सुन खरिदमा प्रतिबन्ध लगाउँदा नेपाललाई पाँच खरब घाटा ?
– मदन बज्राचार्य
बिदेशमै बनेको गहना मात्रै ल्याउन पाईने तर नेपालमा नेपाली शिल्पकारबाट गहना बनाउन सुन चाँदी ल्याउन नपाउने कारण बिदेशबाट फर्कने नेपालीले ब्यापरिको सुन चाँदी ल्याएकोले हो भन्छन् । भन्सार बिभागले यस्तो नियम बनाएको बारेमा प्रधानमन्त्री समेतलाई थाह नहुनुबाट अर्थ मन्त्रालयले यस्तो नियम बनाउनु पर्यो भनेर मन्त्री परिषदको बैठकमा समेत छलफल नगरेको स्पष्ठ हुन्छ ।
भन्सार अधिकृतहरुले पत्रकार सम्मेलननै गरेर बिदेशबाट फर्कने नेपालीहरुले ब्यापरीको भरिया बनेर सुन ओसारेकोले यस्तो नियम बनाएको भने। यसबाट बैधानिक तरिकाले विदेश गई बैधानिक तरिकाले कमाएर आफ्नो चहाना अनुसारको गहना नेपालमै नेपाली शिल्पकार बाट बनाउन भनेर ५० ग्राम सुन ल्याउने समेतलाइ ब्यापारिको सुन ओसार्ने भरिया बनेको भनेर अपमानजनक आरोप लगाउन उनीहरुलाई कस्ले अधिकार दियो ? यस्तो आरोप लगाएकोमा उनिहरुमाथि मानहानी गरेको र नेपालको सम्बिधानले नेपालीलाई आफुले बैधानिक तरिकाले कमाएको धन सम्पती उपभोग र किनबेच गर्न पाउने अधिकारमाथि बन्देज लगायकोमा आफ्नो अख्तियार दुरुपयोग गरेको आरोप लाग्दैन ?
भन्सार अधिकारिहरुबाट बिदेशबाट फर्केको नेपालीहरु ब्यापरिको भरिया बनेर ५० ।५० ग्राम सुन ओसारेको भनेकोमा उनिहरु ओलीको नेतृत्व्मा बनेको सरकारलाइ बिदेशबाट फर्कने नेपलीहरुलाइ मननपराउने बनाउनु पनि रहेको देखिन्छ ।
सन १९९० को दशकमा भारतले बिदेशबाट फर्कने गैह्र आवाशिय भारतियहरुले ५ किलो सुन र ५० किलो चाँदी ल्याउन पाउने नियम बनाएलगतै काङ्रेस पार्टीको तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एक महिना बिदेशमा बसेर फर्कने नेपालीहरुले १५ किलो सुन र १५० किलो चान्दी ल्याउन पाउने घोषणा गरे । कुनै नेपालीले एक महिना मात्र बिदेश बस्दा १५ किलो सुन र १५० किलो चाँदी किन्न पुग्ने रकम कमाउन सक्दैन । पर्यटक भिसामा गएका नेपालीले बिदेशमा काम गर्न पनि पाउँदैनन् ।
त्यती बेला यिनै भन्सार बिभागले बिदेशमा घुम्न मात्र पाउने तर काम गर्न नपाउने पर्यतक भिसामा बिदेश गएका नेपालीहरु ब्यापरिको भरिया बनेर बिदेशमा एक महिनामा १५ किलो सुन र १५० किलो चाँदी किन्न पुग्ने बिदेशी मुद्रा कमायको देखाउने नक्कली कागजलाई मान्यता दिँदै बवर्षौंसम्म कल्पना समेत गर्न नसकिने परिमाणमा सुन चाँदी ल्याउन दियो । तर त्यतिबेला उनीहरुले ब्यापरिको भरिया बनेर बिदेशबाट फर्कने नेपालीले सुन ओसार्यो भनेनन् । तर अहिले बह्ने, किन ? त्यतिबेला नेपाली कांग्रेसको नेतृत्वमा भारतले रुचाएका ब्यक्ति गिरिजा कोइराला प्रधानमन्त्री बनेको र अहिले एमालेबाट भारतले गिराउन खोजेको ओलि प्रधान मन्त्री बनेकोले ?
