesterday's shooting rampage started, in Munich, Germany, July 23, 2016. REUTERS/Michael Dalder

घटना भएको ठाउँमा आज बिहानै देखि जर्मन नागरिकहरुले मारिनेको नाममा फूलका गुच्छाहरु लगेर आत्मशान्तिका लागि प्रार्थना गरेका छन् । घटनास्थल वरिपरि सुरक्षा ब्यवस्था कडा पारिएको छ । सुरक्षा अधिकारीहरुले सबै नागरिकलाई आफ्नो परिचयपत्र अनिवार्य रुपमा लिएर हिँड्न निर्देशन दिएका छन् ।

म्युनिख जर्मनीको तेस्रो ठूलो शहर भएपनि ब्यापारिक हिसावले अति सम्पन्न छ । जर्मनीको जेट विमान बनाउने मुख्य कारखानापनि यहि शहरमा छन् ।

(फोटो स्रोत, आइ जेड, द न्युयोर्क टाईम्स, रोयटर्स, एपी)

तपाइँको प्रतिक्रिया