नेपालीले लगाउने गहनाले नेपालको कला शिप र सन्स्कृतिको परिचय पनि दिन्छ । यस्तो गहना बिदेशमा बिदेशिले बनाउँदैनन् । नेपालीले अब बिदेशिले बनाएको गहना नै लगाउन बाध्य पार्ने भसारका केही अधिकारिहरुले बनाएको नियमले नेपालको पहिचान नै मेटाउन सक्ने संभावनासमेत हुन्छ । यो नियमको कारणले सुनको गहना बनाउने लाखौं नेपाली शिल्पकारहरु नेपालमै बेरोजगार समेत हुन जान्छन् । नेपालको कला संस्क्रिति झल्काउने सुन चाँदीको गहना मुर्ती आदी बनाएर नेपालललाइ शिल्पकारको देश भनेर चिन्हाउने ती शिल्पकारहरु पनि अब नेपालमा बेरोजागार भएर बिदेशिन बाध्य पार्ने यस्तो नियम बनाउने भन्सारका ती अधिकृतहरुको नियत र तात्पर्य के हो ?
बिदेशमा बर्षौंसम्म बैधानिक तरिकाले रोजगारी गर्दै कमाएको रकमबाट ५० ।५० ग्राम सुन ब्यापारिको भरिया बन्नै किनेको जस्तो आरोप लगाएर तिनिहरुले जावो ५० ।५० ग्राम सुन पनि ल्याउन नपाउने ? बिदेशमै बनेको सुनको गहना मात्रै ल्याउन पाउने भनेकोमा के कस्तो “रकमि” कुरा लुकेको हुन सक्छ त्यो बारेमा केही तर्क हेरौं ।
नेपलीले लगाउने किसिमको गहना बिदेशको बजारमा भारतले गहना बनाउने उद्द्योगले नै निर्यात गरेको हुन्छ । करिब ४० लाख जत्ती नेपलीहरु नेपालमा आफ्ना पुर्खौदेखि गर्दै आएको रोजगारी खोसिएको कारणले बिदेशिनु परेको हो भन्न हिच्किचाउनु पर्दैन । ती बिदेशिएका ४० लाख नेपालीहरु मध्ये कुनै घर बिदामा त कुनै आफ्नो रोजगारी गर्न पाउने भिसा सकिएको कारणले वर्षेनी करिव २० लाख जति नेपलीहरु नेपाल फर्कन्छन् सायद । पहिला ती नेपाल फर्कने करिब बिस लाख जत्ती नेपालिले ५० ।५० ग्राम सुन किन्थे । त्यस्तो सुनबाट नेपालमै नेपाली शिल्पकारहरुबाट नेपली कला र सन्स्कृती झल्काउने गहना बनाइन्थ्यो । अब नेपालको ती नेपाली सुनको गहना बनाउने शिल्पकारहरु बेकार हुने भए । सुनको गहना बिदेशमा निर्यात गर्ने उद्द्योग बन्द गर्नुपर्ने स्थितिमा पुग्ने भयो । तर भारतमा नेपालीले लगाउने किसिमको सुनको गहना बनाउने रोजगारमा ठूलै बृद्धी हुने भयो । भारतको सुनपनि बिदेशमा ठूलै मात्रामा बिक्ने भयो ।
५० ग्राम सुनको मोल १० ग्रामको नेरु ५० हजारको दरले २ लाख पचास हजार हुन्छ । बिस लाख घर फर्कने नेपलीले किन्ने ५० ।५० ग्राम सुनको मोल दुइ लाख ५० हजारलाई २० लाखले गुन्दा ५ खरव हुन्छ । त्यो सुन गहनाको रुपमा किन्दा ज्याला समेत जोडिने भएकोले ५ खरव भन्दा बढिनै हुन्छ । नेपालीले बिदेशमा गहानाको रुप्मा किन्ने सुनको गहना भारतकै सुनको गहना उद्योगले बनाउने भनिएबाट भन्सारको यो नेपाली सुन र्मी बेकार र नेपालमा सुनको गहनाको उद्द्योग कङाल बनाउने भए । अहिले भसारको अधिकृतहरुले नेपालका प्रधानमन्त्रीलाई समेत जानकारी नदिएर बनाएको नियम भित्र के छ यसैबाट बुझिन्छ ।





